back
CTIZAN AD

भाडावालहरुलाई घरधनीबाट क्षतिपूर्ति दिलाउन बालेनले सहयोग गर्ने

वि.सं.२०७९ भदौ ८ बुधवार

666 

shares

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले अनधिकृत संरचना बनाएर भाडामा लगाउने मालिकहरुबाट भाडावाललाई क्षतिपूर्ति दिलाउन सहयोग गर्ने बताएका छन् ।

मेयर शाहले अनधिकृत संरचनाहरुका भाडावालहरुलाई पर्न गएको असुविधाप्रति दःुख व्यक्त गर्दै भाडावाललाई आर्थिक क्षति पुर्याएवापत् हुनसक्ने कानुनी कारबाही खोजी गरेर अनधिकृत संरचनाका मालिकहरुबाट क्षतिपूर्तिका लागि सहयोग गर्ने विश्वास दिलाएका छन् ।

मेयर शाहले अनधिकृत संरचना भत्काउने आफुहरुको तत्कालको निर्णय नभएर ३५ दिने सूचना जारी गरेको र उक्त अवधिमा कोही पनि महानगरमा छलफल तथा सरसल्लाह गर्न नआएकोमा आफुहरुसँग तितो अनुभव रहेको बताएका छन् ।

May be an image of 4 people and outdoors

‘अनधिकृत संरचनाहरुप्रतिको महानगरको अनुगमन लगायतका गतिबिधि सँधै रहनेछन् । यसैले हामी अनुरोध गर्दछौँ कि अनधिकृत संरचनाहरु नबनाइयोस्, बनाएका अनधिकृत संरचनाहरु आफैले भत्काउनुहोस् । यसका साथै त्यस्ता संरचनाहरु भाडामा लगाउने नगरियोस् ।’ मेयर शाहले भनेका छन् ।

काठमाण्डौं महानगरपालिकाले बानेश्वर, न्युरोड, दरबारमार्ग, कोटेश्वर लगायतका क्षेत्रमा अनधिकृत संरचना बनाएर व्यवसायिक प्रयोजनमा ल्याइएको पाइएपछि त्यस्ता संरचना भत्काएको छ ।

वि.सं.२०७९ भदौ ८ बुधवार २०:२२ मा प्रकाशित

ट्याक्टरको प्रयोग बढेपछि हराउँदै गोरुले खेतबारी जोत्ने प्रचलन

ट्याक्टरको प्रयोग बढेपछि हराउँदै गोरुले खेतबारी जोत्ने प्रचलन

तानसेन (पाल्पा) । एक दशकअघिसम्म पाल्पाका फाँटहरूमा असार लागेसँगै हल...

केराको व्यावसायिक ‘वाइन’ र ‘ब्रान्डी’ उत्पादनमा ठाकुर

केराको व्यावसायिक ‘वाइन’ र ‘ब्रान्डी’ उत्पादनमा ठाकुर

नारायणगढ,चितवन। विगत १५ वर्षदेखि व्यावसायिक केराखेती गर्दै आएका चितवनको रत्ननगर...

पालिकाले दियो हल गोरु पाल्ने एकसय १५ कृषकलाई पाँच/पाच हजार

पालिकाले दियो हल गोरु पाल्ने एकसय १५ कृषकलाई पाँच/पाच हजार

वालिङ (स्याङ्जा) । स्याङ्जाको गल्याङ नगरपालिकाले हल गोरु पाल्ने कृषकलाई...

कर्णालीमा ४३ हजारभन्दा बढी हेक्टर क्षेत्रफलमा धानखेती हुँदै

कर्णालीमा ४३ हजारभन्दा बढी हेक्टर क्षेत्रफलमा धानखेती हुँदै

काँक्रेविहार (सुर्खेत)  । कर्णाली प्रदेशका १० जिल्लामा ४३ हजार २९०...

अफ्रिकन स्वाइन फिभरबाट गोरखामा २५० सुँगुर/बङ्गुर मरे

अफ्रिकन स्वाइन फिभरबाट गोरखामा २५० सुँगुर/बङ्गुर मरे

गोरखा । अफ्रिकन स्वाइन फिभरबाट गोरखामा २५० भन्दा बढी सुँगुर÷बङ्गुर...

फिफा विश्वकपः अन्तिम १६ मा ब्राजिल प्रवेश

फिफा विश्वकपः अन्तिम १६ मा ब्राजिल प्रवेश

काठमाडौँ । फिफा विश्वकप–२०२६ फुटबल प्रतियोगिताअन्तर्गत राउण्ड अफ ३२ को खेलमा...