काठमाडौं । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु पाँच सयले बढेर रु ९५ हजार आठ सय तोकिएको छ । सुन अघिल्लो दिन प्रतितोला रु ९५ हजार तीन सयमा कारोबार भएको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९५ हजार तीन सय छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला रु ९४ हजार आठ सय थियो ।
त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यको तुलनामा प्रतितोला रु १० ले बढेर रु एक हजार एक सय ७५ तोकिएकोे महासङ्घले जनाएको छ ।
वि.सं.२०७९ भदौ ९ बिहीवार १३:३१ मा प्रकाशित






























