back
CTIZAN AD

दुर्गम ठाउँका महिला हाटबजार सञ्चालन गरि आत्मनिर्भर बन्दै

वि.सं.२०७९ भदौ ९ बिहीवार

786 

shares

सिन्धुपाल्चोक । तामाङ समुदायको बाहुल्यता रहेको सिन्धुपाल्चोककै दुर्गम ठाउँ पाँचपोखरी थाङपाल गाउँपालिका–३ भोताङका महिला हाटबजार सञ्चालन गर्न सक्रिय भएका छन् । स्थानीय उत्पादनलाई हाटबजारमा बिक्री गरी मनग्य आम्दानी हुन थालेपछि उनीहरू उत्साहित छन् भने आत्मनिर्भर पनि बन्दै गएका छन् ।

आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा पर्ने नेपालको घुम्नलायक एक सय गन्तव्यभित्र पर्ने पाँचपोखरीसम्म पुग्ने बाटोमै पर्छ दुर्गम गाउँ भोताङको यार्साबस्ती । मुख्य बाटोको छेउमै बनाइएको फलामे ट्रस्टको घरमा यहाँका महिला प्रत्येक शनिबार हाटबजार चलाउँछन् । स्थानीयलगायत वरपरका व्यवसायी आवश्यक सामग्री खरिद गर्न हाटबजारसम्म आउने गरेका छन् ।

नौ सयभन्दा बढी घर रहेको यो बस्तीका महिला काउली, बन्दा, खुर्सानी, गोलभेँडा तथा जङ्गलको निउरोजस्ता तरकारी, फलफूललगायत आफ्ना घरेलु उत्पादन बिक्री गर्न हाटबजारसम्म आउने गरेको स्थानीय कार्चेन तामाङ बताए । मकै कोदो जस्ता परम्परागत खेती भन्दा तरकारी खेति गर्दा आर्थिक उपार्जनमा सहज भएको र घर खर्चका लागि एक सयमात्र कमाउँदा पनि खुसी लाग्नुका साथै हाटबजारमा आउन निकै रमाइलो लाग्ने अर्का स्थानीय माइली तामाङ बताउछिन् ।

परम्परागत खेतीमात्रै गर्दै आएका भोताङवासीले हाटबजार चलाएपछि गाउँमा आवश्यक हुने सबै प्रकारका तरकारीलगायतको उत्पादन थालेका छन् । वर्षौँ बाँझो रहेको जमिनमा महिलाले फरक–फरक उत्पादन गर्ने गर्छन् भने आफूसँग नभएको किन्ने र भएको सामग्री बेच्ने बानी बसालेका छन् । स्थानीय महिलाको सक्रियतापछि सञ्चालित हाटबजारले आर्थिक उन्नतिमा समेत टेवा पुगेकोे हाटबजार सञ्चालनमा सक्रिय स्थानीय कमला तामाङले बताए । केही उत्पादन गर्ने बानी नभएको तर अहिले उत्पादन गर्दा धरै चिज फलेको उनी बताउछन् ।

स्थानीयको जीवनस्तर परिवर्तन गर्ने उद्देश्यले हाटबजार सञ्चालन गर्न सामुदायिक आत्मनिर्भर सेवा केन्द्रलगायत गाउँपालिकाले पनि सहयोग गरेको छ । गाउँमा उत्पादित वस्तुलाई बिक्री गर्ने परम्परा बसेको छ । त्यसले गर्दा दुर्गम ठाउँका महिलालाई उद्यमशील बनाएको छ भने अन्य ठाउँका मानिसलाई पनि अभिप्रेरित गरेको पाँचपोखरी थाङपाल–३ का अध्यक्ष ङिमाछिरिङ तामाङ बताए । स्थानीय उत्पादनको बजारीकरणमा वडाले पनि सहयोग गरेको उनको भनाइ छ ।

दुर्गम ठाउँमा हाटबजार सञ्चालनपछि स्थानीय उत्पादनले बजार पाउँदा महिला आर्थिकरूपले सवल र आत्मनिर्भर मात्रै होइन उनीहरुलाई मेहेनती र उद्यमशील बनाएको छ ।

 

वि.सं.२०७९ भदौ ९ बिहीवार १३:४९ मा प्रकाशित

सरकारका आधिकारिक दस्तावेज मोबाइलबाट ‘स्क्यान’ नगर्न निर्देशन

सरकारका आधिकारिक दस्तावेज मोबाइलबाट ‘स्क्यान’ नगर्न निर्देशन

काठमाडौँ । सरकारी कामकाजका आधिकारिक कागजात मोबाइल एप प्रयोग गरी...

विद्यालयबाट फर्किने क्रममा बेपत्ता बालिका खोलामा मृत भेटिइन्

विद्यालयबाट फर्किने क्रममा बेपत्ता बालिका खोलामा मृत भेटिइन्

घोडाघोडी (कैलाली) । कैलालीमा विद्यालयबाट घर फर्किने क्रममा सम्पर्कविहीन भएकी...

जलवायु उत्थानशीलता अभिवृद्धि गर्न नेपाललाई ८.५ मिलियन अमेरिकी डलर अनुदान

जलवायु उत्थानशीलता अभिवृद्धि गर्न नेपाललाई ८.५ मिलियन अमेरिकी डलर अनुदान

काठमाडौँ । हरित जलवायु कोष (जिसिएफ) बोर्डको ४५औँ बैठकले नेपालमा...

सिटिजन्स बैंकद्वारा बिश्रामपुर, बारामा निःशुल्क आँखा परीक्षण शिविर सम्पन्न 

सिटिजन्स बैंकद्वारा बिश्रामपुर, बारामा निःशुल्क आँखा परीक्षण शिविर सम्पन्न 

काठ्माडाैँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम...

मानुुषी लघुवित्तको साधारण सभा सम्पन्न मर्जर प्रस्ताव पारित

मानुुषी लघुवित्तको साधारण सभा सम्पन्न मर्जर प्रस्ताव पारित

काठमाडौं । मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडको सातौं वार्षिक साधारण...

प्रभु बैंक लिद्धारा त्रिभुवन विश्वविद्यालयलाई डिजिटल बोर्ड हस्तान्तरण

प्रभु बैंक लिद्धारा त्रिभुवन विश्वविद्यालयलाई डिजिटल बोर्ड हस्तान्तरण

काठमाडौँ । काठमाण्डौ महानगरपालिका, वडा नं ११, बबरमहल स्थित प्रभु...