back
CTIZAN AD

समाजवादीद्धारा अध्यक्ष यादवको नेतृत्वमा केन्द्रीय निर्वाचन परिचालन समित गठन

वि.सं.२०७९ भदौ ९ बिहीवार

816 

shares

काठमाडौं । डा.बाबुराम भट्टराईको नेतृत्वको नेपाल समाजवादी पार्टीले अर्का अध्यक्ष महिन्द्र राय यादवको नेतृत्वमा निर्वाचन परिचालन समिति गठन गरेको छ ।

सो पार्टीको केन्द्रीय कार्यकासरणि समितिको बैठकले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि यादव संयोजक र गंगा श्रेष्ठ सहसंयोजक रहने गरी केन्द्रीय पदाधिकारीहरु, प्रदेश इन्चार्जहरु र विभागीय प्रमुख रहेको निर्वाचन परिचालन समिति गठन गरिएको अध्यक्ष भट्टराईले जानकारी दिएका छन् ।

त्यसैगरी निर्वाचनको घोषणापत्र तयारीका लागि डा. भट्टराईको संयोजकत्वमा एमपी सरजवाल, डा. जनक साह, इन्जिनियर नहेन्द्र प्रधान, डा. गजाधर सुनार, दुर्गादेवी भट्टराई र जगदेव चौधरी रहेको ७ सदस्यीय घोषणापत्र समिति बनाएको छ ।
सोहि बैठकले ९८ जनालाई केन्द्रीय समिति सदस्यमा मनोनित गरेको छ भने ९३ सदस्यीय राजनीतिक समिति समेत गठन गरेको छ । साथै यसअघिका सहअध्यक्ष दानबहादुर चौधरी एमालेमा प्रवेश गरेपछि गोविन्द प्रसाद चौधरीलाई सहअध्यक्षमा मनोनित गरेको छ ।

सल्लाहकार समितिमा विष्णुहरि शर्मा
सोहि बैठकले पार्टीको केन्द्रीय सल्लाहकार समितिको अध्यक्षमा विष्णुहरि शर्मा, विज्ञ परिषद् प्रमुखमा एमपी रिजाल र निर्वाचन आयोग प्रमुखमा कृष्ण प्रसाद शर्मालाई जिम्मेवारी दिएको छ भने केन्द्रीय कार्यालय प्रमुखमा फणीन्द्र देवकोटा, पार्टी कोष निर्माण तथा परिचालन विभागको प्रमुखमा हरि रिजाल र अन्तर्राष्ट्रिय विभाग प्रमुखमा नहेन्द्र प्रधानलाई जिम्मेवारी दिईएको बताइएको छ ।

विभिन्न संगठनमा इन्चार्ज तोकियो
पार्टीले विभिन्न संगठनको इन्चार्ज पनि तोकेको छ । जसमा समाजवादी थारू संघको इन्चार्जमा गोविन्द प्रसाद चौधरी, समाजवादी महिला संगठनको इन्चार्जमा हिसिला यमी, शिल्पी–दलित महासंघको इन्चार्जमा दुर्गा सोब, समाजवादी विद्यार्थी युनियनको इन्चार्जमा बन्दना सुवेदी, समाजवादी युवा संघको इन्चार्जमा राजु नेपाल, बौद्धिक पेशाकर्मी महासंघको इन्चार्जमा दुर्गा भट्टराई, समाजवादी ट्रेड युनियन महासंघको इन्चार्जमा लालध्वज नेम्वाङ, समाजवादी मुस्लिम संघको इन्चार्जमा मो. इजरायल अहमदलाई तोकएिको छ ।

सबै प्रदेशमा अभिमुखिकरण कार्यक्रम गर्ने
सो पार्टीले निर्वाचनलाई लक्षित गरेर सबै प्रदेशमा अभिमुखिकरण कार्यक्रम राखेको छ । जसमा प्रदेश १ को इटहरी र सुदूरपश्चिमको धनगढीमा भदौ २० गते, मधेश प्रदेशको जनकपुर र कर्णाली प्रदेशको सुर्खेतमा भदौ २२ गते, लुम्बिनी प्रदेशको बुटवल र गण्डकी प्रदेशको पोखरामा भदौ २४ गते प्रशिक्षण राखेको छ भने बागमती प्रदेशको अभिमुखिकरण कार्यक्रम भदौ २५ गते काठमाडौंमा राखिएको जानकारी दिइएको छ ।

वि.सं.२०७९ भदौ ९ बिहीवार १४:४७ मा प्रकाशित

सरकारका आधिकारिक दस्तावेज मोबाइलबाट ‘स्क्यान’ नगर्न निर्देशन

सरकारका आधिकारिक दस्तावेज मोबाइलबाट ‘स्क्यान’ नगर्न निर्देशन

काठमाडौँ । सरकारी कामकाजका आधिकारिक कागजात मोबाइल एप प्रयोग गरी...

विद्यालयबाट फर्किने क्रममा बेपत्ता बालिका खोलामा मृत भेटिइन्

विद्यालयबाट फर्किने क्रममा बेपत्ता बालिका खोलामा मृत भेटिइन्

घोडाघोडी (कैलाली) । कैलालीमा विद्यालयबाट घर फर्किने क्रममा सम्पर्कविहीन भएकी...

जलवायु उत्थानशीलता अभिवृद्धि गर्न नेपाललाई ८.५ मिलियन अमेरिकी डलर अनुदान

जलवायु उत्थानशीलता अभिवृद्धि गर्न नेपाललाई ८.५ मिलियन अमेरिकी डलर अनुदान

काठमाडौँ । हरित जलवायु कोष (जिसिएफ) बोर्डको ४५औँ बैठकले नेपालमा...

सिटिजन्स बैंकद्वारा बिश्रामपुर, बारामा निःशुल्क आँखा परीक्षण शिविर सम्पन्न 

सिटिजन्स बैंकद्वारा बिश्रामपुर, बारामा निःशुल्क आँखा परीक्षण शिविर सम्पन्न 

काठ्माडाैँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम...

मानुुषी लघुवित्तको साधारण सभा सम्पन्न मर्जर प्रस्ताव पारित

मानुुषी लघुवित्तको साधारण सभा सम्पन्न मर्जर प्रस्ताव पारित

काठमाडौं । मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडको सातौं वार्षिक साधारण...

प्रभु बैंक लिद्धारा त्रिभुवन विश्वविद्यालयलाई डिजिटल बोर्ड हस्तान्तरण

प्रभु बैंक लिद्धारा त्रिभुवन विश्वविद्यालयलाई डिजिटल बोर्ड हस्तान्तरण

काठमाडौँ । काठमाण्डौ महानगरपालिका, वडा नं ११, बबरमहल स्थित प्रभु...