back
CTIZAN AD

कोरोनाबाट थप तीन जनाको मृत्यु, ४४४ संक्रमित

वि.सं.२०७९ भदौ ९ बिहीवार

1.1K 

shares

काठमाडौं । नेपालमा कोरोनाबाट थप तीनजनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोनाबाट संक्रमित भइ विभिन्न अस्पतालमा उपचाररत तीनजनाको मृत्यु भएको हो ।
आज थपिएका तीनजनासँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ९९८ पुगेको छ ।

त्यस्तै आज थप ४४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा गरिएको ४ हजार ९५४ नमुना परीक्षणमा ४४४ संक्रमित थपिएका हुन् । आज थपिएका ४४४ जनासँगै नेपालमा कोरोनाबाट संक्रमित हुनेको संख्या ९ लाख ९६ हजार ४४२ पुगेको छ ।

त्यसैगरी आज कोरोना संक्रबाट ३०७ जना निको भएका छन् । आज निको भएका ३०७ जनासँगै नेपालमा हालसम्म ९ लाख ८० हजार २४५ जना संक्रमणबाट मुक्त भइसकेका छन् ।

त्यस्तै नेपालमा हाल ४ हजार १९९ जना सक्रिय संक्रमित रहेका छन् । ती मध्ये ४०२६ जना होम आइसोलेशनमा, १७३ जना संस्थागत आइसीयुमा, ५० जना आइसीयुमा र २ जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयद्धारा जारी विवरणमा उल्लेखछ ।

वि.सं.२०७९ भदौ ९ बिहीवार १८:३१ मा प्रकाशित

कम्युनिस्ट नेता मोहनविक्रम सिंह लन्डन भ्रमणमा, कम्युनिस्ट एकतामा जोड

कम्युनिस्ट नेता मोहनविक्रम सिंह लन्डन भ्रमणमा, कम्युनिस्ट एकतामा जोड

लन्डन । नेपालका वरिष्ठ कम्युनिस्ट नेता मोहन विक्रम सिंहले बेलायत...

जालपादेवी केबलकारः कोरिँदैछ समृद्ध सुदूरपश्चिमको आधार

जालपादेवी केबलकारः कोरिँदैछ समृद्ध सुदूरपश्चिमको आधार

टिकाराम सुनार, सुदूरपश्चिम । माथिबाट बग्दै आएको नेपालकै लामो कर्णाली...

आजको मौसम पूर्वानुमान : तराईका केही क्षेत्रमा तातो हावा चल्ने

आजको मौसम पूर्वानुमान : तराईका केही क्षेत्रमा तातो हावा चल्ने

काठमाडौँ । हाल कोशी, मधेस र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र,...

विश्वकप फुटबल प्रतियोगिता : जर्मनीलाई हराउँदै इक्वेडर नकआउट चरणमा प्रवेश

विश्वकप फुटबल प्रतियोगिता : जर्मनीलाई हराउँदै इक्वेडर नकआउट चरणमा प्रवेश

काठमाडौँ । जर्मनीलाई हराउँदै इक्वेडर फिफा विश्वकप फुटबल प्रतियोगिताको नकआउट...

आजका लागि विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो ?

आजका लागि विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी...