काठमाडौं । सानिमा बैंकले बुवाको मुख हेर्ने दिनको अवसरमा ग्राहकहरुलाई विशेष छुट दिने व्यवस्था गरेको छ ।
सो योजना अनुरुप बैंकका ग्राहकहरुले रेडिसन होटल (द पेस्ट्री शप), अकामा होटल, गिफ्टमाण्डू, केक मार्ट प्रा.लि., बाजेको केक, ओनेक्स ट्रेडिङ प्रा.लि.(द बाइकफार्म नेपाल) र सोवा हेल्थकेयर सेन्टरमा प्राप्त गर्न सक्नेछन् ।
सानिमा बैंकको डेबिट÷क्रेडिट कार्ड वा मोबाइल बैंकिङ्गबाट साझेदारी मर्चेन्टहरुमा भुक्तानी गर्दा २० प्रतिशत सम्मको छुट प्राप्त गर्न सक्नेछन् । यसैगरी कुनै पनि मर्चेन्टमा ग्राहकहरुले सानिमा मोबाइल बैंकिङबाट क्युआर कोड बाट भुक्तानी गर्दा १० प्रतिशत अधिकतम १०० सम्मको छुट प्राप्त गर्न सक्नेछन् । यो योजना भदौ ११ गते मात्र लागू हुने बैंकले जनाएको छ । सानिमा बैंकले देशका सातै प्रदेशमा १२७ वटा शाखा कार्यालय र १२० वटा ए.टि.एम.बाट बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।
वि.सं.२०७९ भदौ १० शुक्रवार ०८:४२ मा प्रकाशित





























