back
CTIZAN AD

आयातकाे अवस्था उस्तै, एक महिनामा भित्रियो ७६ करोडभन्दा बढीको ल्यापटप

वि.सं.२०७९ भदौ १० शुक्रवार

690 

shares

काठमाडौं । नेपालमा एक महिनामा विभिन्न देशबाट ७६ करोड रुपैयाँभन्दा बढीको ल्यापटप र नोटबुक भित्रने गरेको छ । चालु आर्थिक वर्ष २०७९/८० को पहिलो महिना साउनमा उक्त मूल्य बराबरको ल्यापटप र नोटबुक नेपालमा भित्रिएको हो ।

भन्सार विभागका अनुसार गत साउन महिनामा नेपालमा ७६ करोड ३६ लाख ६९ हजार रुपैयाँको ल्यापटप र नोटबुक भित्रिएको छ । सो मूल्यमा १२ हजार ६४५ थान ल्यापटप र नोटबुक नेपालले आयात गरेको विभागले जनाएको छ ।

नेपालमा सबैभन्दा बढी मूल्यको ल्यापटप र नोटबुक चीनबाट आउने गरेको छ । गत महिना मात्र चीनबाट नेपालले ७४ करोड ४९ लाख ७६ हजार रुपैयाँको ल्यापटप र नोटबुक आयात गरेको छ ।

चीन बाहेक नेपालमा अष्ट्रेलिया, भारत, जापान, दक्षिण कोरिया, कुवेत, लिथुवानिया, मलेसिया, नर्वे, पोल्याण्ड, सिंगापुर, युएई, बेलायत, अमेरिका र नामिबियाबाट ल्यापटप र नोटबुक आउने गरेको छ ।

गत आर्थिक वर्ष २०७८/७९ को साउन महिनामा नेपालले विभिन्न देशबाट १ अर्ब ४७ करोड ४ लाख २८ हजार रुपैयाँको ल्यापटप र नोटबुक आयात गरेको थियो ।

वि.सं.२०७९ भदौ १० शुक्रवार ११:४७ मा प्रकाशित

सिक्टा आयोजना निर्माणको बजेट बढाइयो

सिक्टा आयोजना निर्माणको बजेट बढाइयो

राँझा (बाँके) । बाँकेमा निर्माणाधिन राष्ट्रिय गौरवको आयोजना सिक्टा सिँचाइलाई...

आजको मौसम विवरण:  मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना

आजको मौसम विवरण: मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय...

दूधकोशी जलाशययुक्त जलविद्युत् आयोजनाः यसै वर्ष ठेक्का आह्वान

दूधकोशी जलाशययुक्त जलविद्युत् आयोजनाः यसै वर्ष ठेक्का आह्वान

खोटाङ । खोटाङ र ओखलढुङ्गाको सीमानामा पर्ने दूधकोशीस्थित रभुँवाघाटबाट उत्पादन...

अब बालबालिकाको क्यान्सर रोगको निःशुल्क उपचार हुने

अब बालबालिकाको क्यान्सर रोगको निःशुल्क उपचार हुने

काठमाडौँ । सरकारले आगामी तीन वर्षमा ३३६ आधारभूत अस्पताल निर्माण...

‘शासकीय नवप्रवर्तन चुनौती कोष’स्थापना गरिने

‘शासकीय नवप्रवर्तन चुनौती कोष’स्थापना गरिने

काठमाडौँ ।  सरकारले आगामी आर्थिक बजेटमा कानुनी शासन र राष्ट्रिय...

आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्बको बजेट (पूर्णपाठ)

आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्बको बजेट (पूर्णपाठ)

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष २०८३र८४ का लागि कुल...