back
CTIZAN AD

विप्लव नेतृत्वको नेकपाको बुटवल नगरभेला सम्पन्न, नगर सेक्रेटरीमा रोमियो

वि.सं.२०७९ भदौ १० शुक्रवार

630 

shares

रामकृष्ण शर्मा, रुपन्देही । नेत्र विक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको बुटवल नगर भेला बुटवलमा सम्पन्न भएको छ ।

असोजमा महाधिवेशन गर्ने तयारी गरेको उक्त पार्टीले वडा, नगर, जिल्ला हुदै केन्द्रीय महाधिवेशनको तयारी गरिरहेको छ ।

यसैबीच बिहीबार बुटवलमा सम्पन्न नगर भेलाले रोमियोको नेतृत्वमा २५ सदस्यीय कमिटी गठन गरेको छ । उक्त भेलाको प्रमुख आतिथ्यता रुपन्देही जिल्ला सेक्रेटरी बिश्वास भट्टराईले गरेका थिए ।

No description available.

भेलालाई सम्बोधन गर्दै सेक्रेटरी भट्टराईले एकीकृत जनक्रान्ति मार्फत वैज्ञानिक समाजवाद स्थापना गर्नुको कुनै विकल्प नभएको बताउदै देशको लागि आहुति दिएका महान सहिदहरुको रगतलाई खेर जान नदिने प्रतिबद्धता व्यक्त गरेका थिए ।

बुटवल इन्चार्ज बिरेन्द्र बिक लगायतले शुभकामना मन्तव्य व्यक्त गर्दै बर्तमान सरकार तीनबुँदे शान्ति सम्झौता प्रति इमानदार नदेखिएकोले सचेत रहदै पार्टीले उठाएका बिचारहरुलाई जनताको विच लैजानुपर्ने बताए । रोमियोको अध्यक्षतामा सम्पन्न भेलाको संचालन आत्माले गरेका थिए ।

No description available.

 

वि.सं.२०७९ भदौ १० शुक्रवार १२:०१ मा प्रकाशित

ट्याक्टरको प्रयोग बढेपछि हराउँदै गोरुले खेतबारी जोत्ने प्रचलन

ट्याक्टरको प्रयोग बढेपछि हराउँदै गोरुले खेतबारी जोत्ने प्रचलन

तानसेन (पाल्पा) । एक दशकअघिसम्म पाल्पाका फाँटहरूमा असार लागेसँगै हल...

केराको व्यावसायिक ‘वाइन’ र ‘ब्रान्डी’ उत्पादनमा ठाकुर

केराको व्यावसायिक ‘वाइन’ र ‘ब्रान्डी’ उत्पादनमा ठाकुर

नारायणगढ,चितवन। विगत १५ वर्षदेखि व्यावसायिक केराखेती गर्दै आएका चितवनको रत्ननगर...

पालिकाले दियो हल गोरु पाल्ने एकसय १५ कृषकलाई पाँच/पाच हजार

पालिकाले दियो हल गोरु पाल्ने एकसय १५ कृषकलाई पाँच/पाच हजार

वालिङ (स्याङ्जा) । स्याङ्जाको गल्याङ नगरपालिकाले हल गोरु पाल्ने कृषकलाई...

कर्णालीमा ४३ हजारभन्दा बढी हेक्टर क्षेत्रफलमा धानखेती हुँदै

कर्णालीमा ४३ हजारभन्दा बढी हेक्टर क्षेत्रफलमा धानखेती हुँदै

काँक्रेविहार (सुर्खेत)  । कर्णाली प्रदेशका १० जिल्लामा ४३ हजार २९०...

अफ्रिकन स्वाइन फिभरबाट गोरखामा २५० सुँगुर/बङ्गुर मरे

अफ्रिकन स्वाइन फिभरबाट गोरखामा २५० सुँगुर/बङ्गुर मरे

गोरखा । अफ्रिकन स्वाइन फिभरबाट गोरखामा २५० भन्दा बढी सुँगुर÷बङ्गुर...

फिफा विश्वकपः अन्तिम १६ मा ब्राजिल प्रवेश

फिफा विश्वकपः अन्तिम १६ मा ब्राजिल प्रवेश

काठमाडौँ । फिफा विश्वकप–२०२६ फुटबल प्रतियोगिताअन्तर्गत राउण्ड अफ ३२ को खेलमा...