back
CTIZAN AD

महानगरको एक्सनपछि राहदानी विभागले भन्यो- बेसमेन्ट अब सेवाग्राहीका लागि पार्किङ स्थल

वि.सं.२०७९ भदौ १० शुक्रवार

822 

shares

काठमाडौं । राहदानी विभागले आउँदो आइतबारदेखि बेसमेन्ट सेवाग्राहीका लागि पार्किङ स्थलको रुपमा प्रयोग हुने जानकारी दिएको छ । मेयर बालेन्द्र साह (बालेन)नेतृत्वको महानगरको टोलीले शुक्रबार दिउँसो विभागको बेसमेन्टमा रहेका कुर्सीसहितका सामग्री हटाएको थियो ।

अवैध रुपमा बनेका संरचना र अनुमतिविपरीत उपयोग गरिएका स्थानमा निगरानी बढाएको महानगरले विभागले पार्किङका लागि अनुमति लिएको बेसमेन्टमा कुर्सीसहितका सामन राखेपछि हटाएको थियो ।

महानगरको सो कार्यपछि विभागले विज्ञप्ति जारी गरेर आइतबारदेखि बेसमेन्टसेवाग्राहीका लागि पार्किङको रुपमा प्रयोग गरिने जानकारी दिएको हो ।

विभागले आइतबारदेखि नै लाइभ इनरोलमेन्ट सेन्टर राहदानी विभाग कायम भएका सेवाग्राही मात्र राहदानी आवेदनका लागि यस विभागमा आइदिन, आवेदकहरू आवेदन फाराममा तोकिएको मिति र समयमा मात्र आइदिन, तयार भएको राहदानी लिन आउने सेवाग्राहीहरू साविकमा झैँ गेट नं. २ बाट प्रवेश गरिदिन, राहदानीसम्बन्धी सेवा लिनका लागि विभाग आउँदा आवश्यक अवस्थामा बाहेक सम्बन्धित आवेदक मात्र आइदिन र राहदानी विभाग बाहिरको सडकमा अनावश्यक भिडभाड नगरिदिन विभागले आग्रह गरेको छ ।

वि.सं.२०७९ भदौ १० शुक्रवार १७:१२ मा प्रकाशित

ट्याक्टरको प्रयोग बढेपछि हराउँदै गोरुले खेतबारी जोत्ने प्रचलन

ट्याक्टरको प्रयोग बढेपछि हराउँदै गोरुले खेतबारी जोत्ने प्रचलन

तानसेन (पाल्पा) । एक दशकअघिसम्म पाल्पाका फाँटहरूमा असार लागेसँगै हल...

केराको व्यावसायिक ‘वाइन’ र ‘ब्रान्डी’ उत्पादनमा ठाकुर

केराको व्यावसायिक ‘वाइन’ र ‘ब्रान्डी’ उत्पादनमा ठाकुर

नारायणगढ,चितवन। विगत १५ वर्षदेखि व्यावसायिक केराखेती गर्दै आएका चितवनको रत्ननगर...

पालिकाले दियो हल गोरु पाल्ने एकसय १५ कृषकलाई पाँच/पाच हजार

पालिकाले दियो हल गोरु पाल्ने एकसय १५ कृषकलाई पाँच/पाच हजार

वालिङ (स्याङ्जा) । स्याङ्जाको गल्याङ नगरपालिकाले हल गोरु पाल्ने कृषकलाई...

कर्णालीमा ४३ हजारभन्दा बढी हेक्टर क्षेत्रफलमा धानखेती हुँदै

कर्णालीमा ४३ हजारभन्दा बढी हेक्टर क्षेत्रफलमा धानखेती हुँदै

काँक्रेविहार (सुर्खेत)  । कर्णाली प्रदेशका १० जिल्लामा ४३ हजार २९०...

अफ्रिकन स्वाइन फिभरबाट गोरखामा २५० सुँगुर/बङ्गुर मरे

अफ्रिकन स्वाइन फिभरबाट गोरखामा २५० सुँगुर/बङ्गुर मरे

गोरखा । अफ्रिकन स्वाइन फिभरबाट गोरखामा २५० भन्दा बढी सुँगुर÷बङ्गुर...

फिफा विश्वकपः अन्तिम १६ मा ब्राजिल प्रवेश

फिफा विश्वकपः अन्तिम १६ मा ब्राजिल प्रवेश

काठमाडौँ । फिफा विश्वकप–२०२६ फुटबल प्रतियोगिताअन्तर्गत राउण्ड अफ ३२ को खेलमा...