काठमाडौं । प्रभु क्यापिटलले हितग्राही ग्राहकको लागि विशेष अफर ल्याएको छ । क्यापिटलले क्यापिटलमा डिम्याट खाता हुने ग्राहकलाई छुट प्रदान गर्नको लागि टि थ्री थकाली ग्रुपसँग सम्झौता गरेको छ ।
सम्झौताअनुसार क्यापिटलका हितग्राही ग्राहकले टि थ्री थकाली ग्रूपबाट सेवा लिदा १२ प्रतिशत छूट पाउने छन् । यो योजनाबाट लाभ लिन हितग्राहीले पैसा तिर्ने बेलामा क्यापिटलमा हितग्राही खाता रहेको देखाउनु पर्ने क्यापिटलले जनाएको छ ।
क्यापिटलले टि थ्री थकाली ग्रुपको एयरपोर्ट, महाराजगंज तथा टोखाका शाखाहरुबाट यो छुट प्राप्त गर्न सकिने जनाएको छ । छुट अफर ३ महिनासम्म संचालन हुने क्यापिटलले जनाएको छ ।
वि.सं.२०७९ भदौ १० शुक्रवार १७:१० मा प्रकाशित


























