back
CTIZAN AD

पर्बत रुपन्देही सेवा समाजको आयोजनामा तीज मनाइयो

वि.सं.२०७९ भदौ १२ आइतवार

750 

shares

रामकृष्ण शर्मा, रुपन्देही । पर्बत रुपन्देही सेवा समाज सिद्धार्थनगरको आयोजनामा तीज मिलन कार्यक्रम सम्पन्न भएको छ ।

रुपन्देहीको भैरहवामा सम्पन्न उक्त तीज कार्यक्रम सिध्दार्थनगर समिति अध्यक्ष यादव प्रसाद सापकोटाको अध्यक्षतामा संचालित कार्यक्रममा केन्द्रीय अध्यक्ष रामकृष्ण शर्माको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा प्रमुख अतिथि रामकृष्ण शर्माले तीजको परम्परा र यसको अनुकरणीय पक्षका बारेमा प्रष्ट पार्दै बिगतमा तीज पुरानो पुस्ताका सासु, आमाहरूले नयाँ पुस्ताका बुहारीहरुलाई गर्ने अन्याय अत्याचारको बिरुद्ध मुक्तिका लागि संघर्षको आब्हान गर्ने, मनका बहहरु गीतको रुपमा पोख्ने पर्वको रुपमा लिने गरेकोमा हाल सामाजिक अबस्थामा परिवर्तन आएकोले बिकासका कुरा, प्रगति कुरा, राजनीतिक विकृति, सामाजिक विसंगति बिरुद्धका गीतहरू गायर संस्कृति र परम्परालाई निरन्तरता दिने गरिएको बताए ।

No description available.

तीज मिलन कार्यक्रममा निवर्तमान केन्द्रीय अध्यक्ष लोक शर्मा बस्याल, बरिस्ठ उपाध्यक्ष लेखनाथ भट्टराई, महासचिव टेकराज पौडेल, केन्द्रीय सल्लाहकार गोबिन्द प्रसाद रेग्मीले शुभकामना ब्यक्त गरेका थिए ।

केन्द्रीय कोषाध्यक्ष शारदा रेग्मी, केन्द्रीय बरिस्ठ सदस्य टुकलाल न्यौपाने, सदस्य तोलाकान्त सुनार, ओम सतिया अध्यक्ष अरुणा भुसाल, सिद्धार्थनगर समिति सल्लाहकार गणेश राज शर्मा, गोबिन्द राज पाण्डे, जनकराज पन्त, संगीता रेग्मी, राधा पाण्डे लगायत झण्डै १०० को संख्यामा पर्वतेली दिदीबहिनी तथा दाजुभाइहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रमको संचालन नगर सचिव टिकाराम भुसाल र स्वागत कुमार केंसीले गरेका थिए ।

 

वि.सं.२०७९ भदौ १२ आइतवार ०८:१८ मा प्रकाशित

ट्याक्टरको प्रयोग बढेपछि हराउँदै गोरुले खेतबारी जोत्ने प्रचलन

ट्याक्टरको प्रयोग बढेपछि हराउँदै गोरुले खेतबारी जोत्ने प्रचलन

तानसेन (पाल्पा) । एक दशकअघिसम्म पाल्पाका फाँटहरूमा असार लागेसँगै हल...

केराको व्यावसायिक ‘वाइन’ र ‘ब्रान्डी’ उत्पादनमा ठाकुर

केराको व्यावसायिक ‘वाइन’ र ‘ब्रान्डी’ उत्पादनमा ठाकुर

नारायणगढ,चितवन। विगत १५ वर्षदेखि व्यावसायिक केराखेती गर्दै आएका चितवनको रत्ननगर...

पालिकाले दियो हल गोरु पाल्ने एकसय १५ कृषकलाई पाँच/पाच हजार

पालिकाले दियो हल गोरु पाल्ने एकसय १५ कृषकलाई पाँच/पाच हजार

वालिङ (स्याङ्जा) । स्याङ्जाको गल्याङ नगरपालिकाले हल गोरु पाल्ने कृषकलाई...

कर्णालीमा ४३ हजारभन्दा बढी हेक्टर क्षेत्रफलमा धानखेती हुँदै

कर्णालीमा ४३ हजारभन्दा बढी हेक्टर क्षेत्रफलमा धानखेती हुँदै

काँक्रेविहार (सुर्खेत)  । कर्णाली प्रदेशका १० जिल्लामा ४३ हजार २९०...

अफ्रिकन स्वाइन फिभरबाट गोरखामा २५० सुँगुर/बङ्गुर मरे

अफ्रिकन स्वाइन फिभरबाट गोरखामा २५० सुँगुर/बङ्गुर मरे

गोरखा । अफ्रिकन स्वाइन फिभरबाट गोरखामा २५० भन्दा बढी सुँगुर÷बङ्गुर...

फिफा विश्वकपः अन्तिम १६ मा ब्राजिल प्रवेश

फिफा विश्वकपः अन्तिम १६ मा ब्राजिल प्रवेश

काठमाडौँ । फिफा विश्वकप–२०२६ फुटबल प्रतियोगिताअन्तर्गत राउण्ड अफ ३२ को खेलमा...