back
CTIZAN AD

चीनको प्रतिकार गर्न भारतले मुख्य भूमिका खेल्नुपर्ने : अमेरिकी नौसेना प्रमुख

वि.सं.२०७९ भदौ १२ आइतवार

702 

shares

टोकियो । अमेरिकी नौसेना अपरेसन प्रमुख एडम माइक गिल्डेले भारत भविष्यमा अमेरिकाको लागि महत्त्वपूर्ण साझेदार हुने र चीनको सामना गर्न महत्त्वपूर्ण भूमिका खेल्ने बताएका छन् ।

अमेरिकी उच्च सैन्य अधिकारी गिल्डेले बिहीबार वाशिङ्गटनमा हेरिटेज फाउन्डेशनद्वारा आयोजित सेमिनारमा भारतले चीनलाई दोहोरो समस्याको साथ प्रस्तुत गरेको निक्की एशियाले रिपोर्ट गरेको छ।

“चीन अब पूर्वतिर मात्र नभई दक्षिण चीन सागर र ताइवान स्ट्रेटतिर हेर्न बाध्य हुने र त्यसका लागि भारतको भूमिका महत्त्वपूर्ण हुने,“ उनले बताएका छन् ।

“मैले अरू कुनै पनि देशको तुलनामा भारतको यात्रामा धेरै समय बिताएको छु किनभने म उनीहरूलाई भविष्यमा हाम्रो लागि रणनीतिक साझेदार मान्दछु,“ गिल्डेले थपेका छन् ।

गत अक्टोबरमा आफ्नो पाँचदिने भारत भ्रमणको सन्दर्भ उल्लैख गर्दै “हिन्द महासागर युद्धक्षेत्र हाम्रो लागि झन् झन् महत्त्वपूर्ण बन्दै गएको छ। भारत र चीनको सीमामा हाल अलिअलि झडप भइरहेको तथ्य यो रणनीतिक रूपमा महत्त्वपूर्ण छ ।“

हिमालयमा भारत र चीनबीचको सीमा विवादले बेइजिङका लागि दोहोरो समस्या खडा गर्ने विचार अमेरिकी रणनीतिकारहरूमाझ देखिएको निक्की एशियाले रिपोर्ट गरेको छ। (रासस–एएनआई)

वि.सं.२०७९ भदौ १२ आइतवार ०८:०९ मा प्रकाशित

फिफा विश्वकपः अन्तिम १६ मा ब्राजिल प्रवेश

फिफा विश्वकपः अन्तिम १६ मा ब्राजिल प्रवेश

काठमाडौँ । फिफा विश्वकप–२०२६ फुटबल प्रतियोगिताअन्तर्गत राउण्ड अफ ३२ को खेलमा...

विश्वकप फुटबलः अफ्रिकालाई पराजित गर्दै क्यानडा प्रिक्वार्टरफाइनलमा प्रवेश

विश्वकप फुटबलः अफ्रिकालाई पराजित गर्दै क्यानडा प्रिक्वार्टरफाइनलमा प्रवेश

काठमाडौँ । दक्षिण अफ्रिकालाई हराउँदै क्यानडा फिफा विश्वकप फुटबल २०२६...

भेनेजुएला भूकम्प : २४ देशबाट सहायता र सयौँ उद्धारकर्मी प्राप्त

भेनेजुएला भूकम्प : २४ देशबाट सहायता र सयौँ उद्धारकर्मी प्राप्त

काराकास, भेनेजुएला । भेनेजुएलामा केही दिनअघि देशलाई झट्का दिने विनाशकारी...

अमेरिका खाडी मुलुकको सुरक्षा स्थिरता कायम गर्न प्रतिवद्ध : रुबियो

अमेरिका खाडी मुलुकको सुरक्षा स्थिरता कायम गर्न प्रतिवद्ध : रुबियो

। वासिङ्टनले अमेरिका–इरान समझदारीले खाडी सहयोग परिषद् (जीसीसी) राज्यहरूको सार्वभौमिकता,...

आँधीले जापानमा उडान प्रभावित

आँधीले जापानमा उडान प्रभावित

टोकियो । दुई शक्तिशाली उष्णकटिबन्धीय आँधी जापानतर्फ अघि बढेसँगै देशका...

भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु

भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु

ला गुआइरा (भेनेजुएला) । उत्तरी भेनेजुएलामा बुधबार राति एक मिनेटभन्दा...