back
CTIZAN AD

कृषि विकास बैंकको भवन तथा जग्गा प्रयोग विहीन

वि.सं.२०७९ भदौ १३ सोमवार

651 

shares

सुन्दरहरैँचा । मोरङको सुन्दरहरैँचा-९ मा रहेको कृषि विकास बैंक शाखाको भवन तथा जग्गा वर्षौंदेखि प्रयोगमा नल्याई त्यसै छोडिएको छ । सरकारी बैंकअन्तर्गत पर्ने आफ्नै जग्गामा बनेको उक्त शाखाको भवन दुरुपयोग भएको हो ।

द्वन्द्वकालमा उक्त भवनमा क्षति हुनाका साथै आवश्यक कागजपत्रसमेत नष्ट गरिए पछि उक्त शाखाले आफ्नो भवन तथा जग्गाको कुनै वास्ता नगरी विगत धेरै वर्षदेखि विराटचोकमा चर्को भाडा तिरेर शाखा सञ्चालन गर्दै आएको छ ।

विराटचोक शाखाले हाल बैंक सञ्चालनका लागि मासिक रु ६० हजार भाडा तिर्ने गरेका शाखा प्रमुख केदार अधिकारीले उल्लेख गरे । उनले भाडा तिरेर सञ्चालन हुँदै आएको भवन पनि बैंक बस्नका लागि अहिले उपयुक्त नभएको बताए । शाखा प्रमुख अधिकारीले कृषि विकास बैंक विराटचोक शाखा आफ्नै भवनमा कहिलेदेखि सञ्चालन हुने भन्नेबारेमा कुनै अत्तोपत्तो नभएको समेत जानकारी दिए ।

बैंकको जग्गा सुन्दरहरैँचामा करिब चार कट्ठाभन्दा बढी हुनाका साथै भवनसमेत छ । यो जग्गा जनताको सहभागितामा सस्तो दरमा बैंकिङ सेवा सञ्चालनका लागि विगत समयमा खरिद गरिएको स्थानीयवासी रामप्रसाद गजुरेलले बताए। तीन पटकसम्म स्थानीय बैंकले आफ्नै भवन पुनःनिर्माण तथा सुधार गरी सञ्चालनमा ल्याउनका लागि डेलिकेशनमा समेत गए पनि सम्बन्धित निकायबाट कुनै पहल भएको छैन । यहाँ २०६३ सालदेखि प्रयोगमा नआएको उक्त भवन र जमिनलाई सही सदुपयोग गरेमा उत्तम त्यहाँका वडाध्यक्ष प्रकाश श्रेष्ठले बताए ।

अहिले उक्त भवन जीर्ण भएर सर्प लुक्ने ठाउँ तथा झाडीको रूपमा परिणत भएको छ । महेन्द्र लोकमार्गकै छेउमा भएर पनि वरिपरि सुँगुर चर्ने ठाउँ तथा फोहर मैलाका कारण दुगन्ध फैलिएर बसिनसक्नु भएर कुरुपसमेत भएको स्थानीयवासी बताउँछन् ।

उक्त बैंक विराटचोकमा २०३२/३३ सालतिर बैंकिङ कारोबारका लागि आएकामा २०४५ सालमा आफ्नै जमिनमा भवन बनाइएको थियो । करिब चार/पाँच वर्ष यहाँ बैंक चलेपछि माओवादीले बम पड्कार क्षति गरेको स्थानीयवासीले बताए । बैंकमा माओवादीले क्षति पुर्याएपछि कृषि विकास बैंक इटहरी सरेर पछि पुनः सुन्दरहरैँचा आएको थियो ।

उक्त शाखा कार्यालयले अहिलेसम्म विराटचोकमा वार्षिक रु सात लाख २० हजार तिरेर भाडामा बस्दै आएकामा आफ्नै जग्गामा रहेको भवन मर्मत गरी पुनः प्रयोगमा ल्याउनु जरुरी रहेकाले यस विषयमा केन्द्रलाई जानकारीसमेत गराइएको सुन्दरहरैँचा नपाका प्रमुख केदारप्रसाद गुरागाईंले बताए ।रासस

वि.सं.२०७९ भदौ १३ सोमवार १३:०६ मा प्रकाशित

ट्याक्टरको प्रयोग बढेपछि हराउँदै गोरुले खेतबारी जोत्ने प्रचलन

ट्याक्टरको प्रयोग बढेपछि हराउँदै गोरुले खेतबारी जोत्ने प्रचलन

तानसेन (पाल्पा) । एक दशकअघिसम्म पाल्पाका फाँटहरूमा असार लागेसँगै हल...

केराको व्यावसायिक ‘वाइन’ र ‘ब्रान्डी’ उत्पादनमा ठाकुर

केराको व्यावसायिक ‘वाइन’ र ‘ब्रान्डी’ उत्पादनमा ठाकुर

नारायणगढ,चितवन। विगत १५ वर्षदेखि व्यावसायिक केराखेती गर्दै आएका चितवनको रत्ननगर...

पालिकाले दियो हल गोरु पाल्ने एकसय १५ कृषकलाई पाँच/पाच हजार

पालिकाले दियो हल गोरु पाल्ने एकसय १५ कृषकलाई पाँच/पाच हजार

वालिङ (स्याङ्जा) । स्याङ्जाको गल्याङ नगरपालिकाले हल गोरु पाल्ने कृषकलाई...

कर्णालीमा ४३ हजारभन्दा बढी हेक्टर क्षेत्रफलमा धानखेती हुँदै

कर्णालीमा ४३ हजारभन्दा बढी हेक्टर क्षेत्रफलमा धानखेती हुँदै

काँक्रेविहार (सुर्खेत)  । कर्णाली प्रदेशका १० जिल्लामा ४३ हजार २९०...

अफ्रिकन स्वाइन फिभरबाट गोरखामा २५० सुँगुर/बङ्गुर मरे

अफ्रिकन स्वाइन फिभरबाट गोरखामा २५० सुँगुर/बङ्गुर मरे

गोरखा । अफ्रिकन स्वाइन फिभरबाट गोरखामा २५० भन्दा बढी सुँगुर÷बङ्गुर...

फिफा विश्वकपः अन्तिम १६ मा ब्राजिल प्रवेश

फिफा विश्वकपः अन्तिम १६ मा ब्राजिल प्रवेश

काठमाडौँ । फिफा विश्वकप–२०२६ फुटबल प्रतियोगिताअन्तर्गत राउण्ड अफ ३२ को खेलमा...