back
CTIZAN AD

कोरियामा कोभिडबाट एकैदिन एकहत्तर जनाको मृत्यु

वि.सं.२०७९ भदौ १४ मंगलवार

741 

shares

सोल । दक्षिण कोरिया, न्युजिल्याण्ड र मलेसियामा कोभिड-१९ सङ्क्रमणबाट ज्यान गुमाउनेहरूको सङ्ख्या अप्रत्यासित रूपमा बढेको छ । चिनियाँ समाचार समिति सिन्ह्वाका अनुसार सोमबार दक्षिण कोरियामा ७१, मलेसियामा आठ र न्युजिल्याण्डमा अनुसार ११ जनाको मृत्यु भएको छ ।

न्युजिल्याण्डको स्वास्थ्य मन्त्रालयले मङ्गलबार जनाएअनुसार अघिल्लो महिनाको तुलनामा नयाँ सङ्क्रमितको सङ्ख्या लगातार घटेको छ । एक महिनाअघि न्युजिल्याण्डमा दैनिकरूपमा १० हजारभन्दा बढी नयाँ सङ्क्रमित फेला परेका थिए । बिरामीहरूको देशका विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

यसैबीच, मलेसियामा सोमबार मध्यरातसम्मको विवरणअनुसार आठ जनाले कोभिड–१९ बाट ज्यान गुमाएका छन् । हालसम्म मलेसियामा ३६ हजार दुई सय छ जनाको कोरोना सङ्क्रमणबाट मृत्यु भइसकेको छ ।

दक्षिण कोरियामा भने महामारी साम्य हुने लक्षण देखिएको छैन । सोमबार एकै दिन ७१ जनाको मृत्यु भएको छ । सोमबार मध्यरात सार्वजनिक गरिएको विवरणअनुसार देशमा एक लाख १५ हजार छ सय ३८ जना नयाँ सङ्क्रमित थपिएका छन् । हाल दक्षिण कोरियामा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या दुई करोड ३१ लाख ४२ हजार चार सय ७९ पुगेको सरकारी अधिकारीहरूले बताएका छन् । सिन्ह्वा

वि.सं.२०७९ भदौ १४ मंगलवार १२:०२ मा प्रकाशित

चीनमा एआई उद्योग विस्तार हुँदै

चीनमा एआई उद्योग विस्तार हुँदै

चीनले स्थानीय आवश्यकता र स्रोतसाधनअनुसार कृत्रिम बौद्धिकता (एआई) उद्योगको विकास...

इन्डोनेसिया भूकम्पः मृतक सङ्ख्या ४७ पुग्यो, खोजी तथा उद्धार जारी, नेपाल सरकारले पठायो सहानुभूति 

इन्डोनेसिया भूकम्पः मृतक सङ्ख्या ४७ पुग्यो, खोजी तथा उद्धार जारी, नेपाल सरकारले पठायो सहानुभूति 

  इन्डोनेसियाको पूर्वी क्षेत्रमा शक्तिशाली भूकम्प गएको भोलिपल्ट आइतबार उद्धारकर्ताहरूले...

सुकी रिहाइको आसियान आह्वान म्यान्माद्वारा अस्वीकार

सुकी रिहाइको आसियान आह्वान म्यान्माद्वारा अस्वीकार

बैङ्कक । म्यान्माको सेना समर्थित सरकारले हिरासतमा रहेकी पूर्वनेता आङ...

बुबाको निधनपछि मेस्सी अनुपस्थित मियामी लिग्स कपमा पराजित

बुबाको निधनपछि मेस्सी अनुपस्थित मियामी लिग्स कपमा पराजित

मियामी । बुबाको निधनपछि लियोनेल मेस्सी अनुपस्थित रहँदा इन्टर मियामीले...

पश्चिमी नाइजरमा बस दुर्घटना हुँदा २१ जनाको मृत्यु, ३७ घाइते

पश्चिमी नाइजरमा बस दुर्घटना हुँदा २१ जनाको मृत्यु, ३७ घाइते

नियामे । पश्चिमी नाइजरमा शुक्रबार दुई यात्रुवाहक बस आपसमा ठोक्किँदा...

क्यानडामा जुलाईमा ७५ हजार रोजगारीका अवसर वृद्धि

क्यानडामा जुलाईमा ७५ हजार रोजगारीका अवसर वृद्धि

क्यानाडाको अर्थतन्त्र क्षेत्रले जुलाईमा ७५ हजार रोजगारीका अवसर वृद्धि गरेको...