back
CTIZAN AD

सिद्धार्थ बैंकको बैंकिङ्ग सेवा ३ दिन बन्द हुँदै (सूचनासहित)

वि.सं.२०७९ भदौ १६ बिहीवार

954 

shares

काठमाडौं । सिद्धार्थ बैंकको बैंकिङ्ग सेवा तथा कारोबार ३ दिन प्रभावित हुने भएको छ । बैंकले हाल प्रयोग गरी रहेको प्राथमिक बैंकिङ्ग प्रणालीलाई परिवर्तन गरी थप सुविधा सहितका फिनाकल कोर बैंकिङ्ग प्रणाली प्रयोगमा ल्याउने क्रममा ३ दिनको लागि बैंकिङ्ग सेवाहरु पूर्ण रुपमा बन्द रहने जनाएको हो ।

बैंकका अनुसार यहि भदौ १७ गते शुक्रबार सन्ध्या कालिन काउन्टरहरु,१८ गते शनिबार बिदा काउन्टरहरु, र १९ गते आइतबार सम्पूर्ण बैंकिङ्ग कारोबारहरु बन्द रहने छन् ।

त्यस्तै, १७ गते शुक्रबार बेलुका ६ बजे पश्चात् इन्टरनेट बैंकिङ्ग, मोबाइल बैंकिङ्ग, एटीएम, कार्ड (क्रेडिट/प्रीपेड कार्ड बाहेक), रेमिट्यान्स लगायत अन्य सम्पूर्ण बैंकिङ्ग कारोबारहरु बन्द हुने बैंकले जनाएको छ ।

बैंकका अनुसार कोर बैंकिङ्ग प्रणाली परिवर्तन पश्चात् ग्राहकहरुले हाल कायम रहेको खाता नम्बरबाटै साविक बमोजिम कारोबार गर्न सक्ने छन् । उक्त दिनहरुमा गर्नुपर्ने अत्यावश्यक बैंकिङ्ग कारोबार उल्लेखित मिति अगावै गरी सहयोग गरिदिन समेत बैंकले आग्रह गरेको छ ।

थप जानकारीका लागि बैंकको नजिकैको शाखा कार्यालय वा बैंकद्वारा सञ्चालित ग्राहक सेवा केन्द्रको फोन नम्बर ०१-५९७००२० वा इमेल customercare@sbl.com.np मा सम्पर्क गर्न बैंकले अनुरोध गरेको छ ।

यस्तो छ सूचना :

May be an image of text

वि.सं.२०७९ भदौ १६ बिहीवार ११:१९ मा प्रकाशित

एभरेस्ट बैंकको नयाँ एक्सटेन्सन काउन्टर पाल्पाको तानसेनमा सञ्चालन

एभरेस्ट बैंकको नयाँ एक्सटेन्सन काउन्टर पाल्पाको तानसेनमा सञ्चालन

काठमाडौं । एभरेस्ट बैंकले पाल्पाको तानसेनमा नयाँ एक्सटेन्सन काउन्टर सञ्चालनमा...

नेपाल एसबिआई बैंकको अध्यक्षमा मुनीष कुमार चान्दना

नेपाल एसबिआई बैंकको अध्यक्षमा मुनीष कुमार चान्दना

काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा भारतीय...

कल्याण विक्रम पाँडे माछापुच्छ्रे बैंकको नायब प्रमुख कार्यकारी अधिकृत नियुक्त

कल्याण विक्रम पाँडे माछापुच्छ्रे बैंकको नायब प्रमुख कार्यकारी अधिकृत नियुक्त

काठमाडौँ । माछापुच्छ्रे बैंक लिमिटेडको नायब प्रमुख कार्यकारी अधिकृत पदमा...

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर ?

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर ?

काठमाडौँ ।  नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ? 

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ? 

काठमाडौँ ।  आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ...

कति  तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर ?

कति  तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर ?

काठमाडौँ ।  नेपाल राष्ट्र बैंकले आज (आइतबार)का लागि विदेशी मुद्राको...