back
CTIZAN AD

आरजु राणा कैलाली ५ बाट उम्मेदवार सिफारिस, अन्य को–को भए त सिफारिस ?

वि.सं.२०७९ भदौ १६ बिहीवार

1.8K 

shares

काठमाडौँ । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि कैलाली ५ बाट आरजु राणा देउवा सिफारिस भएकी छन् ।
नेपाली कांग्रेसकी केन्द्रीय सदस्य तथा प्रधानमन्त्री शेर बहादुर देउवा पत्नी समेत रहेकी देउवाको नाम कैलाली ५ बाट एकल सिफारिसमा परेको हो ।

बुधबार क्षेत्र नं. ५ प्रदेश सभा क्षेत्र (क) र (ख) क्षेत्रीय कार्यसमितिहरूले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कैलाली–५ बाट नेता आरजु देउवाको नाम एकल सिफारिस गर्नुपर्ने निर्णय गरेका हुन् ।

कैलाली ५ का कांग्रेस सभापति भीम पडालले दुवै प्रदेशबाट प्रतिनिधिसभाको उम्मेदवारका लागि राणाको नाम मात्रै सिफारिस भएको जानकारी दिएका छन् । यद्यपी क्षेत्रिय कार्यसमितिको आज बस्ने बैठकले त्यसको टुंगो लगाउने बताइएको छ । क्षेत्रीय कार्यसमितिमा पनि देउवाको नाम सिफारिस गर्न दवाव रहेको नेताहरुले बताएका छन् ।

त्यसैगरी समानुपातिकतर्फ नेपाली कांग्रेसकी केन्द्रीय सदस्य जीवन रानालाई सर्वसम्मत सिफारिस गरिएको छ ।

अन्य को–को भए त सिफारिस ?
त्यसैगरी सोहि बैठकले कैलाली ५ को ‘क’ प्रदेश सभाको लागि प्रत्यक्षतर्फ गणेश बहादुर देउवा, सन्तराम चौधरी, रामसमझ राना, प्रभात कुमार चौधरी, प्रेमराज जोशी, नारायण प्रसाद बराल, लक्ष्मीनारायण चौधरी र सिताराम रानासहित ८ जनाको नाम सिफारिस गरेको छ ।

त्यस्तै सचिव निरज विष्टका अनुसार समानुपातिकमा उद्धवबहादुर विष्ट, सिताराम राना, गणेश बहादुुर देउवा, सन्तराम चौधरी, आशाराम राना, रामसमझ राना, प्रभात कुमार चौधरी, जमुना दाहाल भण्डारी, अम्वादत्त भट्ट, नारायण दत्त भट्ट,प्रमिला लम्साल,गणेश प्रसाद जोशी, गरिवदास डगौंरा थारु, लम्मी प्रसाद देवकोटा, लक्ष्मी नारायण चौधरी,कमल बहादुर पुनमगर, सरोज चौधरी र लक्ष्मी भण्डारी गरी १८ जनाको नाम सिफारीस गरिएको छ ।

 

वि.सं.२०७९ भदौ १६ बिहीवार ११:५० मा प्रकाशित

कानुनको प्रभाव र उपलब्धि मूल्याङ्कनलाई प्रभावकारी बनाउनुपर्नेमा जोड

कानुनको प्रभाव र उपलब्धि मूल्याङ्कनलाई प्रभावकारी बनाउनुपर्नेमा जोड

काठमाडौँ । राष्ट्रियसभाअन्र्तगतको विधायन व्यवस्थापन समितिका सभापति कृष्णबहादुर रोकायले सङ्घ,...

राजनीतिक नियुक्ति समानुपातिक समावेशी प्रतिनिधित्वका आधारमा हुनुपर्ने

राजनीतिक नियुक्ति समानुपातिक समावेशी प्रतिनिधित्वका आधारमा हुनुपर्ने

काठमाडौँ । राष्ट्रियसभाका सदस्यहरूले सरकारले गर्ने राजनीतिक नियुक्ति समानुपातिक समावेशी...

सरकारी प्रयासको नतिजा देखिँदै, टेलिकमको नाफा ४ अर्ब माथि

सरकारी प्रयासको नतिजा देखिँदै, टेलिकमको नाफा ४ अर्ब माथि

काठमाडौँ । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) ले गत...

इन्डोर सुपर लिग सिजन–२ को टोली जनकपुर किंग्सको मुख्य प्रायोजक

इन्डोर सुपर लिग सिजन–२ को टोली जनकपुर किंग्सको मुख्य प्रायोजक

काठमाडौं । इन्डोर सुपर लिग सिजन–२ को फ्रेन्चाइज टोली जनकपुर...

ब्याकयार्ड अल्ट्रामा अर्जुन र मन्जु पहिलो

ब्याकयार्ड अल्ट्रामा अर्जुन र मन्जु पहिलो

काठमाडौं । अर्जुन कुलुङ राई र मन्जु सुनुवार ब्याकयार्ड अल्ट्रा–...

NPCI इन्टरनेसनल मार्फत भारत र नेपालबीच डिजिटल भुक्तानी कनेक्टिभिटी थप सुदृढ बन्दै

NPCI इन्टरनेसनल मार्फत भारत र नेपालबीच डिजिटल भुक्तानी कनेक्टिभिटी थप सुदृढ बन्दै

काठमाडाैँ । नेशनल पेमेन्ट्स कर्पोरेशन अफ इन्डिया (एनपीसीआई) को अन्तर्राष्ट्रिय...