back
CTIZAN AD

सिंहदरबारमा चोलेन्द्रसँग दोस्रो दिनको बयान

वि.सं.२०७९ भदौ १६ बिहीवार

696 

shares

काठमाडौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको दोस्रो दिनको बयान जारी छ । सिंहदरबारमा महाअभियोग सिफारिस समिति बैठकमा उनको बयान सुरु भएको हो ।

बुधबारबाट सुरु गरिएको उनको बयान बिहीबार पनि जारी छ । ११ सदस्यीय संसदको महाभियोग अध्ययन तथा सिफारिस समितिले चोलेन्द्रलाई सोध्न ४३ वटा लिखित प्रश्न तयार पारेको छ । बुधबार तीमध्ये ४ वटा मात्र प्रश्न सोधिएको छ । अझै ३९ प्रश्न सोध्न बाँकी छ ।नेपाल बार एसोसिएसनले राख्ने २१ प्रश्न पनि चोलेन्द्रलाई सोधिने छ ।

गत १ फागुनमा सत्तारुढ दलका सांसदहरुले चोलेन्द्रविरुद्ध महाअभियोगको प्रस्ताव प्रतिनिधिसभामा दर्ता गरेका थिए । प्रतिनिधिसभाले गठन गरेको महाअभियोग सिफारिस समितिले उनको बयान लिन थालेको हो ।

बुधबारको बयानमा उनले महाअभियोग प्रस्ताव नै निस्क्रिय भइसकेको र न्यायाधीश, बार पदाधिकारी र राजनीतिक दलका नेतामाथि गम्भीर आरोप लगाएका थिए ।

वि.सं.२०७९ भदौ १६ बिहीवार १२:४६ मा प्रकाशित

मानव अधिकार पुरस्कारका लागि सिफारिस आह्वान

मानव अधिकार पुरस्कारका लागि सिफारिस आह्वान

काठमाडौं । नेपाल सरकारले मानव अधिकारको संरक्षण र संवर्द्धनमा उल्लेखनीय...

सप्तरीमा मोटरसाइकल दुर्घटना, एकजनाको मृत्यु

सप्तरीमा मोटरसाइकल दुर्घटना, एकजनाको मृत्यु

सप्तरी । सप्तरीमा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा चालकको मृत्यु...

लुम्बिनीका मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत 

लुम्बिनीका मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत 

दाङ। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशसभाबाट विश्वासको मत प्राप्त...

पत्रकार किशोर श्रेष्ठलाई छोड्न सर्वोच्चको परमादेश

पत्रकार किशोर श्रेष्ठलाई छोड्न सर्वोच्चको परमादेश

काठमाडौँ । वरिष्ठ पत्रकार तथा जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठलाई...

मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आयोगको अनुरोध

मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आयोगको अनुरोध

काठमाडौँ । निर्वाचन आयोगले मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न...

कुटपिट गरी बुवाको हत्या गर्ने छोरा पक्राउ

कुटपिट गरी बुवाको हत्या गर्ने छोरा पक्राउ

बर्दिया । बर्दियामा आफ्नै बुवाको कुटपिट गरी हत्या गरेको आरोपमा...