back
CTIZAN AD

इरानद्वारा अमेरिकी नौसेनाको जहाज कब्जा गर्ने प्रयास

वि.सं.२०७९ भदौ १८ शनिवार

744 

shares

वाशिङ्गटन । इरानी युद्धपोतले अमेरिकी नौसेनाको जहाजहरू कब्जा गर्ने प्रयास गरेको अमेरिकी नौसेनाले जनाएको छ । यो पछिल्लो प्रयास एक हप्ताको अवधिमा भएको दोस्रो घटना भएको ५ औं फ्लीटका प्रवक्ता टिम हकिन्सले शुक्रबार स्पुतनिकलाई बताएका छन् ।

शुक्रबार अमेरिकी केन्द्रीय कमाण्ड नौसेना बलले सो घटनाको विवरण बारे विज्ञप्ति जारी गर्दै यस किसिमको प्रयास बारे आफूहरू सचेत रहेको जनाएको छ ।

अमेरिकी नौसेनाले एक इरानी युद्धपोतलाई सेप्टेम्बर १ मा अरबी खाडीमा रोकेको थियो त्यसको बदलामा दुई दिनपछि लाल सागरमा अमेरिकी ५ औं फ्लीटद्वारा सञ्चालित दुईवटा मानवरहित सतही जहाजहरू कब्जा गरेको अमेरिकी केन्द्रीय कमाण्ड नौसेना बलले जनाएको छ ।

इस्लामिक गणतन्त्र इरानको नौसेनाको जहाजले अर्को दिन अमेरिकी नौसेनालाई जहाजहरू फिर्ता गर्नु अघि अन्तरराष्ट्रिय जलक्षेत्रमा सञ्चालित दुई अमेरिकी सेलड्रोन एक्सप्लोरर जहाजहरू कब्जामा लिएको छ विज्ञप्तिमा उल्लेख गरिएको छ ।

ती जहाजहरू निशस्त्र थिए जसले वरपरको वातावरणको तस्बिरहरू खिचिरहेका थिए । त्यसमा कुनै जोखिम नरहेको र बिना कुनै घटना लगातार २०० दिनसम्म लाल सागरमा सञ्चालन भएको विज्ञप्तिमा उल्लेख छ।

अमेरिकी नौसेनाले मङ्गलबार इरानको रिभोलुसनरी गार्ड कोर्प्स नेवी जहाजलाई पर्शियन खाडीम कब्जा गर्नबाट रोकेको पनि जनाएको छ। (रासस–एएनआई ÷ स्पुतनिक)

वि.सं.२०७९ भदौ १८ शनिवार २०:१० मा प्रकाशित

आज आतङ्कवादका पीडितको सम्झना र सम्मान गर्ने अन्तरराष्ट्रिय दिवस

आज आतङ्कवादका पीडितको सम्झना र सम्मान गर्ने अन्तरराष्ट्रिय दिवस

काठमाडौँ । आतङ्कवादबाट पीडित तथा प्रभावितको सम्झना, सम्मान र उनीहरूको...

चीनमा एआई उद्योग विस्तार हुँदै

चीनमा एआई उद्योग विस्तार हुँदै

चीनले स्थानीय आवश्यकता र स्रोतसाधनअनुसार कृत्रिम बौद्धिकता (एआई) उद्योगको विकास...

इन्डोनेसिया भूकम्पः मृतक सङ्ख्या ४७ पुग्यो, खोजी तथा उद्धार जारी, नेपाल सरकारले पठायो सहानुभूति 

इन्डोनेसिया भूकम्पः मृतक सङ्ख्या ४७ पुग्यो, खोजी तथा उद्धार जारी, नेपाल सरकारले पठायो सहानुभूति 

  इन्डोनेसियाको पूर्वी क्षेत्रमा शक्तिशाली भूकम्प गएको भोलिपल्ट आइतबार उद्धारकर्ताहरूले...

सुकी रिहाइको आसियान आह्वान म्यान्माद्वारा अस्वीकार

सुकी रिहाइको आसियान आह्वान म्यान्माद्वारा अस्वीकार

बैङ्कक । म्यान्माको सेना समर्थित सरकारले हिरासतमा रहेकी पूर्वनेता आङ...

बुबाको निधनपछि मेस्सी अनुपस्थित मियामी लिग्स कपमा पराजित

बुबाको निधनपछि मेस्सी अनुपस्थित मियामी लिग्स कपमा पराजित

मियामी । बुबाको निधनपछि लियोनेल मेस्सी अनुपस्थित रहँदा इन्टर मियामीले...

पश्चिमी नाइजरमा बस दुर्घटना हुँदा २१ जनाको मृत्यु, ३७ घाइते

पश्चिमी नाइजरमा बस दुर्घटना हुँदा २१ जनाको मृत्यु, ३७ घाइते

नियामे । पश्चिमी नाइजरमा शुक्रबार दुई यात्रुवाहक बस आपसमा ठोक्किँदा...