back
CTIZAN AD

तपाईको आज आइतबारको राशिफल, मीन राशिसहित यी ६ राशिकालाई हुनेछ विशेष फाइदा !

वि.सं.२०७९ भदौ १९ आइतवार

606 

shares

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ
परिस्थितिवश आजको योजना निष्फल जस्तै रहनेछ। धन अभावले सताउनेछ भने श्रमको उचित मूल्य प्राप्त नहुन सक्छ। आश्वासन बाँड्नेहरूले पनि झुक्याउन सक्छन्। शुभचिन्तकहरूको सुझाव बेवास्ता गर्दा समस्या पर्नेछ। लगानी धेरै भए पनि न्यून उपलब्धिमै चित्त बुझाउनुपर्ला। विशेष काम सुरु गर्न समय पर्खनुहोला। नियमित काम भने सम्पादन हुनेछन्।

वृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
बलभन्दा बुद्धिको उपयोगले काम लिने चेष्टा गर्नुहोला। मेहनतले विभिन्न अवसर दिलाउनेछ। समस्या दर्साउँदा आवश्यक सहयोग जुट्नेछ। परिवारजनको साथले नयाँ आशा जगाउनेछ। प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ। अतिथिका रूपमा मान–सम्मान प्राप्त हुनेछ। प्रियभेट हुनुका साथै रमाइलो यात्रा पनि हुनेछ।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह
बलजफ्तीले हानि पुर्याउनेछ भने बुद्धिको उपयोग गर्दा काम बन्नेछन्। शत्रुहरूले छिद्र खोतल्ने प्रयास गर्नेछन्। आवेशलाई नियन्त्रणमा राख्नुहोला, मुद्दा–मामिलामा कमजोरीको समय छ। व्यापार तथा उद्योगतर्फ सामान्य फाइदै हुनेछ। प्रतिस्पर्धीहरूले अलि अप्ठ्यारोमा पार्ने प्रयास गर्नेछन्। तापनि हिम्मतले काम लिँदा सामान्य लाभ उठाउन सकिनेछ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो
बौद्धिक कार्यबाट धनलाभ हुनेछ। आफ्नो प्रतिभा अरूलाई देखाउन सकिनेछ। गुरुजनको विशेष सहयोग जुट्नेछ। प्रयत्न गरेका काम ढिलै सम्पादन भए पनि उपलब्धि राम्रै पाइनेछ। पढाइलेखाइमा प्रगति हुनेछ। स्वास्थ्य सबल रहनेछ। अवरोध स्वतः समाप्त हुनेछ। व्यापारमा सामान्य फाइदाको समय छ। पशुपालन तथा कृषि क्षेत्रबाट राम्रो लाभ मिल्ने योग छ।

सिंह –मा, मि, मु, मे, मो, टा, टि, टु, टे
हडबड गर्नाले काम बिग्रन सक्छ। बेसुरमा दिइएको वचनले अप्ठ्यारो पार्न सक्छ। अरूको व्यवहारले शंका उब्जाए पनि मान्यजनको सुझाव शिरोधार्य गर्दा फाइदा हुनेछ। विशेष योजना सार्वजनिक नगर्नुहोला। प्रतीक्षित नतिजा कमजोर देखिनाले काम दोहोर्याउनुपर्ने हुन सक्छ। शुभचिन्तकहरूको साथले कर्मयोग बलियो रहनेछ। दिगो योजनामा अघि बढ्दा लाभ मिल्नेछ।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो
जिम्मेवारी प्राप्त भए पनि बेलामा होस नपुर्याउँदा पछि परिनेछ। दाजुभाइमा असमझदारी बढ्न सक्छ। प्रतिस्पर्धीलाई कमजोर नठान्नुहोला। आफ्ना कमजोरीको फाइदा उठाउनेहरू सक्रिय हुनेछन्। नयाँ काम प्रारम्भ गर्न केही समय प्रतीक्षा गर्नुहोला। अस्वस्थताका बाबजुद कामको जिम्मेवारी बढ्नेछ। सहयोगको आशा देखाउनेहरूबाट धोका पाइने सम्भावना देखिन्छ।

तुला –र, रि, रु, रे, रो, ता, ति, तु, ते
साथीभाइ नजिकिनेछन् र प्रशंसकहरू बढ्नेछन्। आवश्यक पर्दा सहयोगीहरूले राम्रो साथ दिनेछन्। बोलीको भरमा काम सम्पादन हुने समय छ। अध्ययनमा प्रगति हुनेछ। प्रतीक्षा गरिएको काम बन्नेछ। आफ्नो क्षेत्रमा राम्रै प्रभाव जमाउन सकिनेछ। दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। पेसा र व्यापारमा प्रशस्त फाइदा हुनेछ। आकर्षक उपहारले उत्साह जगाउनेछ।

वृश्चिक –तो, ना, नि, नु, ने, नो, या, यि, यु
इच्छाशक्ति बढ्नुका साथै रचनात्मक कार्य शुभारम्भ गर्न सकिनेछ। तारिफयोग्य काम सम्पादन हुनाले प्रशंसकहरू बढ्नेछन्। विशिष्ट व्यक्तिहरूसँग भेटघाट हुनेछ। आकर्षक उपहारले उत्साह जगाउनेछ। रोकिएका काम सम्पादन हुने र नयाँ काम पाइने योग छ। पारिवारिक जमघटले आनन्द दिलाउनेछ। आफन्तसँग आत्मीयता बढ्नेछ। प्रेम र मित्रताको बन्धन कसिनेछ।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
फाइदाका पछि लाग्दा साथीभाइसँग असमझदारी बढ्न सक्छ। तापनि सहयोग गर्नेहरू भेटिनेछन्। काममा लगानीको समय छ। समयमा होस नपुग्नाले फजुल खर्च बढ्नेछ र काम दोहोर्याउनुपर्ने परिस्थिति आउन सक्छ। आवश्यक पर्दा सरसापट वा कर्जामार्फत धन जुट्नेछ। खर्च लागे पनि यात्रा गर्ने अवसर प्राप्त हुनेछ। तर आफ्ना विषयवस्तुमा अरूले दाबी गर्न सक्छन्।

मकर –भो, ज, जि, खि, खु, खे, खो, गा, गि
आम्दानी कम भए पनि दिगो काम गर्ने अवसर जुट्न सक्छ। ठूलै प्रयत्न गर्दा सामान्य फाइदा हुनेछ। तर, आजको लाभांश सञ्चय नहुन सक्छ। सरसापटमा धन खर्च हुनेछ। आम्दानी बिगार्नेहरू सक्रिय रहलान्। श्रमको उचित मूल्य प्राप्त नहुनाले काममा मन दिन नसकिएला। परिस्थितिले अलि निष्क्रिय बनाउन सक्छ। मेहनत गर्दा पछिका लागि फाइदा हुनेछ।

कुम्भ गु, गे, गो, सा, सि, सु, से, सो, द
पहिलेको हरहिसाब नमिल्नाले साझेदारीमा वादविवाद हुन सक्छ। ठूलो भागको मोहले समस्या निम्त्याउला। बलजफ्ती काम गर्ने बानीले अप्ठ्यारो पर्न सक्छ। व्यवसायमा लगानी बढाउनुपर्ने देखिन्छ। अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला। तापनि, कूटनीतिक व्यक्तिको सहयोग जुट्नेछ। आम्दानी कम भए पनि चुनौती पन्छाउन सकिनेछ। व्यापारमा सामान्य लाभ हुनेछ।

मीन –दि, दु, थ, झ, ञ, दे, दो, च, चि
समुदायको हितमा राम्रै काम गर्न सकिनेछ। सामाजिक उत्तरदायित्व वहन गर्दै पछिसम्म फाइदा हुने काम र जिम्मेवारी हात पार्ने मौका छ। आफ्नो वर्ग वा क्षेत्रको नेतृत्व हातलागी हुनेछ। धेरैले आफ्ना कामको तारिफ गर्नेछन्। कीर्तिमानी काम गर्ने समय छ। दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। सहयोगीहरूले साथ दिनेछन्। आँटेका काम पनि सजिलै बन्नेछन्।

२०७९ भाद्र १९ गते, आइतवार, (४ सेप्टेम्बर २०२२)
उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य) ९८४१३५२१६४

आज भदौ १८ गते शनिबार, हेर्नुहोस् राशिफल कस्तो छ तपाईको आजको दिन ?

वि.सं.२०७९ भदौ १९ आइतवार ०७:०६ मा प्रकाशित

आरोग्य पर्यटन वृत्तचित्र प्रदर्शनमा योगी भट्टको साधना : हिमाली शून्य तापक्रममा निवस्त्र योग अभ्यासले सबै स्तब्ध

आरोग्य पर्यटन वृत्तचित्र प्रदर्शनमा योगी भट्टको साधना : हिमाली शून्य तापक्रममा निवस्त्र योग अभ्यासले सबै स्तब्ध

काठमाडौं । राजधानीको भृकुटीमण्डपस्थित नेपाल पर्यटन बोर्ड को सभाहल शनिबार...