back
CTIZAN AD

के अर्थतन्त्र लयमा फर्किएको हो ?

वि.सं.२०७९ भदौ १९ आइतवार

843 

shares

काठमाडौं । कोरोना महामारीसँगै संकटतर्फ उन्मुख नेपालको अर्थतन्त्र पुनः लयमा फर्किएको अर्थतन्त्रका नेतृत्वकर्ताहरुले बताएका छन् । शनिबार नेपाल आर्थिक पत्रकार समाज (सेजन)को २४ औं वार्षिक साधारसभाको उद्घाटन समारोहमा उपस्थित नेतृत्वकर्ताहरुले यस्तो बताएका हुन् । नेपालको सुझबुझपुर्ण व्यवहार र नीतिको कारण अर्थतन्त्रले लय समातेको उनीहरुको तर्क छ ।

अर्थमन्त्री जनार्दन शर्माका अनुसार सरकारले होसियारी अपनाउँदा देश धरासायी हुनबाट जोगिएको मात्रै छैन्, मुलुकको अर्थतन्त्र लयमा फर्किदै छ । उनका अनुसार मुलुकको अर्थतन्त्रका सबै सूचकांकहरु सकारात्मक हुँदै गएका छन् ।

नेपालको अर्थतन्त्र समाप्त नै हुन्छ भनेर आवाज उठिरहेका बेला सरकारले आवश्यक नीति लिएर त्यसलाई बिग्रन नदिएको उनको भनाइ छ । तर, तरलताको समस्या अझै कायमै रहेको उनले बताएका छन् । यसलाई सहज बनाउनका लागि समयमै बजेट खर्च गर्ने कुरामा विशेष ध्यान दिनुपर्ने सवमं अर्थमन्त्री शर्मा बताउँछन् ।

यस्तै, नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी पनि मुलुकको अर्थतन्त्र सहज बन्दै गइरहेको बताउँछन् । यद्यपि, जोखिम कायमै रहेकाले सजकता अपनाउन पनि आवश्यक रहेको उनको भनाई छ । सहजता देखिएको भनेर अहिल्यै धेरै वस्तुहरूको आयातमा वृद्धि गर्न नमिल्नेमा पनि उनको जोड रहेको छ ।

केही वस्तुहरूको निर्यातको राम्रो सम्भावना देखिनु, पर्यटक गतवर्षको भन्दा पछिल्लो ६ महिनामा दोब्बरले वृद्धि हुनु मुलुकको अर्थतन्त्र सुधारको बाटोमा गएको प्रमाणको रूपमा लिनुपर्ने उनी बताउँदछन् । यसैमा थप्छन्, ‘रेमिट्यान्समा समेत सुधार देखिँदै आएको छ । अब अर्थतन्त्रमा देखिएका जोखिम न्यूनीकरणका लागि उत्पादनमूलक क्षेत्रमा लगानी बढाउनुपर्ने हुन्छ ।’

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. विश्वनाथ पौडेलले अर्थतन्त्रको भविष्य सुन्दर रहेको तर, त्यसका लागि सुधारका धेरै काम गर्नुपर्ने बताएका छन् । उनले अर्थतन्त्रमा देखिएको सिन्डिकेट र एकाधिकार हटाउनुपर्ने बताएका छन्। प्रतिस्पर्धी अर्थतन्त्र निर्माणका लागि उदारीकरणको यो काम गर्नैपर्ने उनको भनाइ छ।

“अबको पाँच वर्षमा कायपलट त नहोला तर उन्नतिको सम्भावना धेरै देखिन्छ। सडक, ऊर्जा, स्वास्थमा राम्रै भइरहेको छ। अबको पाँच वर्षमा हामीले धेरै गर्नसक्ने ठाउँ छ। अर्थतन्त्रको दीगो विकासका लागि कृषिको विकास चाहिन्छ। यसका लागि हामीले अहिले सिँचाइ आयोजना बनाइरहेका छौँ। तर हामीले मल बीउ दिनुपर्छ”, उनले भने।

वि.सं.२०७९ भदौ १९ आइतवार ०९:१८ मा प्रकाशित

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार

रसुवा । गत वर्षको असार २४ गते ल्हेन्दे खोलामा आएको...

राष्ट्रियसभाः शोक प्रस्ताव पारित

राष्ट्रियसभाः शोक प्रस्ताव पारित

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकमा ‘विनियोजन विधेयक, २०८३’ का सम्बन्धमा...

अमेरिका खाडी मुलुकको सुरक्षा स्थिरता कायम गर्न प्रतिवद्ध : रुबियो

अमेरिका खाडी मुलुकको सुरक्षा स्थिरता कायम गर्न प्रतिवद्ध : रुबियो

। वासिङ्टनले अमेरिका–इरान समझदारीले खाडी सहयोग परिषद् (जीसीसी) राज्यहरूको सार्वभौमिकता,...

आँधीले जापानमा उडान प्रभावित

आँधीले जापानमा उडान प्रभावित

टोकियो । दुई शक्तिशाली उष्णकटिबन्धीय आँधी जापानतर्फ अघि बढेसँगै देशका...

भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु

भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु

ला गुआइरा (भेनेजुएला) । उत्तरी भेनेजुएलामा बुधबार राति एक मिनेटभन्दा...

नेप्से परिसूचकमा झिनो अङ्कको गिरावट

नेप्से परिसूचकमा झिनो अङ्कको गिरावट

काठमाडौँ । धितोपत्र बजारका शेयर कारोबार मापक नेप्से परिसूचक आज...