back
CTIZAN AD

बालेनको एकपछि अर्को एक्सन, सात क्यासिनोलाई दिए यस्तो चेतावनी

वि.सं.२०७९ भदौ १९ आइतवार

888 

shares

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह ‘बालेन’ एकपछि अर्को एक्सनमा उत्रिएका छन् ।

थापाथलीस्थित नर्भिक अस्पतालले बनाएको अवैद्य संरचनाबाट सुरु भएको उनको एक्सन, बेसमेन्ट पार्किङका लागि नक्सा पास गरेर संचालन गरिएका व्यवसायीक संरचनामा डोजर, भृकुटी मण्डपस्थित फनपार्कलाई कर तिर्ने ताकेता,  विश्व सम्पदामा परेका मठमन्दिर छेउछाउमा संचालन रहेको व्यवसाय हटाउने अभियानमा लगायतमा आक्रामक शैलीले लागेका मेयर बालेनले आइतबार काठमाडौंमा संचालित क्यासिनोहरुलाई कर तिर्न ७ दिने अल्टिमेटम दिएका छन् ।

महानगरले आइतबार काठमाडौंमा संचालित क्यासिनोहरुलाई ७ दिनभित्रमा कर बुझाउन ताकेता गरेको हो ।

महानगरका राजस्व विभागका प्रमुख शिवराज अधिकारीद्धारा हस्ताक्षरित पत्रमा म्यारियट होटलको डेल्टिन क्यासिनो, अन्नपूर्ण होटलको क्यासिनो प्यालेस, हयात होटलको प्राइड इन्टरटेनमेन्ट एण्ड रिक्रिएसन, सोल्टी होटलको माजोङ इन्टरटेनमेन्ट, होटल एल्फटको बाल्को क्यासिनो र मल्ल होटलको बेली क्यासिनोलाई मनोरन्जन कर तिर्नका लागि ७ दिने अल्टिमेटम दिएको हो ।

‘बागमती प्रदेशको आर्थिक ऐनले क्यासिनोमा प्रवेश गर्ने ग्राहकबाट मनोरन्जन कर लिनुपर्ने व्यवस्था गरेकोमा तहाँ क्यासिनोलाई मनोरन्जन कर बुझाउन पटक–पटक ताकेता गरेपनि आ.व २०७५/०७६ देखि हालसम्म कर नबुझाएको हुँदा प्रदेश आर्थिक ऐनले तोकेको दररेटमा हालसम्मको मनोरन्जन करको विवरण र सोको नियमानुसा लाग्ने जरिवाना समेत यस पत्र प्राप्त भएको मितिले ७ दिनभित्र महानगरपालिकाको राजस्व विभाग बबरमहलमा बुझाउन हुन अनुरोध छ ।’ पत्रमा भनिएको छ ।

अन्यथा महानगरपालिकाको राजस्व ऐन २०७५ बमोजिम कारबाही गरी सरकारी बाँकी सरह कर असुल उपर गरिने समेत चेतावनी दिइएको छ ।

महानगरको अर्को एक्सन : मन्दिर र सम्पदाबाट हट्ने भयो अवैध व्यापार

वि.सं.२०७९ भदौ १९ आइतवार १७:१८ मा प्रकाशित

राष्ट्रिय परिचयपत्र सेवा आइतबारदेखि शुक्रबारसम्म दिइने

राष्ट्रिय परिचयपत्र सेवा आइतबारदेखि शुक्रबारसम्म दिइने

घोराही (दाङ) । दाङमा राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा प्रवाहको समय परिवर्तन...

दलित अधिकारसम्बन्धी विधेयकमा सैद्धान्तिक छलफल

दलित अधिकारसम्बन्धी विधेयकमा सैद्धान्तिक छलफल

विराटनगर । कोशी प्रदेशसभामा ‘कोशी प्रदेश दलित अधिकार सम्बन्धमा व्यवस्था...

एनटी स्ट्राइकलाई जितको लागि दियो १२३ रनको लक्ष्य

एनटी स्ट्राइकलाई जितको लागि दियो १२३ रनको लक्ष्य

काठमाडौँ । अस्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजअन्तर्गत आज जारी...

गाँजाको औषधीय प्रयोगमा सरकार सकारात्मक छ : अर्थमन्त्री वाग्ले

गाँजाको औषधीय प्रयोगमा सरकार सकारात्मक छ : अर्थमन्त्री वाग्ले

काठमाडौँ । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले औषधीय प्रयोजनका लागि गाँजा...

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका उपलब्धिहरू सार्वजनिक

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका उपलब्धिहरू सार्वजनिक

काठमाडौँ । प्रधामन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय तथा  कार्यालय मातहतका विभिन्न...

‘सिसीको बिर्को फेर्दैमा पुनर्गठन हुँदैन’ – महेश बस्नेत

‘सिसीको बिर्को फेर्दैमा पुनर्गठन हुँदैन’ – महेश बस्नेत

काठमाडौं । नेकपा एमालेका नेता महेश बस्नेतले पार्टीभित्र देखिएको नेतृत्व...