back
CTIZAN AD

प्रभु क्यापिटलसहित यी ६ मर्चेन्ट बैंकरले पाए कोष व्यवस्थापकको लाइसेन्स

वि.सं.२०७९ भदौ २० सोमवार

804 

shares

काठमाडौं । प्रभु क्यापिटल लिमिटेड सहित ६ वटा मर्चेन्ट बैकरले नेपाल धितोपत्र बोर्डबाट विशिष्टीकृत लगानी कोष अन्तर्गत कोष व्यवस्थापकको रूपमा काम गर्न लागि अनुमति दर्ता प्रमाणपत्र पाएका छन् ।

पूँजी तथा वस्तु बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डले विशिष्टीकृत लगानी कोष नियमावली, २०७५ को व्यवस्था बमोजिम कोष व्यवस्थापकको काम गर्न आईतबार नेपाल धितोपत्र बोर्डमा एक कार्यक्रमको आयोजना गरी प्रभु क्यापिटल सहित ६ वटा मर्चेन्ट बैकरलाई नेपाल धितोपत्र बोर्डबाट अनुमतीपत्र हस्तातरण भएको हो ।

एसआईएफको कोष प्रबन्धकको लागि पाएको स्वीकृति सँगै प्रभु क्यापिटललाई नेपाली लगानीको क्षेत्रमा निजी इक्विटी र भेन्चर क्यापिटलजस्ता नवीन सेवाहरु प्रदान गर्ने बाटो खुलेको छ । नवीनतम ज्ञान, सीप÷क्षमता भएका वा नयाँ वस्तु, सेवा, प्रविधि वा बौद्धिक सम्पत्तिसँग सम्बन्धित व्यवसाय वा नवीनतम उद्यम व्यवसायलाई सञ्चालन गर्न स्वदेशी तथा बैदेशिक लगानीका भेञ्चर क्यापिटल, प्राइभेट इक्वीटी फण्ड, हेज भण्ड जस्ता उपकरण मार्फत् लगानीको नयाँ स्रोतको व्यवस्था गर्न सहयोग पुग्ने क्यापिटलले जनाएको छ ।

यस्तो कोषमा बैंक तथा वित्तीय संस्था, बीमा कम्पनी, पेन्सन कोष, अन्तर्राष्ट्रिय लगानीकर्ता तथा नेपाली तथा गैरआवासीय नेपाली लगायतले लगानी गर्न सक्नेछन् । जसबाट स्वदेशी श्रोत परिचालन भर्ई देशमा प्रत्यक्ष वैदेशिक लगानीलाई सहजीकरण र आकर्षित गरी समग्र पूँजी बजार विस्तार गर्न सहयोग पुग्नेछ भने राष्ट्रको समग्र व्यापार क्षेत्रको लागि यो लाभदायक हुनेछ ।

नेपाल धितोपत्र बोर्डले आज प्रभु क्यापिटल सहित एनआईबिएल एस क्यापिटल, एनएमबी क्यापिटल, लक्ष्मी क्यापिटल, नबिल ईन्भेष्टमेण्ट क्यापिटल, एनआईसी एसिया क्यापिटल सहित ६ वटा क्यापिटलले कोष व्यवस्थापकको रूपमा काम गर्न लागि अनुमती दर्ता प्रमाणपत्र दिएको हो ।

यस अघि ग्लोबल इक्विटी फण्ड र अवसर ईक्विटी फण्ड गरी नेपाल धितोपत्र बोर्डबाट हालसम्म जम्मा ८ वटा संस्थाहरुलाई विशिष्टीकृत लगानी कोष अन्तर्गत कोष व्यवस्थापकको रूपमा काम गर्न लागि अनुमती दर्ता प्रमाणपत्र प्रदान भएको छ ।

वि.सं.२०७९ भदौ २० सोमवार ०८:४८ मा प्रकाशित

तनहुँमा एक वर्षमा थपिए ६७० उद्योग

तनहुँमा एक वर्षमा थपिए ६७० उद्योग

दमौली (तनहुँ) । जिल्लाका बजार क्षेत्रमा उद्योग– व्यवसाय सञ्चालन गर्नेको...

सिबिफिनद्वारा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकमाथिको अनुसन्धानप्रति गम्भीर ध्यानाकर्षण

सिबिफिनद्वारा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकमाथिको अनुसन्धानप्रति गम्भीर ध्यानाकर्षण

काठमाडौं । नेपालको बैंकिङ क्षेत्रको लामो इतिहास बोकेको प्रतिष्ठित नेपाल...

सिद्धार्थ बैंकले ल्यायो कर्पोरेट ग्राहकका लागि अनलाइनमार्फत खोल्न सकिने नयाँ डिजीटल सेवा

सिद्धार्थ बैंकले ल्यायो कर्पोरेट ग्राहकका लागि अनलाइनमार्फत खोल्न सकिने नयाँ डिजीटल सेवा

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले नेपालको बैकिङ्ग क्षेत्रमा पहिलोपटक व्यवसायिक...

५० वर्षको नाडा अटो शोमार्फत उद्योग, प्रविधि र स्वदेशी उत्पादनको नयाँ सन्देश

५० वर्षको नाडा अटो शोमार्फत उद्योग, प्रविधि र स्वदेशी उत्पादनको नयाँ सन्देश

काठमाडौं। नेपाली अटोमोबाइल बजारमा नाडा अटो शो एउटा प्रदर्शनी मात्र...

नेपाल आइपुग्यो Sierra.ev: अत्याधुनिक प्रविधि र फ्युचरिस्टिक डिजाइनसहित सार्वजनिक हुँदै

नेपाल आइपुग्यो Sierra.ev: अत्याधुनिक प्रविधि र फ्युचरिस्टिक डिजाइनसहित सार्वजनिक हुँदै

काठमाडौँ | भारतीय अटोमोबाइल बजारमा आफ्नो उत्कृष्ट पर्फर्मेन्स, अत्याधुनिक प्रविधि...

रिलायबल नेपाल लाइफको व्यापारमा उल्लेख्य वृद्धि

रिलायबल नेपाल लाइफको व्यापारमा उल्लेख्य वृद्धि

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०८२/८३ को...