काठमाडौं । बाणिज्य बैंकहरुको तरलतामा सुधार आएको छ । गत भाद्र १० गतेको तुलनामा सोमबार बैंकहरुमा निक्षेप संकलन ११ अर्वले वृद्धि हुदा यो अवस्था आएको हो ।
विगत केहि समय यता बैंकहरुमा तरलता अभावले गर्दा लगानी गर्न सकेका थिएनन् । यो वृद्धि संगै अर्थतन्त्रमा सकरात्मक संचार भएको देखिएको छ ।
कसरी अर्थतन्त्र लयमा फर्कियो ?
शनिबार आर्थिक पत्रकार समाज (सेजन)ले आयोजना गरेको एक कार्यक्रममा अर्थमन्त्री, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष, राष्ट्र बैंकका गभर्नरलगायत अर्थतन्त्रका जानकारहरुले अर्थतन्त्रमा कुनै पनि समस्या नरहेको तथा अर्थतन्त्र सुधार तर्फ गएको अभिव्यक्ति दिएको दुई दिनपछि नेपाल बैंकर्स संघले उपलब्ध गराएको तथ्याङले यस्तो देखाएको हो ।
बैंकहरुमा तरलता बढेसंगै उत्पादनमुलक क्षेत्र आशावादी हुने देखीएको छ । लामो समयदेखि तरलता अभावका कारण बैंकहरुले लगानी गर्न नसक्दा उत्पादन मुलक क्षेत्र सबै भन्दा बढी मारमा परेको थियो ।
असारमाहिनाको तुलनामा साउनमा ४४ अर्व रुपैयाँ बैंकीङ क्षेत्रबाट बाहिरिएको थियो । सो रकम भाद्र महिनाको तेस्रो साता सम्ममा बैंकीङ प्रणालीमा फिर्ता भएको छ ।
बैंकर्स संघको तथ्याङअनुसार साउनको अन्तिम साताको तुलनामा भाद्र तेस्रो साता बैंकहरु ४ अर्व बढेको छ । तर साउनको पहिलो हप्तासम्म बैंकीङ प्रणालीबाट बाहिरीएको ४० अर्व रुपैयाँ भने अझै प्रणालीमा आइसकेको छैन ।
वि.सं.२०७९ भदौ २० सोमवार १२:५८ मा प्रकाशित





























