काठमाडौं । सिद्धार्थ बैंकका ग्राहकले निःशुल्क आइपीओ भर्न पाउने भएका छन् । लगानीकर्ताले अबदेखी बैंकको आस्वा सेवा प्रयोग गरेर सेयर भर्दा कुनै पनि शुल्क नलाग्ने बैंकले जनाएको छ ।
नेपाल धितोपत्र बोर्डले सि-आश्वा सेवाको शुल्क अधिकतम ५ रुपैयाँसम्म लिन पाउने व्यवस्था गरेपछि बैंकहरूले यसलाई निःशुल्क गर्न थालेका हुन् । यस अघि बैंकले आस्वावापत १० रुपैयाँ शुल्क लिँदै आएको थियो ।

यसअघि नै सानिमा बैंक, कुमारी बैंक र नेपाल बैंकहरुलगायतले आईपीओका लागि आवेदन दिंदा शुल्क नलाग्ने व्यवस्था गरिसकेका छन् ।
वि.सं.२०७९ भदौ २० सोमवार ११:५५ मा प्रकाशित


























