back
CTIZAN AD

बैकर मनोज ज्ञवाली भन्छन्–दशैंका लागि नयाँ नोट साट्न सदाका लागि बन्द गरौं

वि.सं.२०७९ भदौ २० सोमवार

1.2K 

shares

काठमाडौं । बैंकर मनोज ज्ञवालीले दशैं र तिहारका लागि नयाँ नोट साट्ने चलन सदाका लागि बन्द गरिनुपर्ने बताएका छन् ।

राष्ट्र बैंकले दशैं र तिहारका लागि नयाँ नोट सटहीका लागि मिति तोकेर सूचना जारी गरेको अवस्थामा बैंकर ज्ञवालीले ‘नोट’ लाई ‘खेलौना’ को रुपमा प्रयोग गर्न नदिने कुरामा राष्ट्र बैंक प्रष्ट हुनुपर्ने बताएका छन् ।

सानो इकाईका खुद्रा नोटहरू नेपाल राष्ट्र बैंकले समेत जम्मा गर्न नमानेको अवस्था तथा बैंक तथा बित्तीय संस्थाहरुको कतिपय शाखाहरूमा भल्टमा होईन भल्ट रुम मै नअट्ने गरी खुद्रा नोटहरू थुप्रिएका कारण खुद्रा नोट व्यबस्थापन साच्चै नै बैकिङको नगद व्यबस्थापना समस्याको रुपमा रहेको बताएका छन् ।

‘फेरि हामीले ’नयां नोट’ सटही गर्ने सुरशारमा छौं । दशै तथा तिहारमा नयाँ नोट सटही गर्ने काम सधैको लागी बन्द गरिनु पर्छ की ? नोट’ लाई ‘खेलौना’ को रुपमा प्रयोग गर्न नदिने कुरामा राष्ट्र बैंक प्रष्ट हुनुपर्छ ।’ ज्ञवालीले भनेका छन् ।
एकातर्फ बैकिङलाई डिजिटल हुन प्रोत्साहन गर्ने अर्कोतर्फ दक्षिणा दिने भन्दै खुद्रा नोटहरु चाडपर्वमा सटही गर्न नहुने ज्ञवाली बताउँछन् । ‘बरु यस बर्षलाई ‘डिजिटल दक्षिणा बर्ष’ को रुपमा मनाउं र दक्षिणा खातामा रकमान्तर गरेर दिउं– पैसाको बचत हुने, नोटको आयु बढ्ने, नोट छपाई खर्च बच्ने, बैकिङलाई खुद्रा नोट ब्यबस्थापनको टाउको दुखाई पनि नहूने । नोटको आयु घटने पनि दशैंको बेला नै हो । पुराना नोट नै प्रयोग गर्दा फरक पर्दैन ।’ ज्ञवालीले सामाजिक संजालमा भनेका छन् ।

त्यस्तै ज्ञवालीले नोटको प्रयोगमा जिम्मेवार बन्नु समेत आग्रह गरेका छन् । उनले रंग लगाउने, बटार्नै, तास खेल्दा यता र उता पछार्ने गर्दा नोटको आयु घट्ने हुँदा दशैमा सटहि भएका नोटहरुको आयु बैकमा फर्किदा धेरै घटिसकेको बताउँदै राष्ट्र बैंकले समेत त्यस्ता नोटहरु फिर्ता लिन नमानेको अवस्था रहेको बताएका छन् ।

‘रु. १०० को दर भन्दा कम दरको नोटहरू नेपाल राष्ट्र बैंकले नै पुन ः निक्षेपको रुपमा लिन सकिरहेको छैन । यसैले फिर्ता लिन नसकिने दरका नोटहरू अहिलेलाई नया नोटको रुपमा निस्कासन नगर्ने वा कतिसम्म गर्ने भन्ने विषयमा छलफल पनि जरुरी छ,’ ज्ञवालीले भनेका छन्,‘एकबर्ष नेपाल राष्ट्र बैकले नयां नोट साटेन र पनि हामीले दशै मनायौ, दक्षिणा पनि दियौ । पुनः विचार गर्ने कि ? नयां नोट सटही’ गर्ने होईन की डिजिटल कारोबार लाई बढावा दिदै सकेसम्म ’डिजिटल दक्षिणा बर्ष’ मनाउंदा कसो होला ?’

वि.सं.२०७९ भदौ २० सोमवार ११:४७ मा प्रकाशित

‘बलमा माइचा हाकुमा दाइचा’ ले फेरि चर्चाको शिखरमा रिमा

‘बलमा माइचा हाकुमा दाइचा’ ले फेरि चर्चाको शिखरमा रिमा

काठमाडौं । अमेरिकामा बसोबास गर्दै आएकी स्रष्टा तथा गीतकार रिमा...

तमु समुदायका ४० विद्यार्थीलाई एनएमबी बैंकको शैक्षिक सहयोग

तमु समुदायका ४० विद्यार्थीलाई एनएमबी बैंकको शैक्षिक सहयोग

काठमाडौं । एनएमबि बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (सिएसआर) अन्तर्गत...

तरलता व्यवस्थापनका लागि रु एक खर्ब रकम उठाउँदै राष्ट्र बैंक

तरलता व्यवस्थापनका लागि रु एक खर्ब रकम उठाउँदै राष्ट्र बैंक

काठमाडौँ । नेपाल राष्ट्र बैंकले तरलता व्यवस्थापनका लागि आज रु...

फरार प्रतिवादी सात वर्षपछि पक्राउ

फरार प्रतिवादी सात वर्षपछि पक्राउ

चितवन । सात वर्षअघि फरार रहेका प्रतिवादी पक्राउ परेका छन्...

नेपाल बैंकका ग्राहकलाई डालिया होटेलमा ३५ प्रतिशतसम्मको छुट

नेपाल बैंकका ग्राहकलाई डालिया होटेलमा ३५ प्रतिशतसम्मको छुट

काठमाडौँ । नेपाल बैंक लिमिटेड र पोखरा, ०६ लेकसाइडमा रहेको...

टि-२० महिला क्रिकेटः मलेसियाले नेपाललाई दियो ८३ रनको लक्ष्य

टि-२० महिला क्रिकेटः मलेसियाले नेपाललाई दियो ८३ रनको लक्ष्य

काठमाडौँ । मलेसियाले नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीलाई दोस्रो अन्तरराष्ट्रिय...