back
CTIZAN AD

सत्ता गठबन्धन दलको सिट बाँडफाँट कार्यदलको बैठक बस्दै

वि.सं.२०७९ भदौ २२ बुधवार

660 

shares

काठमाडौं । सत्ता गठबन्धन दलहरुको सिट बाँडफाँट कार्यदलको बैठक आज अपरान्ह ५ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने भएको छ ।

आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा तालमेल गरेर जाने निर्णय गरेको पाँच दलीय गठबन्धनले सिट बाँड फाँटको विषय भने टुंगो लगाउन सकेको छैन ।

शिर्ष नेताहरुले कार्यदललाई मंगलबारसम्म बाँडफाँट कार्यको टुंगो लगाउन आग्रह गरेपनि ११ सदस्यीय कार्यदलले शिर्ष नेताहरुलाई सिट बाँडफाँटबारे सहमति गर्दै प्रतिवेदन बुझाउन भने सकेको छैन ।

कार्यदलका सदस्य एवं सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीका अनुसार सिट बाँडफाँटका केही विषय अझै टुंगो नलागेकोले त्यसमा छलफल गरेर बुधबारको बैठकमा शीर्ष नेताहरुलाई प्रतिवेदन बुझाउने तयारी कार्यदलको रहेको छ ।
गठबन्धन दलको गत साउन २० गते बसेको बैठकले सिट बाँडफाँटको टुंगो लगाउन नेपाली कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाको नेतृत्वमा ११ सदस्यीय कार्यदल गठन गरेको थियो ।

कार्यदललाई साउन अन्तिमसम्म सिट बाडफाँटको टुंगो लगाउने जिम्मेवारी दिइएपनि कार्यदलले टुंगो लगाउन नसकेपछि शिर्ष नेताहरुलाई नै जिम्मा दिइएको थियो ।

त्यसैगरी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अनुसार नेताहरु सहमति नजिक पुगेको र नेपाली कांग्रेसले ८०, माओवादी केन्द्रले ६० र समाजवादी पार्टी र जनता समाजवादी पार्टीले २५/२५ को वरिपरी दावी गरिरहेकोले यसैलाई आधार बनाएर सबै पार्टीका प्रतिनिधिहरु बसेर क्षेत्र र प्रदेशसम्म हेरेर टुंग्याउने र सुझाव दिने बताएका छन् ।

वि.सं.२०७९ भदौ २२ बुधवार १०:४९ मा प्रकाशित

तरलता व्यवस्थापनका लागि रु एक खर्ब रकम उठाउँदै राष्ट्र बैंक

तरलता व्यवस्थापनका लागि रु एक खर्ब रकम उठाउँदै राष्ट्र बैंक

काठमाडौँ । नेपाल राष्ट्र बैंकले तरलता व्यवस्थापनका लागि आज रु...

फरार प्रतिवादी सात वर्षपछि पक्राउ

फरार प्रतिवादी सात वर्षपछि पक्राउ

चितवन । सात वर्षअघि फरार रहेका प्रतिवादी पक्राउ परेका छन्...

नेपाल बैंकका ग्राहकलाई डालिया होटेलमा ३५ प्रतिशतसम्मको छुट

नेपाल बैंकका ग्राहकलाई डालिया होटेलमा ३५ प्रतिशतसम्मको छुट

काठमाडौँ । नेपाल बैंक लिमिटेड र पोखरा, ०६ लेकसाइडमा रहेको...

टि-२० महिला क्रिकेटः मलेसियाले नेपाललाई दियो ८३ रनको लक्ष्य

टि-२० महिला क्रिकेटः मलेसियाले नेपाललाई दियो ८३ रनको लक्ष्य

काठमाडौँ । मलेसियाले नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीलाई दोस्रो अन्तरराष्ट्रिय...

विद्यालयको नाममा रहेको जमिनमा बस्ती विस्तार

विद्यालयको नाममा रहेको जमिनमा बस्ती विस्तार

सुरुङ्गा (झापा) । सरकारले सार्वजनिक तथा सरकारी स्वामित्वको जमिन संरक्षण...

आलुखेतीबाट आत्मनिर्भर बन्दै यहाँका किसान, वार्षिक दुई करोडको निर्यात

आलुखेतीबाट आत्मनिर्भर बन्दै यहाँका किसान, वार्षिक दुई करोडको निर्यात

दशरथचन्द (बैतडी) । बेलाबेला पानी परेकाले बैतडीको पाटन नगरपालिका–८ किसान...