back
CTIZAN AD

सात दिन भित्र सडक क्षेत्रका संरचना हटाउन निर्देशन

वि.सं.२०७९ भदौ २२ बुधवार

813 

shares

कर्णाली । वीरेन्द्रनगर नगरपालिकाले गणेशचोकबाट मङ्गलगढी चोकसम्म रहेका सडक क्षेत्रमा पर्ने संरचना हटाउन निर्देशन दिएको छ ।

नगरपालिकाले मुख्य बजार क्षेत्रमा अवस्थित उक्त सडकको स्तरोन्नति भइरहेकाले विद्युत्, टेलिकमका पोल–तारलगायत निजी क्षेत्रबाट बनाइएका संरचना सात दिनभित्र हटाउन निर्देशन दिएको हो । नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत नरहरि तिवारीले पूर्वाधार निर्माणसँग सम्बन्धित निकाय र अन्य सरोकारवालासँग गरिएको बैठकको निर्णयका आधारमा सडक क्षेत्राधिकारभित्र पर्ने नक्सापास अनुमति नलिई निर्माण भएका स्थायी÷अस्थायी संरचनाहरू सात दिनभित्र खाली गर्न निर्देशन दिएको जानकारी दिए ।

नगरपालिकाले यदि तोकिएको अवधिमा त्यस्ता संरचना हटाउन अटेरी गर्ने सरोकारवाला निकाय तथा घर–जग्गाधनीलाई स्थानीय सरकार सञ्चालन ऐन, २०७४ तथा प्रचलित कानुनअनुसार कारबाही गर्ने चेतावनी दिएको छ । सडक क्षेत्रमा बनाइएका संरचना खाली नगर्दा सडक स्तरोन्नति कार्य प्रभावित भएपछि नगरपालिकाले सातदिने अल्टिमेटम दिएको हो । रु १२ करोड लागतमा चार लेनको सडक बनाइँदैछ ।

वि.सं.२०७९ भदौ २२ बुधवार १४:४४ मा प्रकाशित

आजको मौसम : यी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना !

आजको मौसम : यी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।...

बागमती विश्वविद्यालयले गर्यो परीक्षा सकिएको सातौँ दिनमा परीक्षाफल

बागमती विश्वविद्यालयले गर्यो परीक्षा सकिएको सातौँ दिनमा परीक्षाफल

बागमती । बागमती विश्वविद्यालयले विश्वविद्यलायअन्तर्गत सञ्चालित तीनवटा सङ्कायको पहिलो सेमेष्टरको...

बागलुङ नगरपालिकाले बनायो कुकुरका लागि ‘होस्टेल’

बागलुङ नगरपालिकाले बनायो कुकुरका लागि ‘होस्टेल’

गलकोट (बागलुङ) । बागलुङ नगरपालिकाले सामुदायिक तथा समस्याग्रस्त कुकुरलाई आवासीय...

घट्यो पेट्रोलियम पदार्थको मूल्य, यस्तो छ मूल्य सूची

घट्यो पेट्रोलियम पदार्थको मूल्य, यस्तो छ मूल्य सूची

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ...

ट्याक्टरको प्रयोग बढेपछि हराउँदै गोरुले खेतबारी जोत्ने प्रचलन

ट्याक्टरको प्रयोग बढेपछि हराउँदै गोरुले खेतबारी जोत्ने प्रचलन

तानसेन (पाल्पा) । एक दशकअघिसम्म पाल्पाका फाँटहरूमा असार लागेसँगै हल...

केराको व्यावसायिक ‘वाइन’ र ‘ब्रान्डी’ उत्पादनमा ठाकुर

केराको व्यावसायिक ‘वाइन’ र ‘ब्रान्डी’ उत्पादनमा ठाकुर

नारायणगढ,चितवन। विगत १५ वर्षदेखि व्यावसायिक केराखेती गर्दै आएका चितवनको रत्ननगर...