back
CTIZAN AD

कक्षा १२ को परीक्षाफल समीक्षा : सिकाइ प्रक्रियामै सुधार्न सुझाव

वि.सं.२०७९ भदौ २२ बुधवार

747 

shares

काठमाडौँ । माध्यमिक तहको परीक्षा कक्षा १२ को पछिल्लो परिणाममा धेरै सङ्ख्याका विद्यार्थीले माथिल्लो कक्षामा पढ्न योग्य हुन नसकेको सन्दर्भमा शिक्षाकर्मीले सिकाइ र परीक्षा पद्दतिमा परिमार्जन गर्न सुझाएका छन् । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) द्वारा आज यहाँ आयोजित माध्यमिक तहको परीक्षा र मूल्याङ्कन प्रणाली विषयका गोष्ठीका वक्ताहरुले परीक्षालाई भन्दा सिकाइ प्रक्रियामा सुधार ल्याउन माग गरेका छन् ।

सिकाइमा सुधारका लागि शिक्षक जिम्मेवार र सक्षम हुनुपर्ने भएकाले सरकारले शिक्षक सक्षमताका लागि कार्यक्रम दिन पनि उनीहरुको आग्रह छ । राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा महाश्रम शर्माले कतिपय शिक्षकले पाठ्यक्रमको नीति र ग्रेड निर्धारणका आधार नै थाहा नपाएकाले विद्यार्थीलाई समस्या पर्न गएको बताउँदै बोर्डले शिक्षक अभिमुखीकरणका कार्यक्रम सञ्चालन गर्ने जनाए । उनले अगामी वर्षमा कक्षा १२ को परीक्षामा सबै प्रदेशका लागि समानस्तरका प्रश्न सोधिने र मूल्याङ्कनलाई पाठ्यक्रम र सोभन्दा बाहिर पनि लागू हुने गरी कसरी पद्दति विकास गर्न सकिन्छ भन्नेबारे छलफल चलाउने बताए ।

उनले भने,“बोर्डले परीक्षाको प्रशासनिक काम मात्रै गर्ने भएकाले पाठ्यक्रम निर्माण, प्रश्नपत्र निर्माण, उत्तरपुस्तिका सम्परीक्षण आदि काम विज्ञहरुबाटै हुनुपर्छ । ” शिक्षाविद् डा बालचन्द्र लुइँटेलले विद्यार्थीलाई परीक्षामा भन्दा सिकाइमा जोड दिन आग्रह गर्दै पाठ्यपुस्तकलाई साध्यका रुपमा नभइ साधनका रुपमा लिनुपर्ने बताए ।

प्याब्सनका अध्यक्ष डिके ढुङ्गानाले परीक्षा प्रणालीमा सुधार र परिमार्जन आवश्यक भएकाले आफूहरुले छलफललाई अघि बढाएकाले विज्ञहरुका सुझावलाई सरकारले सुनुवाइ गर्नुपर्ने बताए । शिक्षा विश्लेषक ज्ञानेन्द्र वन र हरि मुस्यानले परीक्षा प्रणालीबारे प्रस्तुतिकरण गर्दै तल्ला तहमा उदार कक्षोन्नति र माथिल्लो कक्षाका परीक्षामा कस्ने पद्दति सही नभएको टिप्पणी गरे ।

बोर्डकाले अक्षराङ्कन पद्दति २०७८ अनुसार नतिजा प्रकाशित गर्दै आएको छ । यस वर्षको कक्षा १२ को नतिजा अनुसार चार जिपीए ल्याउने सङ्ख्या शून्य रहेको छ । नियमित तर्फ एक लाख ८८ हजार चार सय १० जना नन् ग्रेडिङमा परेकाले उनीहरु कक्षा ११ मा भर्ना हुन पाउँदैनन् । परीक्षामा नियमिततर्फ तीन लाख ६३ हजार एक, ग्रेड वृद्धितर्फ ३० हजार ४५ र आंशिकतर्फ तीन हजार एक सय ३२ जना गरी तीन लाख ९६ हजार एक सय ८५ विद्यार्थी सहभागी थिए । रासस

 

वि.सं.२०७९ भदौ २२ बुधवार १६:०४ मा प्रकाशित

ट्याक्टरको प्रयोग बढेपछि हराउँदै गोरुले खेतबारी जोत्ने प्रचलन

ट्याक्टरको प्रयोग बढेपछि हराउँदै गोरुले खेतबारी जोत्ने प्रचलन

तानसेन (पाल्पा) । एक दशकअघिसम्म पाल्पाका फाँटहरूमा असार लागेसँगै हल...

केराको व्यावसायिक ‘वाइन’ र ‘ब्रान्डी’ उत्पादनमा ठाकुर

केराको व्यावसायिक ‘वाइन’ र ‘ब्रान्डी’ उत्पादनमा ठाकुर

नारायणगढ,चितवन। विगत १५ वर्षदेखि व्यावसायिक केराखेती गर्दै आएका चितवनको रत्ननगर...

पालिकाले दियो हल गोरु पाल्ने एकसय १५ कृषकलाई पाँच/पाच हजार

पालिकाले दियो हल गोरु पाल्ने एकसय १५ कृषकलाई पाँच/पाच हजार

वालिङ (स्याङ्जा) । स्याङ्जाको गल्याङ नगरपालिकाले हल गोरु पाल्ने कृषकलाई...

कर्णालीमा ४३ हजारभन्दा बढी हेक्टर क्षेत्रफलमा धानखेती हुँदै

कर्णालीमा ४३ हजारभन्दा बढी हेक्टर क्षेत्रफलमा धानखेती हुँदै

काँक्रेविहार (सुर्खेत)  । कर्णाली प्रदेशका १० जिल्लामा ४३ हजार २९०...

अफ्रिकन स्वाइन फिभरबाट गोरखामा २५० सुँगुर/बङ्गुर मरे

अफ्रिकन स्वाइन फिभरबाट गोरखामा २५० सुँगुर/बङ्गुर मरे

गोरखा । अफ्रिकन स्वाइन फिभरबाट गोरखामा २५० भन्दा बढी सुँगुर÷बङ्गुर...

फिफा विश्वकपः अन्तिम १६ मा ब्राजिल प्रवेश

फिफा विश्वकपः अन्तिम १६ मा ब्राजिल प्रवेश

काठमाडौँ । फिफा विश्वकप–२०२६ फुटबल प्रतियोगिताअन्तर्गत राउण्ड अफ ३२ को खेलमा...