back
CTIZAN AD

अन्याेलमा सिट बाँडफाँट, माेडालिटी बिनै कार्यदल जुट्याे प्रतिवेदन बनाउन

वि.सं.२०७९ भदौ २२ बुधवार

1.1K 

shares

काठमाडौं । प्रदेशसभा र प्रतिनिधिसभामा तालमेल गरेर जाने निर्णय गरेका सत्ता गठबन्धनका दलहरूले अहिलेसम्म पनि सीट बाँडफाँट टुंग्याउन सकेका छैनन् । पटक–पटक निर्णायक भनि बैठक बसेपनि दलहरू सहमतिमा पुग्न सकेका छैनन् ।

दलहरूले सीट बाँडफाँट गर्न गठन गरेकाे कार्यदलले पनि उचित खाका बनाउन सकेकाे छैन् । कार्यदलभित्रै मुख्यतः बाँडफाँटकाे माेडालिटीमै सहमति जुट्न सकेकाे छैन् ।

तर, माेडालिटीमै सहमति नजुटाएकाे कार्यदलले प्रतिवेदन बनाउने तयारी गरेकाे छ । कार्यदलकाे बुधबारको बैठकबाट प्रतिवेदन तयार गर्ने तयारी गरेकाे हाे । कार्यदलका एक सदस्यले बताएअनुसार अाजकाे बैठकले प्रतिवेदन टुंग्याउने छ ।

कार्यदलका एक सदस्यले बताएअनुसार प्रतिनिधि सभाका १६५ सिटसहित प्रदेश सभामा समेत सहमति जुटाउने र सोहीअनुसारको प्रतिवेदन बुझाउने कार्यदलको तयारी छ । तर कार्यदलमा सिट संख्यामा भागबण्डा कसलाई कति भनेर प्रस्ट भैसकेकाे छैन ।

तर कसले कति सिट लिनेदिने भन्ने ठोस बटमलाइन नबनाएकाले र छलफल समेत त्यो ढंगले नभएकाले भागबण्डा मिलाउन पुनः शीर्ष नेतालाई नै जिम्मा दिने तयारी भएको बुझिएको छ ।

वि.सं.२०७९ भदौ २२ बुधवार १८:०८ मा प्रकाशित

सुनसरी घटना : बदलाको भावना त्यागेर संयम अपनाउन प्रधानमन्त्री शाहको आग्रह

सुनसरी घटना : बदलाको भावना त्यागेर संयम अपनाउन प्रधानमन्त्री शाहको आग्रह

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले सुनसरीमा भएको घटनाप्रति दुःख व्यक्त...

नारायणी अस्पतालका चिकित्सकहरुले दिए सामुहिक राजीनामा

नारायणी अस्पतालका चिकित्सकहरुले दिए सामुहिक राजीनामा

वीरगञ्ज (पर्सा) । नारायणी अस्पतालमा कार्यरत चिकित्सकले सामूहिक राजीनामा दिएका...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको...

रास्वपाका सभापति लामिछानेद्वारा सर्वदलीय बैठक आह्वान

रास्वपाका सभापति लामिछानेद्वारा सर्वदलीय बैठक आह्वान

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सुनसरी...

आजको मौसम : यी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना

आजको मौसम : यी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।...

फेरि बढ्यो अण्डाको मूल्य

फेरि बढ्यो अण्डाको मूल्य

काठमाडौं । नेपाल लेयर्स कुखुरापालक संघले अण्डाको नयाँ फार्म समर्थन...