
काठमाडौं । नेपाली सेनाको भर्ना छनौट निर्देशनालय कार्यरथी विभागले ठूलो संख्या सैन्य पदमा कर्मचारीको माग गरेको छ ।
विभागद्धारा जारी सूचनामा देशैभरीका २० वटा ब्यारेक र गुल्मबाट उक्त पदमा दरखास्त दिन सकिनेछ ।
भदौ २४ देखि असोजसम्म दरखास्त दिन आव्हान गरेको विभागले दोब्बर दस्तुर तिरेर असोज ३० गतेसम्म आवदेन दिन सकिने जनाएको छ भने सम्बन्धीत भर्ना केन्द्रबाट नै दरखास्त फारम वितरण गरिने जनाइएको छ ।
सूचना अनुसार शैनिक तालिम वा कर्तव्य पालनाको क्रममा शारिरीक रुपमा अशक्त/मृत्यु भएका नेपाली सैनिकका सन्तती, खुला र समावेशीतर्फ ४ हजारको संख्यामा आवेदन खुलाइएको हो ।