Logo
१५ आश्विन २०७९, शनिबार
     Sat Oct 1 2022
E-paper
  English Edition
   Unicode
Logo

सेलीब्रटीहरुलाई अष्ट्रेलियाबाट सोलिसिटर थापाको सुझाव



अष्ट्रेलियाको कानुनमा विद्यावारिधी गरी अष्ट्रेलियामा कार्यरत सोलिसिटर डा शमशेर थापाले सेलीब्रेटीहरुलाई सुझाव दिएका छन् । पछिल्ला दिनहरुमा एकपछि अर्को सेलीब्रेटीमाथि बलात्कारको आरोप लागेपछि सामाजिक सञ्जालमार्फत उनले यस्तो सुझाव दिएका हुन् । छिटो ख्याती प्राप्त गर्नेहरु नै छिटो तलपनि झर्न सक्ने सम्भावना हुने भन्दै उनले लेखेका छन् :

“प्राय: जब मानिसले सानो उमेरमा नै ख्याति प्राप्त गर्छन, धन-सम्पति आर्जन गर्छन वा भनॊ ‘सेलिब्रेटी’ बन्छन । उनीहरुले त्यसलाई सम्बर्धन गर्न सक्दैनन र एकै पटक स्वात्तै जमिनमा बजारिन्छ्न । हुनत’ गुरुत्वाकर्षण’ को नियम भनौ वा प्रकृति नियम भनौ, अपवाद बाहेक, माथि पुगे पछि झर्नु पर्छ, तर कसरी बिस्तारि झर्ने वा कसरी सके सम्म माथिनै अडिने भन्ने कुरा व्यक्तिमा भर पर्छ । सगरमाथाको टुप्पोमा पुगे पछि कति समय अडिन सकिन्छ ? तल झर्ने पर्छ, तर तल आइपुगे पछि पनि ‘सगरमाथा आरोही’ को नामले चिनिनु आफैमा गर्ब गर्ने बिषय हुन्छ । यदि एकैपटक व्हात्तै तल खस्यो भने कि मृत्यु हुन्छ कि अपाङ्ग बनिन सक्छ । तसर्थ, माथि कसरी अडिने वा कसरी बिस्तारै तल झर्ने भन्ने कुरा ‘सेलेब्रिटी’ भएपछी बुझ्न नसक्ने निम्न कारण हुन सक्छन :

-अहम् भावनाले ग्रसित हुने
– आफ्नो ‘करिअर’ बचाउन वा बढाउन अत्यधिक दबाब महशूश गर्ने
– सधैं भरि ‘पाब्लिक’ को नजरमा रहने र आफ्नो गोपनियता नहुने र,
– कसैले दिएको इज्जतलाइ आफ्नो प्रभाव ठान्ने, आदि ।

विभिन्न कारणले गर्दा ‘सेलेब्रिटी’ हरु मानसिक रोगको शिकार बनेका हुन्छन, जसले गर्दा अल्कोहल, ड्रग, सेक्स आदि लतमा फस्दै जान्छन, र कतिले आफ्नो जीवन लिन्छनर जस्तोस माइकल ज्याक्सन, व्हिट्नि हिउस्टन, दिव्या भारती, श्रीषा कार्की, माइकल हुचंज, शुशांत सिंह राजपूत आदि ।

अब कुरा गरौ, नेपाली ‘सेलिब्रिटी’ जसलाई बलात्कारको अभियोग लागेको छ र तथ्यहरु के हुन सक्छ ?
प्राय : देशहरुमा १६ बर्ष (कहिँ कहिँ १८ बर्ष) मुनिका नाबालिग संग ‘मन्जुरी’ लिएर शारीरिक सम्पर्क गरेमा पनि बलात्कार मानिन्छ किनकि उनीहरुले ‘मन्जुरी’ दिन सक्ने हैसियत राख्दैनन्र त्यसको मतलब, चाहे केटा होस् वा केटि नाबालिग, बालोग संग घुम्न जाओस, मन्जुरी दियोस, नाबलिगले नै बालिगलाई शारीरिक सम्पर्कको लागि उक्साओस, त्यो बलात्कार हुन्छ । हुन सक्छ, केटा वा केटि अर्काको शरीरको बनावट, बिकास, साइज देखेर झुक्किन सक्छन, या उमेर ढाटेर भन्न सक्छन, चाहे जे होस्, त्यसलाई कानूनी रुपमा बलात्कार भनिन्छ र संजायभागी हुन्छ ।

दुवै जान बालिग छन्, तर मन्जुरी लिदा, डर त्रास देखाएर लिएको छ, प्रलोभनमा पारेर लिएको छ, नशालु पदार्थ वा अल्कोहल को असर परेको बेला लिएको छ, आदि यस्तो अवस्थामा गरे भएको शारीरिक सम्पर्क पनि बलात्कार हुन्छ । अब कुरा आयो, यदि दुवै जना नाबालिग छन् र सहमतिमा सम्पर्क गरेका छन् भने, दुबैलाई अभियोग लाग्न सक्छ, तर प्राय त्यस्तो केसमा उनीहरुको उमेर २/3 बर्ष भन्दा कम को फरक छ र उनीहरु १४ -१७ बर्षका छन् भने अपराधको रुपमा चार्ज गर्दैनन्र यसलाई “रोमिओ-जुलिएट’ कानून भनेर पनि चिनिन्छ, जुन २००७ मा फ्लोरिडा राज्य, यु एस ए मा पहिलो पल्ट पारित भएको थियो र अहिले विभिन्न राज्यहरु र देशहरुमा केहि परिवर्तन गर्दै अपनाइएको छ ।

निष्कर्षमा भन्नु पर्दा, क्षणिक आनन्दको लागि आवेश र उत्तेजनामा निर्णय गर्नु पूर्व एक पटक राम्रोसंग परिणाम के हुन् सक्छ, सोच्नुहोस, बिचार गर्नुहोस । आफ्नो ‘सेलिब्रिटी’ इस्टाटस्को प्रभावले गर्दा गरे भएको ‘समर्पण’ लाइ ‘मन्जुरी’ हो भन्ने कदापि नठान्नुहोस । कानून कानून नै हो, समय सापक्ष रुपमा भोलिका दिनहरुमा परिमार्जित हुदै जाला, तर आज तपाइँ ‘पिडित’ नै भए पनि कानून अनुसार तपाई ‘पीडक’ नै हो ।मन्त्र जप्नुहोस।
‘नाबालिग देखि – साबधान !” 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ओम आचार्य, अर्घाखाँची राम्रा भनेर हाम्रा बनाइएकाहरू एकपछि अर्को गर्दै ओरालो लाग्दै गरेको दृश्यले

कलानिधि दाहाल, काठमाडौं मौन ! मौन !! मिठासको मौन मिजासको मौन शालीनताको मौन संयमको

काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ । राष्ट्र बैंकको