back
CTIZAN AD

तनहुँका बाख्रापालक किसान आले ‘युथ एग्री अवार्ड’ बाट सम्मानित

वि.सं.२०७९ भदौ २४ शुक्रवार

795 

shares

तनहुँ । तनहुँको भीमाद नगरपालिका–९ पाथार्दीका बाख्रापालक किसान शिव आले ‘युथ एग्री अवार्ड–२०२२’ बाट पुरस्कृत भएका छन् । साना किसान लघुवित्त वित्तीय संस्था र इजरायल राजदूतवासद्वारा बिहीबार काठमाडौँमा आयोजित कार्यक्रममा उनलाई रु एक लाखसहित पुरस्कृत गरिएको हो ।

‘सिक र कमाउ’ कार्यक्रमको १०औँ वार्षिकोत्सवका अवसरमा कृषि तथा पशुपक्षी मन्त्री मृगेन्द्रकुमार सिंह यादवले आलेलाई पुरस्कृत  गरेका हुन् । विसं २०६८ देखि उन्नत बोयर जातका बाख्रापालन व्यवसाय गर्दै आएका आलेलाई जिल्लाका विभिन्न सङ्घसंस्थाले पनि यसअघि सम्मान तथा पुरस्कृत गरिसकेका छन् ।

साना किसानमार्फत अध्ययनका लागि इजरायल पुगेका किसानमध्येबाट आवेदन गरिएकामा नेपालभरिबाट तीन सय जनाले आवेदन दिएका थिए । उक्त आवेदन दिएकामध्ये २१ जना छनोट भएका थिए । अन्तिममा सात प्रदेशबाट एक–एक जनालाई पुरस्कृत गरिएको आलेले जानकारी दिए । गण्डकी प्रदेशबाट आले मात्रै पुरस्कृत भएका हुन् ।

भीमादको पाथार्दीमा बोर बाख्रापालनका लागि स्रोत केन्द्र स्थापना गरिएको छ । उक्त गाउँका ६० परिवार बाख्रापालन व्यवसायमा आवद्व छन् । आलेको फार्ममा हाल ५० माउसहित एक सय हाराहारीमा बाख्रा छन् । उनले गत वर्ष मात्रै रु २४ लाखको बाख्रा बिक्री गरेको बताए ।

 

वि.सं.२०७९ भदौ २४ शुक्रवार १२:१८ मा प्रकाशित

आज यी चार प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना !

आज यी चार प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना !

काठमाडौँ । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले आज पनि...

पूर्वसांसद कोइरी पार्टी कार्यालयबाट पक्राउ

पूर्वसांसद कोइरी पार्टी कार्यालयबाट पक्राउ

महोत्तरी । नेकपा (एमाले)का नेता एवं प्रतिनिधिसभाका पूर्वसदस्य महोत्तरीको गौशाला–२...

मन्त्रिपरिषद् बैठकका निर्णयहरु

मन्त्रिपरिषद् बैठकका निर्णयहरु

काठमाडौँ । सरकारले गोरखापत्र संस्थानको महाप्रबन्धक पदमा हिक्मतबहादुर रावललाई नियुक्त...

नयाँ बसपार्कमा यात्रुलाई सास्ती दिने २३ जना पक्राउ

नयाँ बसपार्कमा यात्रुलाई सास्ती दिने २३ जना पक्राउ

काठमाडौँ । ट्राफिक प्रहरीले गोँगबुस्थित नयाँ बसपार्कमा यात्रुलाई दुःख हैरानी...

दुर्घटना अपडेटः फोर्स गाडी कर्णालीमा डुब्दा उद्धारमा कठिनाइ

दुर्घटना अपडेटः फोर्स गाडी कर्णालीमा डुब्दा उद्धारमा कठिनाइ

कर्णाली । कर्णाली राजमार्गको दैलेख सडकखण्डमा दुर्घटनाग्रस्त यात्रुवाहक फोर्स गाडी...

सरकारका १०० दिनः शासकीय सुधारसम्बन्धी सञ्चारअन्तर्गत सम्पन्न भएका कार्य

सरकारका १०० दिनः शासकीय सुधारसम्बन्धी सञ्चारअन्तर्गत सम्पन्न भएका कार्य

काठमाडौँ । सरकारले अघि सारेको ‘शासकीय सुधारसम्बन्धी १०० कार्यसूची’ कार्यान्वयन...