back
CTIZAN AD

देउवाले कांग्रेसीलाई भने–गठबन्धनको विरोध गर्नु भनेको पार्टी सिध्याउने षड्यन्त्र हो

वि.सं.२०७९ भदौ २४ शुक्रवार

738 

shares

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कुनै हालतमा पनि गठबन्धन नटुट्ने बताएका छन् ।

कांग्रेस चितवन जिल्ला समितिले १०९ औं विपी जयन्तीको अवसरमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्न चितवन पुगेका सभापति देउवाले गठबन्धन कांग्रेसको हितमा रहेकोले गठबन्धनको विरोध गर्नु भनेको पार्टी सिध्याउने षड्यन्त्र रहेको बताएका हुन् ।

‘गठबन्धनको विरुद्धमा ठूलो षड्यन्त्र भइरहेको छ, तर गठबन्धन कुनै हालतमा टुट्दैन,’ देउवाले भने, ‘गठबन्धनको विरोध गर्नु भनेको पार्टी सिध्याउने षड्यन्त्र हो ।’

पार्टीलाई फाइदा हुने गरेरै सिट बाँडफाँट हुने भन्दै कार्यकर्तालाई आश्वस्त पारेका देउवाले पार्टीलाई एक बनाउन सबै लाग्नुपर्ने समेत बताए ।

देउवाले एमसीसीका विषयमा कुरा गर्दै भने–‘एमसिसी पास भयो भने अमेरिकी सेना नेपाल आउँछ भन्थे, खोइ त अमेरिकी सेना आएको ?’

सभापतिसँगै चितवन पुगेका गृहमन्त्री बालकृष्ण खाँडले गठबन्धनबीच तालमेल गरेर निर्वाचनमा जाँदा पार्टीभित्रका केही साथीलाई मर्का पर्ने अवस्था आएपनि त्यसलाई स्वीकारेर जानुपर्ने बताएका छन् ।

वि.सं.२०७९ भदौ २४ शुक्रवार १५:०० मा प्रकाशित

सरकारका आधिकारिक दस्तावेज मोबाइलबाट ‘स्क्यान’ नगर्न निर्देशन

सरकारका आधिकारिक दस्तावेज मोबाइलबाट ‘स्क्यान’ नगर्न निर्देशन

काठमाडौँ । सरकारी कामकाजका आधिकारिक कागजात मोबाइल एप प्रयोग गरी...

विद्यालयबाट फर्किने क्रममा बेपत्ता बालिका खोलामा मृत भेटिइन्

विद्यालयबाट फर्किने क्रममा बेपत्ता बालिका खोलामा मृत भेटिइन्

घोडाघोडी (कैलाली) । कैलालीमा विद्यालयबाट घर फर्किने क्रममा सम्पर्कविहीन भएकी...

जलवायु उत्थानशीलता अभिवृद्धि गर्न नेपाललाई ८.५ मिलियन अमेरिकी डलर अनुदान

जलवायु उत्थानशीलता अभिवृद्धि गर्न नेपाललाई ८.५ मिलियन अमेरिकी डलर अनुदान

काठमाडौँ । हरित जलवायु कोष (जिसिएफ) बोर्डको ४५औँ बैठकले नेपालमा...

सिटिजन्स बैंकद्वारा बिश्रामपुर, बारामा निःशुल्क आँखा परीक्षण शिविर सम्पन्न 

सिटिजन्स बैंकद्वारा बिश्रामपुर, बारामा निःशुल्क आँखा परीक्षण शिविर सम्पन्न 

काठ्माडाैँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम...

मानुुषी लघुवित्तको साधारण सभा सम्पन्न मर्जर प्रस्ताव पारित

मानुुषी लघुवित्तको साधारण सभा सम्पन्न मर्जर प्रस्ताव पारित

काठमाडौं । मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडको सातौं वार्षिक साधारण...

प्रभु बैंक लिद्धारा त्रिभुवन विश्वविद्यालयलाई डिजिटल बोर्ड हस्तान्तरण

प्रभु बैंक लिद्धारा त्रिभुवन विश्वविद्यालयलाई डिजिटल बोर्ड हस्तान्तरण

काठमाडौँ । काठमाण्डौ महानगरपालिका, वडा नं ११, बबरमहल स्थित प्रभु...