back
CTIZAN AD

फिलिपिन्सको मिस्टर ईन्टरनेसनलमा नेपालबाट मानस राईले प्रतिनिधित्व गर्ने

वि.सं.२०७९ भदौ २४ शुक्रवार

732 

shares

काठमाडौँ । ‘मिस्टर सुप्रानेसनल नेपाल २०२२’ का फस्र्ट रनरअप मानस कुमार राई फिलिपिन्सको ‘मिस्टर ईन्टरनेसनल २०२२’ मा सहभागी हुने भएका छन् ।

१४ औं सस्करणको यो प्रतियोगीतामा राईलाई सनुरर्भी इन्टरनेसनले नेपालको प्रतिनिधिको रुपमा पठाउन लागेको हो ।
सनुरर्भी इन्टरनेसनले यसै बर्षबाट ‘मिस्टर इन्टरनेसनल’ को फ्रेन्चाईज समेटेको हो ।

राजधानी आयोजित एक कार्यक्रममा सुनरभी इन्टरनेसनलका अध्यक्ष डा. सन्तोष उपाध्यायले आफूले सुप्रानेसनलसँंगै इन्टरनेसनलको फ्रेन्चाईज पनि लिएको र उक्त प्रतियोगिता नेपालमा गत जेठ १५ गते आयोजना गरिएको जानकारी दिए ।
उनले भने ‘अब आगामी वर्षमा गरिने मिस्टर नेसनल नेपालमा २ विजेता हुनेछन् । एक विजेताले मिस्टर सुप्रानेसनलमा र अर्काेले मिस्टर इन्टरनेसनलमा भाग लिनेछन् ।’ यसैका साथसाथै मिस्टर नेसनलमा पनि मिस सुप्रानेसनलसँगै अर्को फ्रेन्चाईज पनि हुनसक्ने जानकारी दिए ।

कार्यक्रममा मिस इन्टरकन्टिनेन्टलको क्राउनिङ समेत प्रदान गरिएको थियो । विपना अधिकारीले ताज जितेको उक्त समारोहमा रजनी मिश्र फस्र्ट रन अप र यरी तुलाधर सेकेण्ड रनर अप घोषित भए ।

उक्त प्रतिस्पर्धाको लागि गत हप्ता अडिसन र बन्द अन्तरवार्ता भएको थियो । जसमा डा. सन्तोष उपाध्याय, मिस नेपाल अर्थ प्रिया सिग्देल, बडि आर्टिस्ट डिभिनिस भनिने अनिष तामाङ निर्णायकमा थिए ।

मिस इन्टरकन्टिनेन्टलको राष्ट्रिय निर्देशक राजेश रौनियारको पनि कार्यक्रममा सहभागीता थियो । विपनाले आगामी महिनामा इजिप्टमा हुने मिस इन्टरकन्टिनेन्टलमा भाग लिने छिन् ।

नेपालको सौदर्य प्रतियोगीतामा छोटो समयमै राम्रो प्रभाव जमाउन सफल सनुरभी इन्टरनेसनलका अध्यक्ष डा. उपाध्याय आफू मिस्टर नेपाल २०१९ विजेता हुन् । मिस्टर सुप्रानेसनल २०२१ मा थर्ड रनर अप हुदै ग्राण्ड स्ल्याम पिजेन्टमा नेपालको हालसम्मकै उच्च स्थान हासिल गर्ने उनी पहिलो ब्यक्ति हो ।

वि.सं.२०७९ भदौ २४ शुक्रवार १४:४४ मा प्रकाशित

गुरु आमा’प्रति पत्रकारदेखि पर्यटन व्यवसायी आकर्षित

गुरु आमा’प्रति पत्रकारदेखि पर्यटन व्यवसायी आकर्षित

काठमाडौं । नेपाली कथानक चलचित्र ‘गुरु आमा’प्रति पत्रकारदेखि पर्यटन व्यवसायीसम्म...

म्याग्दीको सुन्दर गाउँ गुर्जामा  पहिलोपटक चलचित्र छायाङ्कन

म्याग्दीको सुन्दर गाउँ गुर्जामा पहिलोपटक चलचित्र छायाङ्कन

बेनी (म्याग्दी) । धवलागिरि गाउँपालिका–१ गुर्जामा पहिलोपटक चलचित्रको छायाङ्कन गरिएको...

‘गुरु आमा’ हेर्ने दर्शकले भरिए काठमाडौँका सिनेमाहल, चर्चित कलाकारका फिल्म फिक्का

‘गुरु आमा’ हेर्ने दर्शकले भरिए काठमाडौँका सिनेमाहल, चर्चित कलाकारका फिल्म फिक्का

  काठमाडौं । नेपाली चलचित्र बजारमा यसपटक अनपेक्षित रूपमा चलचित्र...

‘लालीबजार’ प्रदर्शनमा

‘लालीबजार’ प्रदर्शनमा

काठमाडौँ । चलचित्र ‘लालीबजार’ आजदेखि प्रदर्शनमा आएको छ । उच्च...

‘गुरु आमा’को भावुक ट्रेलर सार्वजनिक, दर्शकको मन छुने संकेत

‘गुरु आमा’को भावुक ट्रेलर सार्वजनिक, दर्शकको मन छुने संकेत

काठमाडौं । शिक्षक–विद्यार्थी सम्बन्धको भावनात्मक कथावस्तु समेटिएको नेपाली चलचित्र गुरु...

‘गुरु आमा’ को ट्रेलर सार्वजनिक हुँदै

‘गुरु आमा’ को ट्रेलर सार्वजनिक हुँदै

काठमाडौं । नेपाली चलचित्र ‘गुरु आमा’ को ट्रेलर सार्वजनिक गरिने...