back
CTIZAN AD

ईयू राष्ट्रहरू ऊर्जा मूल्यबारे साझा दृष्टिकोण बनाउन सहमत

वि.सं.२०७९ भदौ २६ आइतवार

795 

shares

ब्रसेल्स । युरोपेली सङ्घ (ईयू) का सदस्य राष्ट्रका ऊर्जामन्त्रीहरूले इन्धनको मूल्य नियन्त्रणका लागि अस्थायी आपतकालीन उपायबारे साझा धारणा बनाउन शुक्रबार सहमति जनाएका छन् ।

चेक गणतन्त्रका उद्योग तथा व्यापारमन्त्री जोजेफ सिकेलाले ब्रसेल्समा भएको ऊर्जा परिषद्को असाधारण बैठकपछि भन्नुभयो, “उनीहरूले युरोपेली आयोगलाई केही दिनभित्रै बलियो र ठोस प्रस्ताव पेश गर्ने जिम्मेवारी दिएका छन् ।”

“हामी इन्धनको उच्च मूल्यहरूको सामना गरिरहेका हाम्रा नागरिकहरू र कम्पनीहरूलाई मद्दत गर्न जे पनि गर्नेछौं,” उनले भने । मन्त्रीहरूले चार मुख्य क्षेत्रहरू पहिचान गरी सदस्य राष्ट्रहरूले आयोगले कम उत्पादन लागतको सामना गर्ने बिजुली उत्पादकहरूको राजस्वसीमित गर्ने, ग्याँसमा सम्भावित मूल्य सीमा, ईयूभर समन्वित बिजुली माग घटाउने उपायहरू र उपायहरू जसले कम तरलताको मुद्दा समाधान गर्न मद्दत गर्ने विश्वास गरेका छन् ।

यूका ऊर्जा आयुक्त कादरी सिमसनले बैठकपछि पत्रकारहरूसँग भने, “ऊर्जाको मूल्यमा उल्लेखनीय कमी ल्याउने र आपूर्तिको हाम्रो सुरक्षा सुनिश्चित गर्ने कुनै पनि समाधान छैन । उनले भने, “हामीले आपूर्तिको विविधीकरण, माग घटाउने र नवीकरणीय ऊर्जामा लगानीजस्ता सबै मोर्चामा आफ्नो काम र दृढसङ्कल्पलाई निरन्तरता दिन आवश्यक छ ।”

ईयूले आफ्ना व्यापारिक साझेदारहरूसँग थप किफायती मूल्यहरू वार्ता गर्न द्विपक्षीय रूपमा काम गरिरहेको सिमसनले बताए । उनले अहिलेसम्म केही पनि निर्णय नभएको स्वीकार गर्दै भने, “हामी अर्को हप्ता अभूतपूर्व उपायहरू प्रस्ताव गर्नेछौं । मन्त्रीहरूले यस महिनाको अन्त्यमा फेरि बैठक बसेर अन्तिम योजनाहरूबारे छलफल गर्न र प्रस्ताबहरू पारित गर्ने अपेक्षा गरिएको छ । सिन्हवा

वि.सं.२०७९ भदौ २६ आइतवार ०९:०१ मा प्रकाशित

फिलिपिन्समा लेप्टोस्पाइरोसिसका कारण कम्तीमा १० जनाको मृत्यु

फिलिपिन्समा लेप्टोस्पाइरोसिसका कारण कम्तीमा १० जनाको मृत्यु

मनिला  । मध्य फिलिपिन्सको इलोइलो प्रान्तमा विगत आठ महिनामा लेप्टोस्पाइरोसिस...

मेसाक चक्रवातका कारण चीनमा १५९ जनाको मृत्यु, १० बेपत्ता

मेसाक चक्रवातका कारण चीनमा १५९ जनाको मृत्यु, १० बेपत्ता

न्यानिङ। जुलाईको सुरुमा मेसाक चत्रवातले निम्त्याएको गम्भीर बाढीले दक्षिण चीनको...

आज आतङ्कवादका पीडितको सम्झना र सम्मान गर्ने अन्तरराष्ट्रिय दिवस

आज आतङ्कवादका पीडितको सम्झना र सम्मान गर्ने अन्तरराष्ट्रिय दिवस

काठमाडौँ । आतङ्कवादबाट पीडित तथा प्रभावितको सम्झना, सम्मान र उनीहरूको...

चीनमा एआई उद्योग विस्तार हुँदै

चीनमा एआई उद्योग विस्तार हुँदै

चीनले स्थानीय आवश्यकता र स्रोतसाधनअनुसार कृत्रिम बौद्धिकता (एआई) उद्योगको विकास...

इन्डोनेसिया भूकम्पः मृतक सङ्ख्या ४७ पुग्यो, खोजी तथा उद्धार जारी, नेपाल सरकारले पठायो सहानुभूति 

इन्डोनेसिया भूकम्पः मृतक सङ्ख्या ४७ पुग्यो, खोजी तथा उद्धार जारी, नेपाल सरकारले पठायो सहानुभूति 

  इन्डोनेसियाको पूर्वी क्षेत्रमा शक्तिशाली भूकम्प गएको भोलिपल्ट आइतबार उद्धारकर्ताहरूले...

सुकी रिहाइको आसियान आह्वान म्यान्माद्वारा अस्वीकार

सुकी रिहाइको आसियान आह्वान म्यान्माद्वारा अस्वीकार

बैङ्कक । म्यान्माको सेना समर्थित सरकारले हिरासतमा रहेकी पूर्वनेता आङ...