back
CTIZAN AD

कृषि क्रान्ति नै नेपाल र नेपालीको समृद्दिको मुख्य आधार हो–प्रचण्ड

वि.सं.२०७९ भदौ २६ आइतवार

726 

shares

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्डले अहिलेको अवस्थामा कृषि क्रान्ति नै नेपालीको समृद्दिको मुख्य आधार रहेको बताएका छन् ।

काठमाडौंमा आइतबार आयोजित नेपाल युवा उद्यमशीलता शिखर सम्मेलन २०२२ लाई सम्बोधन गर्दै अध्यक्ष दाहालले देश र समाजको लागि सबैभन्दा आवस्यक कुरा कृषि भएकोले कृषिमा आत्मनिर्भर हुने कुरा र कृषिमा आधारित उद्योगहरुको विकास गर्ने कुरा नेपाल र नेपालीको सबैभन्दा महत्वपूर्ण कुरा रहेको बताए ।

‘यो हामी सबैको लागि चिन्ताको विषय हो । ५०–६० वर्ष अगाडि हामी खाद्यान्नमा आत्मनिर्भर थियौं । सबैचिज निर्यात गर्न सक्ने अवस्थामा थियौं । तर, अहिले हामी अहिले उल्टो भयौ भन्ने कुरा यो सबैको चिन्ताको विषय हो,’ अध्यक्ष दाहालले भने, ‘किन यस्तो भइरहेको छ ? हामी धेरै पढ्यौ, धेरै जान्ने सुन्ने पनि भयौं । तर, देशको आर्थिक स्थिति विकासको तर्फबाट हेर्दा त्यो अगाडि होइन पछाडि गएको देखिन्छ त्यो हामी सबैको निम्ति एउटा चुनौती हो ।’

प्रचण्डले जलविद्युत्को विकास, जलश्रोतको सदुपयोग, टुरिजम विकासको निम्ति आवस्यक पर्ने सबै पुर्वाधार निर्माण गर्ने कुरा तथा जडिबुटीको विकास गर्ने कुरा आफ्नो ठाउमा रहे पनि लामो समयका लागि नेपाल र नेपालीको हित हेर्दा कृषिमा नै क्रान्ति ल्याउने र कृषिमा आधार उद्योगहरुको विकास गर्ने कुरा नै सबैका निम्ति आवस्यक रहेको बताए । उनले युवाहरुले यसमा चिन्तन मनन गर्नुपर्ने बताए ।

वि.सं.२०७९ भदौ २६ आइतवार १३:३७ मा प्रकाशित

सरकारका आधिकारिक दस्तावेज मोबाइलबाट ‘स्क्यान’ नगर्न निर्देशन

सरकारका आधिकारिक दस्तावेज मोबाइलबाट ‘स्क्यान’ नगर्न निर्देशन

काठमाडौँ । सरकारी कामकाजका आधिकारिक कागजात मोबाइल एप प्रयोग गरी...

विद्यालयबाट फर्किने क्रममा बेपत्ता बालिका खोलामा मृत भेटिइन्

विद्यालयबाट फर्किने क्रममा बेपत्ता बालिका खोलामा मृत भेटिइन्

घोडाघोडी (कैलाली) । कैलालीमा विद्यालयबाट घर फर्किने क्रममा सम्पर्कविहीन भएकी...

जलवायु उत्थानशीलता अभिवृद्धि गर्न नेपाललाई ८.५ मिलियन अमेरिकी डलर अनुदान

जलवायु उत्थानशीलता अभिवृद्धि गर्न नेपाललाई ८.५ मिलियन अमेरिकी डलर अनुदान

काठमाडौँ । हरित जलवायु कोष (जिसिएफ) बोर्डको ४५औँ बैठकले नेपालमा...

सिटिजन्स बैंकद्वारा बिश्रामपुर, बारामा निःशुल्क आँखा परीक्षण शिविर सम्पन्न 

सिटिजन्स बैंकद्वारा बिश्रामपुर, बारामा निःशुल्क आँखा परीक्षण शिविर सम्पन्न 

काठ्माडाैँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम...

मानुुषी लघुवित्तको साधारण सभा सम्पन्न मर्जर प्रस्ताव पारित

मानुुषी लघुवित्तको साधारण सभा सम्पन्न मर्जर प्रस्ताव पारित

काठमाडौं । मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडको सातौं वार्षिक साधारण...

प्रभु बैंक लिद्धारा त्रिभुवन विश्वविद्यालयलाई डिजिटल बोर्ड हस्तान्तरण

प्रभु बैंक लिद्धारा त्रिभुवन विश्वविद्यालयलाई डिजिटल बोर्ड हस्तान्तरण

काठमाडौँ । काठमाण्डौ महानगरपालिका, वडा नं ११, बबरमहल स्थित प्रभु...