काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा कोरोनाबाट थप १०४ जना संक्रमित भएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा गरिएको ३,५८७ नमुना परीक्षणमा १०४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । आज थपिएका १०४ जनासँगै नेपालमा हालसम्म ९ लाख ९८ हजार ७४३ जना कोरोनाबाट संक्रमित भइसकेका छन् ।
त्यस्तै आज निको भएका थप २०१ जनासँगै नेपालमा हालसम्म कोरोनाबाट निको हुनेको संख्या ९ लाख ८४ हजार ४१३ पुगेको छ ।
त्यसैगरी पछिल्लो २४ घण्टामा कोरोनाबाट २ जनाको मृत्यु भएको छ । आज थपिएका २ जनासँगै नेपालमा हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या १२ हजार १४ पुगेको छ ।
नेपालमा हाल २ हजार ३१६ जना सक्रिय संक्रमित रहेका छन् । ती मध्ये होमआइसोलेशनमा २,२३६, सस्थागत आइसोलेशनमा ८० आइसीयुमा १४ र भेन्टिलेटरमा १ जनाको उपचार भइरहेको छ ।
वि.सं.२०७९ भदौ २६ आइतवार १६:१५ मा प्रकाशित






























