back
CTIZAN AD

पर्यटकीय गन्तव्यमा सूचीकृत नागछाँगा ओझेलमा

वि.सं.२०७९ भदौ २६ आइतवार

786 

shares

टक्सार । प्रदेश नं १ को पहाडी जिल्ला भोजपुरको रामप्रसाद राई गाउँपालिकामा रहेको पर्यटकीय गन्तव्यकामा सूचीकृत ऐतिहासिक एवं धार्मिक पर्यटकीय क्षेत्र नागछाँगा ओझेलमा परेको छ ।

रामप्रसाद राई गाउँपालिका र तत्कालीन जिल्ला विकास समितिको लागतमा नागछाँगा पुग्ने गोरेटो बाटोसँगै केही संरचनासमेत निर्माण गरिएको छ । उचित प्रचारप्रसार नहुँदा पर्यटकीय क्षेत्र नागछाँगा ओझेलमा परेको छ ।

यसलाई संरक्षण गर्न सकिएमा गाउँपालिकाको आर्थिक स्रोतको माध्यम बन्ने स्थानीय उत्तम राईले बताए । यसको संरक्षणसँगै प्रचारप्रसारमा ध्यान दिनुपर्ने स्थानीयको माग रहेको छ ।

गाउँपालिको वडा नं ६ वैकुण्ठे र वडा नं २ धोद्लेखानीको सीमामा प्रसिद्ध धार्मिक तीर्थस्थल नागछाँगा पर्दछ । जहाँ ढुङ्गामा नागको चित्र देख्न सकिन्छ । परापूर्वकालमा सक्कली नाग बस्ने गरेको तर नजिकै रहेको गोल्माराजा र रानी भिरको राक्षस आएर मार्न खोजेपछि नाग भागेको किंवदन्ती रहेको पुजारी जयप्रसाद निरौला बताउछन् ।

उक्त स्थानमा रहेको छाँगामा परापूर्वकालमा प्रत्यक्ष नाग नै देखिने गरेको स्थानीयको भनाइ छ । त्यसस्थानमा रहेको ठूलो आकर्षक झरनाबाट पानी झर्ने गरेको तर छाँगामाथि रहेका दुई वटा मूलको पानी बस्तीमा लैजादा पानी सुक्दै गएको छ ।

त्यस क्षेत्रमा रहेका नागछाँगा जस्ता ऐतिहासिक महत्वका सम्पदाको बृहत्तर विकास र संरक्षणका लागि रामप्रसाद राई गाउँपालिकालेसमेत आवश्यक योजना बनाएको गाउँपालिकाले जनाएको छ ।

त्यस क्षेत्रको विकासका लागि बेहेरे विकास समाज उपसमिति रामप्रसाद राई गाउँपालिकाले स्थानीयस्तरमा छलफलसमेत चलाएर संरक्षण अभियानमा जुटेका स्थानीय बाजेन्द्र राईले बताए ।

भोजपुरमा पर्यटकीय क्षेत्रमा सिलिचुङ, ट्याम्के, सेल्मे, सुन्तले, दिङ्ला, मैयँुम, हतुवा, साल्पा पोखरी, हाँसपोखरीलगायत रहेका छन् । जिल्लाका यस्ता क्षेत्रलाई पर्यटन विकास केन्द्रका रुपमा विकास गर्न सङ्घीय, प्रदेश र स्थानीय सरकारले पनि विशेष योजना ल्याउनुपर्ने स्थानीय बासिन्दा सन्तोष श्रेष्ठको भनाइ छ ।

वि.सं.२०७९ भदौ २६ आइतवार १६:२६ मा प्रकाशित

सरकारका आधिकारिक दस्तावेज मोबाइलबाट ‘स्क्यान’ नगर्न निर्देशन

सरकारका आधिकारिक दस्तावेज मोबाइलबाट ‘स्क्यान’ नगर्न निर्देशन

काठमाडौँ । सरकारी कामकाजका आधिकारिक कागजात मोबाइल एप प्रयोग गरी...

विद्यालयबाट फर्किने क्रममा बेपत्ता बालिका खोलामा मृत भेटिइन्

विद्यालयबाट फर्किने क्रममा बेपत्ता बालिका खोलामा मृत भेटिइन्

घोडाघोडी (कैलाली) । कैलालीमा विद्यालयबाट घर फर्किने क्रममा सम्पर्कविहीन भएकी...

जलवायु उत्थानशीलता अभिवृद्धि गर्न नेपाललाई ८.५ मिलियन अमेरिकी डलर अनुदान

जलवायु उत्थानशीलता अभिवृद्धि गर्न नेपाललाई ८.५ मिलियन अमेरिकी डलर अनुदान

काठमाडौँ । हरित जलवायु कोष (जिसिएफ) बोर्डको ४५औँ बैठकले नेपालमा...

सिटिजन्स बैंकद्वारा बिश्रामपुर, बारामा निःशुल्क आँखा परीक्षण शिविर सम्पन्न 

सिटिजन्स बैंकद्वारा बिश्रामपुर, बारामा निःशुल्क आँखा परीक्षण शिविर सम्पन्न 

काठ्माडाैँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम...

मानुुषी लघुवित्तको साधारण सभा सम्पन्न मर्जर प्रस्ताव पारित

मानुुषी लघुवित्तको साधारण सभा सम्पन्न मर्जर प्रस्ताव पारित

काठमाडौं । मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडको सातौं वार्षिक साधारण...

प्रभु बैंक लिद्धारा त्रिभुवन विश्वविद्यालयलाई डिजिटल बोर्ड हस्तान्तरण

प्रभु बैंक लिद्धारा त्रिभुवन विश्वविद्यालयलाई डिजिटल बोर्ड हस्तान्तरण

काठमाडौँ । काठमाण्डौ महानगरपालिका, वडा नं ११, बबरमहल स्थित प्रभु...