काठमाडौं । श्रीजनशील लघुवित्त कम्पनीको आइपीओ बाँडफाँडको मिती तय भएको छ । कम्पनीको आईपीओ भोली भदौ २७ गते सोमबार बाँडफाँट हुने भएको हो ।
कम्पनीको आइपीओ बिक्री प्रबन्धक सनराइज क्यापिटलको आफ्नै कार्यालयमा बिहान ९ः१५ बजे बाँडफाँट गर्ने भएको छ । यसमा मागभन्दा ५६.८७ गुणा बढी आवेदन परेकाले गोलाप्रथाबाट आइपीओ बाँडफाँट हुनेछ ।
आइपीओमा १९ लाख ५ हजार १८६ जनाले कुल २ करोड ९ लाख ६४ हजार ५० कित्ताको लागि आवेदन दिएका छन् । कम्पनीले भदौ १५ गतेदेखि कुल ३ करोड ९३ लाख ७५ हजार रुपैयाँ बराबरको ३ लाख ९३ हजार ७५० कित्ता साधारण सेयर निष्कासन गरेको हो ।
जस मध्ये ५ प्रतिशत अथवा १९ हजार ६९० कित्ता सामूहिक लगानी कोष र ०.५ प्तिशत अर्थात् ५ हजार ४७० कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको थियो । बाँकी ३ लाख ६८ हजार ५९० कित्ताका लागि सर्वसाधारणले आवेदन दिएका हुन् ।
वि.सं.२०७९ भदौ २६ आइतवार १६:३९ मा प्रकाशित


























