back
CTIZAN AD

नबिलले एकै दिन सञ्चालनमा ल्यायाे नयाँ ८ शाखा

वि.सं.२०७९ भदौ २७ सोमवार

648 

shares

काठमाडाैं । नबिल बैंकले आइतबार एकै दिन ८ ठाउँमा आफ्ना शाखा खाेलेकाे छ । बैंकले मंगलबजार, इलाम, मूलपानी, सुरुंगा, भागवान पाउ (डल्लु), साँखु, काँकडभिट्टा, र भण्डारामा आइतबार एकैसाथ उद्घाटन गरेको हो।

उपत्यका भित्रका शाखाहरुमा शंखरापुर नगरपालिकाका मेयर रमेश नापित तथा बैंकका सञ्चालक समितिका अध्यक्ष उपेन्द्र पौडेल तथा नायब प्रमुख कार्यकारी अधिकृत भूपेन्द्र पाण्डेले संयुक्त रुपमा साँखु शाखा, ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जन र नबिल बैंकका सञ्चालक अनन्त पौडेल तथा वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत सुजित कुमार शाक्यले संयुक्त रुपमा मंगलबजार शाखा, कागेश्वरी मनोहरा वडा ६ का वडा अध्यक्ष प्रकाश फुयाँल तथा बैंकका नायव प्रमुख कार्यकारी अधिकृत विनय कुमार रेग्मीले संयुक्त रुपमा मुलपानी शाखा तथा काठमाडौं महानगरपालिका वडा १५ डल्लुका वडा अध्यक्ष ईश्वरमान डंगोल र बैंकका प्रमुख जोखिम अधिकृत नमिता दिक्षितले संयुक्त रुपमा भगवान पाउ (डल्लु) शाखा उद्घाटन गरेका थिए।

त्यस्तै उपत्यका बाहिरका शाखाहरुमा बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुङ्गानाको उपस्थितीमा तीन शाखाहरु मेची नगरपालिकाका मेयर गोपालचन्द्र बुढाथोकीले काँकडभिट्टा शाखा, कनकाई नगरपालिका मेयर राजेन्द्र कुमार पोखरेलले सुरुङ्गा शाखाको र शनिबार इलाम नगरपालिकाका मेयर केदार थापाले इलाम शाखा उद्घाटन गरेका थिए । त्यसका साथै राप्ती नगरपालिकाका मेयर शमशेर लामा र बैंकका प्रमुख रणनीति अधिकृत कृष्ण दत्त भट्टराईले संयुक्त रुपमा भण्डारा शाखा उद्घाटन गरेका थिए।

बैंकले आफ्नो दीर्घकालीन रणनीतिअनुरुप शाखाहरू विस्तार भएको र नयाँ बजारहरूमा आफ्नो उपस्थिति गराई स्थानीय बासिन्दा, व्यापारी र विद्यमान ग्राहकहरूलाई सेवा प्रदान गर्ने लक्ष्य लिएको छ । विभिन्न क्षेत्रका प्रमुख अतिथीहरुले कार्यक्रममा बोल्दै नबिल बैंकको शाखा विस्तार सँगै स्थानीय जनताहरुले बैंकका विभिन्न सेवा सुविधाहरु विना झन्झट पाउने वातावरण बनाउन अनुरोधका साथै स्वागत गरेका थिए। बैंकका प्रमुख कार्यकारी अधिकृत ढुङ्गानाले यी शाखाहरू मार्फत विस्तारित क्षेत्रहरूमा थप मानिसहरूलाई सेवा प्रदान गर्न सक्षम भएकोमा खुशी व्यक्त गरेका थिए।

बैंकले कार्यक्रमका अतिथिहरु, बैंक सञ्चालक समितिका अध्यक्ष, सञ्चालक समितिका सदस्यहरु एवं बैंकका उच्च पदस्थ अधिकारीहरु तथा स्थानीय बासिन्दाको उपस्थितिमा एकै दिनमा ८ नयाँ शाखाको उद्घाटन गरेको थियो। उद्घाटन गरिएका शाखा कार्यालयहरु देहायबमोजिम रहेका हुँदा सेवाग्राही तथा ग्राहकहरुले आफुलाई पायक पर्ने शाखा कार्यालयमा सम्पर्क गरी विभिन्न बैंकिङ्ग सुविधा लिन सक्नेछन्।

वि.सं.२०७९ भदौ २७ सोमवार १५:०४ मा प्रकाशित

सिटिजन्स बैंकद्वारा बिश्रामपुर, बारामा निःशुल्क आँखा परीक्षण शिविर सम्पन्न 

सिटिजन्स बैंकद्वारा बिश्रामपुर, बारामा निःशुल्क आँखा परीक्षण शिविर सम्पन्न 

काठ्माडाैँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम...

प्रभु बैंक लिद्धारा त्रिभुवन विश्वविद्यालयलाई डिजिटल बोर्ड हस्तान्तरण

प्रभु बैंक लिद्धारा त्रिभुवन विश्वविद्यालयलाई डिजिटल बोर्ड हस्तान्तरण

काठमाडौँ । काठमाण्डौ महानगरपालिका, वडा नं ११, बबरमहल स्थित प्रभु...

नेपाल बैंक र ॐ समाज डेन्टल हस्पिटल प्रा.लि बीच सम्झौता

नेपाल बैंक र ॐ समाज डेन्टल हस्पिटल प्रा.लि बीच सम्झौता

काठमाडौँ । मिति २०८३ साल असार ०८ गते नेपाल बैंक...

नबिल बैंक लगातार तेस्रो पटक उत्कृष्ट गोल्ड अवार्डद्वारा सम्मानित

नबिल बैंक लगातार तेस्रो पटक उत्कृष्ट गोल्ड अवार्डद्वारा सम्मानित

काठमाडौँ। नबिल बैंक लिमिटेड बैंकिङ क्षेत्रका तीन वटा प्रतिष्ठित अवार्डबाट...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । आजको नेपाली बजारमा विदेशी मुद्राको विनिमय दर यसप्रकार...

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर ?

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी...