back
CTIZAN AD

गठबन्धनमा सीट बाँडफाँट : कांग्रेसले छाड्यो ६० प्रतिशतको अडान

वि.सं.२०७९ भदौ २७ सोमवार

1.1K 

shares

काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभामा चुनावी तालमेल गरेर जाने निर्णय गरेका पाँच दलीय गठबन्धनका दलहरु सीट बाँडफाँटका लागि निर्णायक छलफलमा जुटेका छन् । सोमबार बिहानैदेखि दलका शीर्ष नेताहरु दुई पक्षीय र त्रिपक्षीय गरी छलफलमा जुटेका हुन् ।

प्रधानमन्त्री निवासमा चलिरहेको छलफल निकै सकारात्मक भएको कांग्रेस नेतासमेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जनाएका छन् । उनका अनुसार दलहरु सहमतिको अन्तिम बिन्दुमा छन् ।

“छलफल सकारात्मक छ, सबै लचिलो हुनुको विकल्प छैन”, उनले भनेका छन्, “ती अडानमा हामी सुक्ष्म ढंगले विश्लेषण गर्दै अगाडि बढिरहेका छौं, हामी सहमति नजिक छौं ।”

सोमबारको बैठकमा गठबन्धनको नेतृत्वकर्ता कांग्रेस निकै लचक रुपमा प्रस्तुत भएको छ । बैठकमा सहभागि एक नेताले बताएअनुसार कांग्रेसले ६० प्रतिशतको अडान छाडेको छ । पछिल्लो बैठकमा कांग्रेसले ५० प्रतिशतको प्रस्ताव राखेको बुझिएको छ ।

तर, कांग्रेसको ५० प्रतिशत पाउनुपर्ने प्रस्तावमा पनि अन्य दलहरु सहमत भइसकेका छैनन् । माओवादी केन्द्रले ६०, एकीकृत समाजवादीले ४० र जसपाले ३२ सीटको दाबी गरेका छन् । कांग्रेसले भने माओवादी केन्द्रले ४०, जसपाले २० र एकीकृत समाजवादीले २० सिट लिनुपर्ने प्रस्ताव गरेको छ ।

सम्बन्धित समाचार

अन्याेलमा सीट बाँडफाँट : बैठक नियमित तर, उपलब्धी शून्य

वि.सं.२०७९ भदौ २७ सोमवार १७:४५ मा प्रकाशित

राष्ट्रपति पौडेलद्वारा बङ्गलादेशका नयाँ राष्ट्रपतिलाई बधाई

राष्ट्रपति पौडेलद्वारा बङ्गलादेशका नयाँ राष्ट्रपतिलाई बधाई

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले बङ्गलादेशका २३औँ राष्ट्रपतिमा मिर्जा फखरुल...

सम्बन्ध विच्छेदका मुद्दा उच्च, बिखण्डनले समाजमा जटिलता

सम्बन्ध विच्छेदका मुद्दा उच्च, बिखण्डनले समाजमा जटिलता

पाँचथर । जिल्ला अदालतमा दर्ता भएका मुद्दामध्ये सबैभन्दा बढी मुद्दा...

व्वाइज होस्टलमा भएको कुटपिटबाट युवकको मृत्यु, एक किशोर पक्राउ

व्वाइज होस्टलमा भएको कुटपिटबाट युवकको मृत्यु, एक किशोर पक्राउ

काठमाडौँ । काठमाडौँ महानगरपालिका–१० शङ्खमुलस्थित भ्याली ब्वाइज होस्टलमा कुटपिट तथा...

आज यी चार प्रदेशका पहाडी भूभागमा भारी वर्षाको सम्भावना !

आज यी चार प्रदेशका पहाडी भूभागमा भारी वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको...

राष्ट्रिय परिचयपत्र सेवा आइतबारदेखि शुक्रबारसम्म दिइने

राष्ट्रिय परिचयपत्र सेवा आइतबारदेखि शुक्रबारसम्म दिइने

घोराही (दाङ) । दाङमा राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा प्रवाहको समय परिवर्तन...

दलित अधिकारसम्बन्धी विधेयकमा सैद्धान्तिक छलफल

दलित अधिकारसम्बन्धी विधेयकमा सैद्धान्तिक छलफल

विराटनगर । कोशी प्रदेशसभामा ‘कोशी प्रदेश दलित अधिकार सम्बन्धमा व्यवस्था...