back

गठबन्धनमा सीट बाँडफाँट : कांग्रेसले छाड्यो ६० प्रतिशतको अडान

वि.सं.२०७९ भदौ २७ सोमवार

324 

shares
RBB AD
NTC AD

काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभामा चुनावी तालमेल गरेर जाने निर्णय गरेका पाँच दलीय गठबन्धनका दलहरु सीट बाँडफाँटका लागि निर्णायक छलफलमा जुटेका छन् । सोमबार बिहानैदेखि दलका शीर्ष नेताहरु दुई पक्षीय र त्रिपक्षीय गरी छलफलमा जुटेका हुन् ।

प्रधानमन्त्री निवासमा चलिरहेको छलफल निकै सकारात्मक भएको कांग्रेस नेतासमेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जनाएका छन् । उनका अनुसार दलहरु सहमतिको अन्तिम बिन्दुमा छन् ।

“छलफल सकारात्मक छ, सबै लचिलो हुनुको विकल्प छैन”, उनले भनेका छन्, “ती अडानमा हामी सुक्ष्म ढंगले विश्लेषण गर्दै अगाडि बढिरहेका छौं, हामी सहमति नजिक छौं ।”

सोमबारको बैठकमा गठबन्धनको नेतृत्वकर्ता कांग्रेस निकै लचक रुपमा प्रस्तुत भएको छ । बैठकमा सहभागि एक नेताले बताएअनुसार कांग्रेसले ६० प्रतिशतको अडान छाडेको छ । पछिल्लो बैठकमा कांग्रेसले ५० प्रतिशतको प्रस्ताव राखेको बुझिएको छ ।

तर, कांग्रेसको ५० प्रतिशत पाउनुपर्ने प्रस्तावमा पनि अन्य दलहरु सहमत भइसकेका छैनन् । माओवादी केन्द्रले ६०, एकीकृत समाजवादीले ४० र जसपाले ३२ सीटको दाबी गरेका छन् । कांग्रेसले भने माओवादी केन्द्रले ४०, जसपाले २० र एकीकृत समाजवादीले २० सिट लिनुपर्ने प्रस्ताव गरेको छ ।

सम्बन्धित समाचार

अन्याेलमा सीट बाँडफाँट : बैठक नियमित तर, उपलब्धी शून्य

वि.सं.२०७९ भदौ २७ सोमवार १७:४५ मा प्रकाशित

NLIC AD
NABIL bank AD
तीन वर्षीया बालिकाको हत्या आरोपमा आमाछोरी पक्राउ

तीन वर्षीया बालिकाको हत्या आरोपमा आमाछोरी पक्राउ

सिराहा । नाबालिका हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले सिराहा नगरपालिका-१९...

जङ्गलको डढेलो गाउँमा सल्किँदा १० घर जलेर नष्ट

जङ्गलको डढेलो गाउँमा सल्किँदा १० घर जलेर नष्ट

सल्लेरी (सोलुखुम्बु) । हिमाली जिल्ला सोलुखुम्बुमा जङ्गलको डढेलो गाउँमा सल्किँदा...

उपनिर्वाचनको प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश

उपनिर्वाचनको प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले...

काठमाडौँ विश्वकै पहिलो प्रदूषित सहरका रुपमा सूचीकृत

काठमाडौँ विश्वकै पहिलो प्रदूषित सहरका रुपमा सूचीकृत

काठमाडौँ । काठमाडौँ आज फेरि वायु प्रदूषणको हिसाबले विश्वकै पहिलो...

बजेटलाई समयसापेक्ष बनाउन अर्थ विज्ञहरूको सहयोग जरुरी : अर्थमन्त्री पुन

बजेटलाई समयसापेक्ष बनाउन अर्थ विज्ञहरूको सहयोग जरुरी : अर्थमन्त्री पुन

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको बजेटलाई वस्तुनिष्ठ...

सुनको मूल्यमा वृद्दि, कति छ आज प्रतितोला ?

सुनको मूल्यमा वृद्दि, कति छ आज प्रतितोला ?

काठमाडौँ । सुनको मूल्यमा निरन्तर उतार–चढाव आइरहेको छ । नेपाल...