back
CTIZAN AD

अन्याेलमा सीट बाँडफाँट : बैठक नियमित तर, उपलब्धी शून्य

वि.सं.२०७९ भदौ २७ सोमवार

966 

shares

काठमाडौं । सत्ता गठबन्धनमा सीट बाँडफाँट निकै सकसपूर्णं देखिएको छ । सीट बाँडफाँटका लागि बनाएको कार्यदलले अपुरो प्रतिवेदन बुझाएसँगै शीर्ष नेताहरु नै बाँडफाँट गर्न छलफलमा जुटेका छन् । तर, कार्यदलमा देखिएको पेचिलो छलफल शीर्ष तहमा पनि देखिएको छ ।

नेताहरुले निर्णायक भनि केही सातादेखि छलफलमा जुटेपनि निष्कर्ष निस्कन सकेको छैन ।

सोमबार बिहानैदेखि छलफल भएपनि बाँडफाँटबारे सहमति निस्केको छैन । बिहान ८ बजेदेखि छलफलमा जुटेका नेताहरु लञ्च पछि पनि छलफलमा जुटेका छन् । तर, एक नेताले बताएअनुसार छलफलमा नेताहरुको अडान साबिककै भन्दा बाहिरबाट छैन ।

“सहमति खोजौं भन्ने हो, तर विषय सहज छैन”, गठबन्धनका एक नेताले भनेका छन्, “यसअघि कै अडानभन्दा बाहिरबाट छलफल हुन सकेको छैन ।”

१६५ स्थानीय तहमध्ये कांग्रेसले १००, माओवादी केन्द्रले ६०, एकीकृत समाजवादीले ४०, जसपाले ३२ र राजमोले २ सीटको दाबी गरेका छन् । सीट संख्या भन्दा बढी दाबी गरेपनि दलहरुबीच बाँडफाँटको मोडालिटीमा सहमति छैन । मोडालिटीमा सहमति नभएकै कारण कार्यदलले अपुरो प्रतिवेदन बुझाएको थियो ।

दलहरुबीच ०७४ को प्रतिनिधिसभा र ०७९ को स्थानीय निर्वाचन कुनलाई बाँडफाँटको आधार बनाउने अन्योल छ । कांग्रेसले स्थानीय तहको निर्वाचनलाई आधार बनाउनुपर्नेमा देखिएको छ भने अन्य दल प्रतिनिधिसभा र स्थानीय तह दुवैलाई आधार बनाउनुपर्नेमा छन् ।

वि.सं.२०७९ भदौ २७ सोमवार १५:५४ मा प्रकाशित

भरतपुर अस्पतालको प्रयोगशालाको नतिजा अनलाइनबाट हेर्न सकिने 

भरतपुर अस्पतालको प्रयोगशालाको नतिजा अनलाइनबाट हेर्न सकिने 

चितवन ।  भरतपुर अस्पतालले प्रयोगशालाको नतिजा अनलाइनमार्फत् प्राप्त गर्ने प्रणाली...

जनकपुरका पोखरीलाई अतिक्रमणमुक्त बनाउन डोजर चलाइयो

जनकपुरका पोखरीलाई अतिक्रमणमुक्त बनाउन डोजर चलाइयो

जनकपुरधाम । जनकपुरधामका पोखरीको जग्गा अतिक्रमण गरी निर्माण गरिएका संरचना...

राष्ट्रपति पौडेलद्वारा बङ्गलादेशका नयाँ राष्ट्रपतिलाई बधाई

राष्ट्रपति पौडेलद्वारा बङ्गलादेशका नयाँ राष्ट्रपतिलाई बधाई

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले बङ्गलादेशका २३औँ राष्ट्रपतिमा मिर्जा फखरुल...

सम्बन्ध विच्छेदका मुद्दा उच्च, बिखण्डनले समाजमा जटिलता

सम्बन्ध विच्छेदका मुद्दा उच्च, बिखण्डनले समाजमा जटिलता

पाँचथर । जिल्ला अदालतमा दर्ता भएका मुद्दामध्ये सबैभन्दा बढी मुद्दा...

व्वाइज होस्टलमा भएको कुटपिटबाट युवकको मृत्यु, एक किशोर पक्राउ

व्वाइज होस्टलमा भएको कुटपिटबाट युवकको मृत्यु, एक किशोर पक्राउ

काठमाडौँ । काठमाडौँ महानगरपालिका–१० शङ्खमुलस्थित भ्याली ब्वाइज होस्टलमा कुटपिट तथा...

आज यी चार प्रदेशका पहाडी भूभागमा भारी वर्षाको सम्भावना !

आज यी चार प्रदेशका पहाडी भूभागमा भारी वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको...