काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक र निक्षेप तथा कर्जा सुरक्षण कोष बीच सम्झौता भएको छ । बैंक र कोषबीच कृषि कर्जा कार्यक्रम अन्तर्गत लगानी गरेका कृषि कर्जाहरुको सुरक्षण सम्बन्धी सम्झौता भएको हो ।
उक्त सम्झौता अनुसार बैंकले कृषि कर्जा कार्यक्रम अन्तर्गत लगानी गरेका ३ करोडसम्मको कृषि कर्जाहरुको सुरक्षण, कोषको कर्जा सुरक्षण नियमावली, २०७५ अन्तर्गत हुनेछ । बैंकले सम्झौता पश्चात कृषि कर्जा प्रवाहको जोखिम थप न्युनिकरण भई कर्जा प्रवाहमा वृद्धि हुने अपेक्षा गरेको जनाएको छ ।
उक्त सम्झौतापत्रमा निक्षेप तथा कर्जा सुरक्षण कोषको तर्फवाट नायव प्रमुख कार्यकारी अधिकृत उषा पौडेल र बैंकको तर्फबाट उप–महाप्रवन्धक अनुपमा श्रेष्ठ मानन्धरले हस्ताक्षर गरेकी छन् ।
बैंकले १४७ शाखा, १० एक्सटेन्सन काउण्टर, २४ शाखारहित बैंकिङ्ग र ११५ वटा एटिएम मार्फत वित्तीय सेवा प्रदान गर्दै आएको जनाएको छ ।
वि.सं.२०७९ भदौ २७ सोमवार १७:४० मा प्रकाशित






























