काठमाडौं । नेकपा माओवादी केन्द्र र नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका विदेशस्थित कार्यकर्ताबीच एकता भएको छ ।
नेकपा (माओवादी केन्द्र) का पोलिटब्युरो सदस्य तथा प्रवास समन्वय समितिका सह–इन्चार्ज लक्ष्मण पन्तको प्रमुख आतिथ्यता,नेपाली जनप्रगतिशील मंच मध्यपूर्वका संयोजक सनि कुमार ओलीको अध्यक्षता, प्रवास समन्वय समितिका अध्यक्ष ओम शर्मा, सचिव टिबी पाठकको बिशेष उपस्थिती तथा सचिव हरि नेपालीको संचालनमा सेप्टेम्बर ९ मा सम्पन्न एक कार्यक्रमबीच नेकपा माओवादी केन्द्रको भाृत संगठन नेपाली जनप्रगतिशील मंच र विप्लव नेतृत्वको भातृ संगठन नेपाली जनप्रगतिशील मोर्चा (मध्यपुर्व)बीच बीच एकता भएको हो ।
जसमा श्रीकृष्ण भट्टराई (कतार), रेशम पौडेल (कतार), भिम केरुङ (बहराइन), जय किशोर पोद्दार (कतार), मिनराज नाथ (बहराइन), युबराज कार्की (साउदी), बिपिन निरौला(साउदी), कृष्ण लिम्बू (बहराइन) र पृथी छक बुढा (युएई) रहेको कतारबाट श्रीकृष्ण भट्टराईले संसारन्युजलाई जानकारी दिएका छन् ।
भट्टराईले देशको बदलिँदो राजनीतिक परिस्थितिलाई मध्येनजर गर्दै प्रवासमा रहेका संगठनबीच एकता गर्दै बृहद कम्युनिष्ट एकताको अभियान चलाईएको बताए ।
उक्त एकता प्रक्रियामा नयाँशक्ति कतारका पूर्व संयोजक तथा बर्तमान सल्लाहकार शिव भट्टराईको पनि सहभागीता रहेको थियो ।
वि.सं.२०७९ भदौ २७ सोमवार १७:१९ मा प्रकाशित






























