back
CTIZAN AD

धितोपत्रसम्बन्धी नयाँ नियमावली : नयाँ स्टकले ३० प्रतिशत आईपीओ ल्याउनु पर्ने

वि.सं.२०७९ भदौ २८ मंगलवार

783 

shares

काठमाडौं । नेपाल धितोपत्र बोर्डले ‘धितोपत्र बजार सञ्चालन (दोस्रो संशोधन) नियमावली, २०७९’ जारी गरेको छ । संशोधित नियमावलीमा नयाँ स्टक एक्सचेन्ज सञ्चालन सम्बन्धी व्यवस्थाहरु थप गरिएको छ । नेपाल स्टक एक्सचेन्जबाहेक अब स्थापना हुने एक्सचेन्जको चुक्ता पुँजी ३ अर्ब रुपैयाँ हुनुपर्ने भएको छ ।

नेपाल धितोपत्र बोर्डले धितोपत्र बजारमा सञ्चालन नियमावली २०७९ सार्वजनिक गर्दै उक्त व्यवस्था गरेको छ । यसअघि स्टक एक्सचेन्जको चुक्ता पुँजी ५ करोड रुपैयाँ मात्रै भए पुग्थ्यो । सञ्चालनमा रहेको सरकारी स्वामित्वको नेपाल स्टक एक्सचेन्जलाई भने यो व्यवस्था लागु नहुने संशोधित नियमावलीमा उल्लेख गरिएको छ ।

धितोपत्र बोर्डले संशोधित चुक्ता पुँजीको सिलिङलाई नेप्सेले पनि पुर्‍याउनु पर्ने शर्तसहित प्रस्ताव मन्त्रिपरिषद् पुर्‍याएता पनि विधायन समितिले उक्त प्रस्तावलाई परिमार्जन गरेको धितोपत्र बोर्ड अध्यक्ष रमेश कुमार हमालले बताएका छन् । धितोपत्र बजारले कारोबार सञ्चालन गरेको २ वर्षभित्रमा आफ्नो जारी पुँजीको कम्तीमा ३० प्रतिशत सेयर सर्वसाधारणलाई निष्कासन गर्नुपर्ने छ ।

विनियमावलीमा सञ्चालनमा रहेको धितोपत्र बजारलाई यो व्यवस्था लागू नहुने उल्लेख छ । हाल नेपालमा नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मात्रै सञ्चालनमा रहेको छ ।

नयाँ स्टकमा सरकारको संलग्नता भएको बाहेक कानुन बमोजिम स्थापना भएका प्राइभेट कम्पनी वा संगठित संस्थाले संस्थापक सेयर किन्न पाउनेछन् । कुनै एक कम्पनी वा त्यस कम्पनीको सञ्चालक वा सेयरधनी र निजका नजिकका नातेदार रहेका कम्पनीले धितोपत्र बजारको कुल सेयर पुँजीको १५ प्रतिशत भन्दा बढी सेयर ग्रहण गर्न पाउने छैनन् ।

नेपालबाहेक अन्य मुलुकमा धितोपत्र बजार सञ्चालन गरेका कम्पनीले पनि स्टक एक्सचेन्जमा लगानी गर्ने व्यवस्था नयाँ रहेको छ । पछिल्लो १० वर्षदेखि धितोपत्र बजार सञ्चालन गर्दै आएका तथा नेपालमा लगानी गर्न स्वीकृति पाएका यस्ता कम्पनीले नेपाली स्टक एक्सचेन्जमा लगानी गर्न पाउने छन् ।

वि.सं.२०७९ भदौ २८ मंगलवार ११:३५ मा प्रकाशित

वैदेशिक रोजगारीबाट फर्केका युवा सुकुटी व्यवसायमा आकर्षित

वैदेशिक रोजगारीबाट फर्केका युवा सुकुटी व्यवसायमा आकर्षित

मोरङ। कुनै समय रोजगारीका लागि कतार र मलेसियामा पसिना बगाएका...

जापानिज इन्सेफलाइटिसको जोखिम बढ्दो, शिघ्र खोप लगाउन आग्रह

जापानिज इन्सेफलाइटिसको जोखिम बढ्दो, शिघ्र खोप लगाउन आग्रह

काठमाडौँ ।  लामखुट्टेको टोकाइबाट सर्ने जापानिज इन्सेफलाइटिस (जेइ) रोगको सङ्क्रमण...

बलुचिस्तानमा बम विस्फोटमा एक सुरक्षाकर्मीको मृत्यु, छ घाइते

बलुचिस्तानमा बम विस्फोटमा एक सुरक्षाकर्मीको मृत्यु, छ घाइते

इस्लामाबाद । पाकिस्तानको दक्षिण–पश्चिमी बलुचिस्तान प्रान्तमा शनिबार सुरक्षाकर्मीको टोलीलाई लक्षित...

युद्धका बेला चुनाव गराउँदा युक्रेन विभाजित हुने जेलेन्स्कीको चेतावनी

युद्धका बेला चुनाव गराउँदा युक्रेन विभाजित हुने जेलेन्स्कीको चेतावनी

किएभ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी आक्रमण जारी रहेका...

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामाः शिक्षामन्त्री पोखरेल

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामाः शिक्षामन्त्री पोखरेल

काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले विद्यालय शिक्षा विधेयकलाई...

‘सगरमाथा आरोहीको अधिकार सुनिश्चित गर्न पर्यटन ऐनमा सुधार गर्नुपर्छ’

‘सगरमाथा आरोहीको अधिकार सुनिश्चित गर्न पर्यटन ऐनमा सुधार गर्नुपर्छ’

काठमाडौँ । विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने आरोहीको अधिकार...