back
CTIZAN AD

सहीदकी छोरी अनिता प्रतिनिधिसभामा शिफारिस

वि.सं.२०७९ भदौ २९ बुधवार

1.6K 

shares

काठमाडौं । जनयुद्धमा आमा र बाबु दुवै गुमाएकी सहीदकी छोरी अनिता भुर्तेल प्रतिनिधिसभामा समानुपातिक उम्मेदवारको शिफारिसमा परेकी छन् ।

मङ्सिर ४ गतेको निर्वाचनका लागि सहीदक परिवारकी पोखरा–५ निवासी अनिता भुर्तेललाई नेकपा माओवादी केन्द्रले प्रतिनिधिसभाको समानुपातिकतर्फ उम्मेदवार सिफारिस गरेको हो ।

तत्कालीन नेकपा(माओवादी) कास्की जिल्ला सहइन्चार्ज रहेक अनिताका बुबा राजविक्रम भुर्तेल र आमा सीता भुर्तेललाई विसं २०६१ वैशाख ३१ गते सुरक्षाकर्र्मीले पोखरा–२४ पामेबाट नियन्त्रणमा लिएर हत्या गरेको थियो ।

उनका बुवा राजविक्रम पार्टीको राज्यस्तरका नेता भएर पर्वत, स्याङ्जा र बाग्लुंङमा सक्रिय रहेका थिए । तर उनकी आमा पार्टी समर्थक र गृहणी थिइन् । सानै उमेरमा जनयुद्धमा बुबा÷आमा गुमाएपछि अनिताले सङ्घर्ष गर्दै आफू पढ्दै र भाइ बहिनीहरुको सम्पूर्ण जिम्मेवारी सम्हाल्दै आएकी संघर्षशील महिला हुन् ।

कास्की पार्टीका एक जिम्मेवार नेताका अनुसार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र राजबिक्रमको पारिवारीक र घनिष्ठ सम्बन्ध थियो । प्रचण्ड केहि समय पोखरामा भुर्तेलकै घरमा रहेर अध्ययन कार्य समेत गरेका थिए । तर बाबुआमाको निधनको लामो समयपछि मात्र उनीहरुको प्रचण्डसंग भेट हुन पाएको थियो । ती नेताका अनुसार कास्की पार्टीको शिफारिस प्रदेश हेडक्वाटरबाट गंभिरताका साथ पार्टी मुख्यालयमा पुगेर उनी समानुपातिक सांसद बन्ने संभावना बढेर गएको छ ।

बाबु/आमा सहीदकी हुँदाको बेला उनी प्रवेशिका परीक्षा दिएर बसेकी थिइन् । त्यसपछि परिवारका तीन बहिनी र एक भाइको सम्पूर्ण जिम्मेवारी अनिताको काँधमा आयो । घर व्यवहार सहित अनिता पार्टीका गतिविधिहरुमा समेत सहभागी भै रहेकी थिइन् । अनिता माओवादी केन्द्र निकट अखिल जनस्वास्थ्यकर्र्मी महासङ्घमा समेत कार्यरत छन् ।

प्रचण्डले पार्टी नया ढंगको बनाउने र सबैले न्याय पाउने कुरामा जोड गर्न थालेकाले पुरानालाई लगातार नदोहोर्याई सहीद परिवार, बेपत्ता, जनक्रान्तिका घाईते र अवसर नपाएका योग्य ब्यक्तिलाई प्राथमिकता हुने कुरामा धेरै कार्यकर्ता बिश्वास गरीरहेका छन् ।

वि.सं.२०७९ भदौ २९ बुधवार १४:१५ मा प्रकाशित

तनहुँमा एक वर्षमा थपिए ६७० उद्योग

तनहुँमा एक वर्षमा थपिए ६७० उद्योग

दमौली (तनहुँ) । जिल्लाका बजार क्षेत्रमा उद्योग– व्यवसाय सञ्चालन गर्नेको...

आज आतङ्कवादका पीडितको सम्झना र सम्मान गर्ने अन्तरराष्ट्रिय दिवस

आज आतङ्कवादका पीडितको सम्झना र सम्मान गर्ने अन्तरराष्ट्रिय दिवस

काठमाडौँ । आतङ्कवादबाट पीडित तथा प्रभावितको सम्झना, सम्मान र उनीहरूको...

म्याग्दीमा ७३ करोडको आलु र सुन्तला बिक्री

म्याग्दीमा ७३ करोडको आलु र सुन्तला बिक्री

म्याग्दी । एक वर्षको अवधिमा म्याग्दीबाट रु ७३ करोड मूल्यबराबरको...

ढोरपाटनमा विदेशी सिकारीको आकर्षण, चार करोड बढी राजस्व प्राप्त

ढोरपाटनमा विदेशी सिकारीको आकर्षण, चार करोड बढी राजस्व प्राप्त

बागलुङ । नेपालको एकमात्र सिकार आरक्ष ढोरपाटन सिकार आरक्षमा एक...

भोजपुरमा ९६ प्रतिशत रोपाइँ सम्पन्न

भोजपुरमा ९६ प्रतिशत रोपाइँ सम्पन्न

भोजपुर । भोजपुरमा यस वर्ष ९६ प्रतिशत रोपाइँ भएको छ...

उद्धव थापामाथि कडा कारवाही – प्रदेशसभा सदस्यबाट पदमुक्त, पार्टी सदस्यबाट निलम्बन

उद्धव थापामाथि कडा कारवाही – प्रदेशसभा सदस्यबाट पदमुक्त, पार्टी सदस्यबाट निलम्बन

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले बागमती प्रदेश सभाका सदस्य...