back
CTIZAN AD

एकान्तमा पारी गहना लुटपाट गर्ने ६ जना पक्राउ

वि.सं.२०७९ भदौ २९ बुधवार

759 

shares

भक्तपुर । भक्तपुर र काभ्रेका विभिन्न स्थानहरूमा सुनका गहना लगाएका व्यक्तिहरुलाई पिछा गरी एकान्तमा पारी सुनका गहना लुटपाट गरेको घटनामा संलग्न रहेको अभियोगमा ६ जना पक्राउ परेका छन् ।

प्रहरीका अनुसार काभ्रेपलाञ्चोक भुम्लु गाउँपालिका–९ का २२ वर्षीय बुद्ध तामाङ, उदयपुर त्रियुगा नगरपालिका–७ का २३ वर्षीय बिशाल राई, सिन्धुली मरिन गाउँपालिका–५ का २० वर्षीय आर्यन माझी, काभ्रेपलाञ्चोक भुम्लु गाउँपालिका–३का २१ वर्षीय सुदिप भण्डारी, मोरङ शनिश्वरे नगरपालिका–८ का ४० वर्षीय चन्द्र बहादुर बिक र भारत महाराष्ट्र सिङ्ली घर भई काठमाडौं महानगरपालिका–७ बस्ने ३५ वर्षीय अमोल भोसले र रहेका छन् ।

जिल्ला प्रहरी परिसर भक्तपुर र प्रहरी वृत्त ठिमिबाट खटिएको प्रहरीले लुटिएको सुन र लुटपाटमा प्रयोग गरिएको २ वटा मोटरसाइकल सहित लुटपाटमा संलग्नमध्ये बुद्ध, बिशाल, आर्यन र सुदिपलाई पक्राउ गरेको हो । साथै लुटिएको सुनको स्वरुप परिवर्तन गर्ने चन्द्र बहादुर र लुटिएको सुन किन्ने अमोललाई लुटिएको करिब २ तोला सुन सहित काठमाडौं चाबहिलबाट पक्राउ गरेको हो ।

लुटपाटमा संलग्न अन्य व्यक्तिहरूको खोजी गर्नुका साथै यस सम्बन्धमा अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

वि.सं.२०७९ भदौ २९ बुधवार १४:३९ मा प्रकाशित

तनहुँमा एक वर्षमा थपिए ६७० उद्योग

तनहुँमा एक वर्षमा थपिए ६७० उद्योग

दमौली (तनहुँ) । जिल्लाका बजार क्षेत्रमा उद्योग– व्यवसाय सञ्चालन गर्नेको...

आज आतङ्कवादका पीडितको सम्झना र सम्मान गर्ने अन्तरराष्ट्रिय दिवस

आज आतङ्कवादका पीडितको सम्झना र सम्मान गर्ने अन्तरराष्ट्रिय दिवस

काठमाडौँ । आतङ्कवादबाट पीडित तथा प्रभावितको सम्झना, सम्मान र उनीहरूको...

म्याग्दीमा ७३ करोडको आलु र सुन्तला बिक्री

म्याग्दीमा ७३ करोडको आलु र सुन्तला बिक्री

म्याग्दी । एक वर्षको अवधिमा म्याग्दीबाट रु ७३ करोड मूल्यबराबरको...

ढोरपाटनमा विदेशी सिकारीको आकर्षण, चार करोड बढी राजस्व प्राप्त

ढोरपाटनमा विदेशी सिकारीको आकर्षण, चार करोड बढी राजस्व प्राप्त

बागलुङ । नेपालको एकमात्र सिकार आरक्ष ढोरपाटन सिकार आरक्षमा एक...

भोजपुरमा ९६ प्रतिशत रोपाइँ सम्पन्न

भोजपुरमा ९६ प्रतिशत रोपाइँ सम्पन्न

भोजपुर । भोजपुरमा यस वर्ष ९६ प्रतिशत रोपाइँ भएको छ...

उद्धव थापामाथि कडा कारवाही – प्रदेशसभा सदस्यबाट पदमुक्त, पार्टी सदस्यबाट निलम्बन

उद्धव थापामाथि कडा कारवाही – प्रदेशसभा सदस्यबाट पदमुक्त, पार्टी सदस्यबाट निलम्बन

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले बागमती प्रदेश सभाका सदस्य...