back
CTIZAN AD

नेपाली कांग्रेसका नेता घिमीरेको निधन

वि.सं.२०७९ भदौ ३१ शुक्रवार

831 

shares

काठमाडौं । नेपाली कांग्रेसका नेता विजयराज घिमीरेको ५४ वर्षको उमेरमा निधन भएको छ ।

नेपाली कांग्रेसको केन्द्रीय लेखा समितिका पूर्वसदस्य तथा पाल्पाका पूर्व महासमिति सदस्य घिमीरेको बिहीबार राति ८ः१५ मा ललितपुरको मेडिसिटी अस्पतालमा उपचारका क्रममा निधन भएको बताइएको छ ।  घिमीरे लामो समयदेखि क्यान्सर रोगबाट पीडित थिए ।

२०५६ र २०७४ को आमनिर्वाचनमा पाल्पा जिल्ला प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. १ मा पार्टीको तर्फबाट उम्मेदवार समेत रहेका थिए ।
नेपाली कांग्रेसको संगठन निर्माण र नेपालको लोकतान्त्रिक आन्दोलनहरुमा सक्रिय भूमिका निर्वाह गरेका घिमीरेको निधनबाट पार्टीले एक होनाहार युवा नेतृत्वलाई गुमाएको भन्दै नेपाली कांग्रसले दुःख व्यक्त गरेको छ ।
त्यसैगरी घिमीरेको निधनप्रति कांग्रेसका सभापति तथा प्रधानमन्त्री प्रधानमन्त्री शेरबहादुर देउवाले पनि गहिरो दुःख व्यक्त गरेका छन् ।

कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार घिमीरेको आजै अपरान्ह १ बजे पशुपति आर्यघाट दाहसंस्कार गरिने कार्यक्रम रहेको छ ।

वि.सं.२०७९ भदौ ३१ शुक्रवार १०:०१ मा प्रकाशित

कानुनको प्रभाव र उपलब्धि मूल्याङ्कनलाई प्रभावकारी बनाउनुपर्नेमा जोड

कानुनको प्रभाव र उपलब्धि मूल्याङ्कनलाई प्रभावकारी बनाउनुपर्नेमा जोड

काठमाडौँ । राष्ट्रियसभाअन्र्तगतको विधायन व्यवस्थापन समितिका सभापति कृष्णबहादुर रोकायले सङ्घ,...

राजनीतिक नियुक्ति समानुपातिक समावेशी प्रतिनिधित्वका आधारमा हुनुपर्ने

राजनीतिक नियुक्ति समानुपातिक समावेशी प्रतिनिधित्वका आधारमा हुनुपर्ने

काठमाडौँ । राष्ट्रियसभाका सदस्यहरूले सरकारले गर्ने राजनीतिक नियुक्ति समानुपातिक समावेशी...

सरकारी प्रयासको नतिजा देखिँदै, टेलिकमको नाफा ४ अर्ब माथि

सरकारी प्रयासको नतिजा देखिँदै, टेलिकमको नाफा ४ अर्ब माथि

काठमाडौँ । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) ले गत...

इन्डोर सुपर लिग सिजन–२ को टोली जनकपुर किंग्सको मुख्य प्रायोजक

इन्डोर सुपर लिग सिजन–२ को टोली जनकपुर किंग्सको मुख्य प्रायोजक

काठमाडौं । इन्डोर सुपर लिग सिजन–२ को फ्रेन्चाइज टोली जनकपुर...

ब्याकयार्ड अल्ट्रामा अर्जुन र मन्जु पहिलो

ब्याकयार्ड अल्ट्रामा अर्जुन र मन्जु पहिलो

काठमाडौं । अर्जुन कुलुङ राई र मन्जु सुनुवार ब्याकयार्ड अल्ट्रा–...

NPCI इन्टरनेसनल मार्फत भारत र नेपालबीच डिजिटल भुक्तानी कनेक्टिभिटी थप सुदृढ बन्दै

NPCI इन्टरनेसनल मार्फत भारत र नेपालबीच डिजिटल भुक्तानी कनेक्टिभिटी थप सुदृढ बन्दै

काठमाडाैँ । नेशनल पेमेन्ट्स कर्पोरेशन अफ इन्डिया (एनपीसीआई) को अन्तर्राष्ट्रिय...