back
CTIZAN AD

अध्यक्ष ओली भन्छन् – समग्रमा संसद् सफल भएको छ

वि.सं.२०७९ असोज १ शनिवार

594 

shares

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले समग्रमा संसद् सफल भएको बताएका छन् । आजको प्रतिनिधिसभाको बैैठकलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

अध्यक्ष ओलीले संसद्ले संविधान कार्यान्वयन गरेको र यस अवधिमा विकासको चौतर्फी प्रयासका काम भएको बताए । “यस अवधिमा राष्ट्रिय एकता, भौगोलिक अखण्डताको रक्षा गर्ने काम गरेको छ, यो संसद्बाट निर्वाचित सरकारले कामका महत्वपूर्ण उपलब्धि हासिल गरेको छ”, उनले भने, “संविधानले परिकल्पना गरेअनुसार संविधान कार्यान्वयनका क्रममा प्रदेश सरकार, संरचना, प्रदेशको नामकरण गर्ने काम भएको छ ।”

अध्यक्ष ओलीले भूकम्पपछिको पुननिर्माणको काम राम्रोसँग अघि बढेको उल्लेख गर्दै हुलाकी राजमार्ग, मदनभण्डारी राजमार्ग निर्माणको काम पनि अघि बढेको बताए । उनले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन निष्पक्ष, स्वतन्त्र र धाँधलीरहित तरिकाले सम्पन्न गराउन निर्वाचन आयोगले काम गर्नुपर्ने र त्यसका लागि सरकारले वातावरण सिर्जना गर्नुपर्नेमा जोड दिए ।

“आगामी मङ्सिर ४ गते हुने निर्वाचन निष्पक्ष, स्वतन्त्र र धाँधलीरहित तरिकाले हुनुपर्छ”, अध्यक्ष ओलीले भने, “निर्वाचन सञ्चालन गर्ने काम निर्वाचन आयोगले गर्ने हो, निर्वाचनमा अस्वस्थ तरिकाले भूमिका खेल्न सरकारले मिल्दैन ।” राष्ट्रको आवश्यकतालाई बढी ध्यान दिएर काम गर्नुपर्ने उनको भनाइ छ ।

अध्यक्ष ओलीले नागरिकतासम्बन्धी देखिएका समस्या समाधान गर्नका लागि आफ्नो सरकारको पालामा अध्यादेशबाट समाधान गर्ने प्रयत्न गरेको तर त्यो हुन नसकेको बताए । साथै उनले देशभर बाढी र पहिराबाट भएको जनधनको क्षतिका बारेमा जानकारी गराउँदै तत्काल उद्धार र राहतका लागि सरकारको ध्यानाकर्षण गराए ।

वि.सं.२०७९ असोज १ शनिवार १५:२२ मा प्रकाशित

ट्याक्टरको प्रयोग बढेपछि हराउँदै गोरुले खेतबारी जोत्ने प्रचलन

ट्याक्टरको प्रयोग बढेपछि हराउँदै गोरुले खेतबारी जोत्ने प्रचलन

तानसेन (पाल्पा) । एक दशकअघिसम्म पाल्पाका फाँटहरूमा असार लागेसँगै हल...

केराको व्यावसायिक ‘वाइन’ र ‘ब्रान्डी’ उत्पादनमा ठाकुर

केराको व्यावसायिक ‘वाइन’ र ‘ब्रान्डी’ उत्पादनमा ठाकुर

नारायणगढ,चितवन। विगत १५ वर्षदेखि व्यावसायिक केराखेती गर्दै आएका चितवनको रत्ननगर...

पालिकाले दियो हल गोरु पाल्ने एकसय १५ कृषकलाई पाँच/पाच हजार

पालिकाले दियो हल गोरु पाल्ने एकसय १५ कृषकलाई पाँच/पाच हजार

वालिङ (स्याङ्जा) । स्याङ्जाको गल्याङ नगरपालिकाले हल गोरु पाल्ने कृषकलाई...

कर्णालीमा ४३ हजारभन्दा बढी हेक्टर क्षेत्रफलमा धानखेती हुँदै

कर्णालीमा ४३ हजारभन्दा बढी हेक्टर क्षेत्रफलमा धानखेती हुँदै

काँक्रेविहार (सुर्खेत)  । कर्णाली प्रदेशका १० जिल्लामा ४३ हजार २९०...

अफ्रिकन स्वाइन फिभरबाट गोरखामा २५० सुँगुर/बङ्गुर मरे

अफ्रिकन स्वाइन फिभरबाट गोरखामा २५० सुँगुर/बङ्गुर मरे

गोरखा । अफ्रिकन स्वाइन फिभरबाट गोरखामा २५० भन्दा बढी सुँगुर÷बङ्गुर...

फिफा विश्वकपः अन्तिम १६ मा ब्राजिल प्रवेश

फिफा विश्वकपः अन्तिम १६ मा ब्राजिल प्रवेश

काठमाडौँ । फिफा विश्वकप–२०२६ फुटबल प्रतियोगिताअन्तर्गत राउण्ड अफ ३२ को खेलमा...