काठमाडौं । प्रतिनिधिसभा सदस्य तथा जसपा नेतृ अमृता आग्रहरि एमाले प्रवेश गरेकी छन् । आइतबार एमाले पार्टी सचिवालयको बैठक चालिरहेका बेला उनलाई एमाले अध्यक्ष केपी ओलीले पार्टी प्रवेश गराएका हुन् ।
गजेन्द्रनारायण सिंहको प्रेरणाबाट राजनीतिमा क्रियाशील रहेकी उनी लामो समयसम्म नेपाल सद्भावना पार्टीमा आबद्ध थिइन् । सद्भावना पार्टीमा उनी बद्री मण्डलको निकटस्थ रहेकी थिइन् ।
उनी समानुपातिकबाट सांसद बनेकी थिइन् । जसपाले यसअघि समानुपातिकबाट सांसद बनेकालाई यसपटक सिफारिस नगर्ने भएपछि उनले एमाले रोजेकी हुन् ।
वि.सं.२०७९ असोज २ आइतवार १७:४७ मा प्रकाशित






























